झापड ! जनताले कुटे सार्वजनिक अपराध, नेताले कुटे अपराध नलाग्ने रे!!!


झापड ! कसैलाई कुट्नु-पिट्नु अपराध हो । सार्वजनिक ठाउँमा हात छोड्नु त जघन्य अपराधै हो । अझ देश हाँक्ने पदमा बसेका व्यक्तिलाई थप्पड हान्नु महाअपराध हो, महापापै हो । कुटेर समस्या समाधान हुँदैन । झापड हान्नु भनेको उद्दण्डता, अराजकता, कानुनहीनता मात्र होइन, विवेकहीनता पनि हो । तर पनि बेला-बेला किन चल्छन् मान्छेका हात ? दलको कार्यक्रममा इटहरी पुगेका विचरा झलनाथ खनालले बेकारमा झापड खानुपर्‍यो । सार्वजनिक कार्यक्रममै उनका गालामा चड्कन दिने देवीप्रसाद रेग्मी प्रहरी हिरासतमा छन् । साराले देखेको र उनैले बकेको बक्यै गरेको घटना छानबिन गर्न सरकारले एसएसपीको संयोजकत्वमा आयोग बनाएको छ । एमालेले जिल्ला उपसचिवको नेतृत्वमा छुट्टै समिति तयार गरेको छ । सार्वजनिक अपराधको मुद्दा दर्ता गर्न प्रमुख जिल्ला अधिकारीले अदालतबाट १५ दिनको म्याद पाएका छन् ।अपराध गर्नेलाई कारबाही गर्नुपर्छ । उन्मुक्ति दिनु भनेको अर्को अपराधीलाई प्रोत्साहन गर्नु हो । देवीप्रसादलाई कारबाही गर्न गाह्रो पनि छैन ’cause उनको अपराध छर्लङै देखिएको छ । उनले ‘होइन’ भनेका पनि छैनन् । त्यति जाबो कामका लागि दुई-दुई आयोग र १५-१५ दिनको म्यादचाहिँ किन चाहियो कुन्नि ? तैपनि नागरिक समुदायलाई एउटा प्रश्न सोध्न चाहन्छु- मानौं झलनाथले देवीप्रसादलाई कुटेको भए उनलाई कारबाही गर्न राज्यशक्ति यति दह्रो गरी लाग्थ्यो होला ? उनलाई प्रहरीले पक्रेर अदालतसम्म पुर्‍याउन सक्थ्यो होला ? पुराना घटना हेर्दा, अहँ, पत्यार लाग्दैन ।राम्रो गाडी नदिएको झ्वाँकमा राज्यमन्त्री करिमा बेगमले सीडीओ कुटिन् । सुन्निएको गालो देखाउँदै सीडीओ दुर्गाप्रसाद भण्डारी गुहार मागेर  हिँडे । उनको कुरो न सरकारले सुन्यो, न त कानुनकै नजरमा पर्‍यो । उल्टै सरुवा गरेर थन्क्याइयो । करिमा झन् डुक्रिँदै राजधानी आइपुगिन् । खोई, उनलाई केही भएन त ! के सार्वजनिक अपराधको मुद्दा लगाउने कानुनी प्रावधान उनका लागि चाहिँ च्यातिएको थियो ?वास्तवमा भन्ने हो भने हाम्रो देशको कानुन एउटा लङ्गौटी हो जसले सीधा हेरे नाङ्गो ढाक्छ, दायाँ-बायाँबाट चियाए छर्लङ्ग देखिन्छ । यो त कसैका आँखामा छारो हाल्न, कसैका बङ्गारा झार्न बनाइएको औजार मात्र हो । ‘सानालाई ऐन, ठूलालाई चैन’ त्यसै भनिएको होइन यहाँ !अर्थमन्त्रीले बजेट पेस गर्न खोज्दा कानुन बनाउने सभासद्हरूले नै संसद्मा हातपात गरे । बजेटको बि्रफकेस फुटाए । त्यस्तालाई कारबाही गर्ने कानुनै हुँदो रहेनछ । संसद् नियमावलीअनुसार सभामुखले कारबाही गर्न त सक्छन् रे । तर, आँखैअगाडि भएको घटनामा उनलाई पनि प्रमाण पुगेनछ । कति सजिलो उन्मुक्ति ? कति गतिलो विभेद ? आखिर कानुन बनाउने र पालना गर्ने दुवै यही देशका नागरिक होइनन् र ? कानुन बनाउन उनीहरूलाई जनताले नै त्यहाँ पुर्‍याएका होइनन् र ? कि उनीहरू चाहिँ अर्कै लोकबाट आएका दैवीशक्ति हुन् ? एउटा नागरिकले संसद्मा पसेर त्यत्रो उद्दण्डता मच्चाओस् त, त्यसलाई समातेर तिनै नेताले प्रहरीलाई छाला काढ्न लाउँछन् ।ललितपुरका स्थानीय विकास अधिकारी डन्डुराज घिमिरेलाई तत्कालीन वनमन्त्री मातृका यादवले बोलाएर ४५ मिनेट शौचालयमा थुने । यादवले भोलिपल्टै पत्रकार सम्मेलन गरी उल्टै ‘यस्तै हो भने अरूलाई पनि थुनिदिन्छु’ भन्ने धम्की दिए । कानुन हातमा लिने मन्त्रीलाई केही भएन, कर्मचारीको सरुवा भयो ।कति सभासद्ले मान्छे कुटेका समाचार आउँछन् । कतिका छोराछोरी फुर्ती लाएर ट्राफिक-प्रहरीलाई धम्क्याउँदै हिँड्छन् । झन्डा हल्लाउँदै रेस्टुरेन्ट छिरेका मन्त्री पैसा नतिरी कुलेलम ठोक्छन् । यो देशमा ठूलाले जे गरे पनि केही हुँदैन । त्यसैले होला जनतामा नेतादेखि वितृष्णा पैदा भएको ! यही देशमा बसेर यहीँ राजनीति गर्ने नेताले त जनतालाई खुसी पो पार्न सक्नुपर्छ । देश यस्तो होस्- जहाँ नेतालाई देख्दा जनता फूलमाला लिएर स्वागत गर्न स्वतःस्फूर्त तम्सिऊन् । यहाँ त इँटा र ढुंगा गोजीमा बोकेर जान थालिसके । नेताज्यूहरू, सोच्नुपर्ने तपाईंहरूले नै हो ।त्यसो त बाहिर पनि बेला-बेला नेता कुटिन्छन् । इराकमा अमेरिकी तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसलाई र भारतमा मन्त्री पी चिदम्बरम्लाई जुत्ता हानियो । हाम्रो देशमा गोल्छे सार्कीले रामचन्द्र पौडेललाई संसद्मै चड्कन हाने । माओवादी कार्यकर्ताले सोलुखुम्बुमा भारतीय राजदूतलाई जुत्ता प्रहार गरे । आखिर सिकाउने राजनीतिका खेलाडी नै हुन् । उनीहरूका जेजस्ता अपराध र बदमासी पनि सुनपानीले चोख्याइन्छ । अन्तिममा फस्छन् उनीहरूबाट सिकेका जनता !झलनाथ पिटिएपछि कान्तिपुरले एसएमएसबाट जवाफ माग्दै पाठकलाई सोध्यो- ‘नेतामाथि हात छोड्नुलाई के भन्नुहुन्छ ? ९१ प्रतिशतले भने- ‘स्वाभाविक आक्रोश ।’ ‘पूर्वाग्रह प्रेरित’ का पक्षमा ५ र ‘व्यक्तिगत सनक’ ठान्ने ४ प्रतिशत पाइए । यात्रा गर्दा बसमा, चिया खाँदा पसलमा, हिँड्दा सडकमा, पधेँरामा, मेलामा, हाट-बजारमा अनि अफिस-अफिसमा सबैको गफको विषय बने झलनाथ । जहाँ जसको मुखबाट पनि एउटै कुरा सुनियो- ‘ठीकै भयो, नेतालाई कुट्नै पर्छ ।’ नेतालाई कुट्दा जनता किन खुसी हुन्छन् अचेल ? नेताप्रति जनता किन निर्दयी हुँदै गएअचेल ? नेताको दुःख पीडामा हर्ष बढाइँ गर्ने दिन किन आयो अचेल ? देश किन दण्डहीन बन्दै गयो अचेल ?यस्तो हुनु राम्रो होइन । म फेरि भन्छु- कुट्नु अपराध हो । झापड हान्नेलाई कानुनी कारबाही गर्नुपर्छ । तर, सबैको कुटाइको दुखाइ बराबर हुन्छ, कारबाही पनि बराबरै हुनुपर्छ । जनताले कुटे सार्वजनिक अपराध लाग्ने, नेताले कुट्दाचाहिँ कुनै अपराध नलाग्ने हुनुहुँदैन । कानुन देवीप्रसादहरूका लागि मात्र पनि त होइन नि !

Podted By: Dambar Prasad Rimal                                                  Source: ekantipur



जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.