Daily Archives: 23/01/2011

नक्कली फेसबुकले तनाबमा छिन् रेजिना


imageकाठमाडौं/ नायिका रेजिना उप्रेती आफ्नो नाममा खोलिएका नक्कली फेसबुकका कारण तनाबमा छिन् । रेजिनाको नाममा खोलिएका चारवटा फेसबुक अकाउन्टमा अश्लील फोटो, भिडियो तथा असभ्य भाषाका पोस्टहरू छन् ।
रेजिनाका नाममा खोलिएका नक्कली फेसबुकलाई सक्कली ठानेर मित्र बन्नेहरूले अश्लील फोटो, भिडियो तथा पोस्ट’boutमा घोर विरोध गर्दै रेजिनालाई सम्हालिने सल्लाह पनि दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Advertisements

‘झापड रेग्मी’ लाई १० हजार पुरस्कार / दोस्रोले हाने २० हजार


देवीप्रसाद रेग्मी अर्थात ‘झापड रेग्मी’ ले एमाले अध्यक्ष झलनाथ खनाललाई झाप्पड हान्नु हुन्थ्यो कि हुन्थेन ? कुटपिट, आक्रमण, हत्या र हिंसा जस्ता कुरा आपत्तिजनक भएपनि नेता देखि वाक्क भएर त्यसलाई जायज भन्ने जनताको जमात ठूलो छ । अधिकांश सर्वसाधारणले त्यसको स्वागत गरेका छन् ।

विगतमा नेतालाई सहयोग र साथ दिएका, तिनले आव्हान गर्नासाथ जुरुक्क उठेर मुठ्ठी उठाउँदै सडकमा ओर्लेकाहरु नै अहिले नेतालाई चड्कन लगाउने रेग्मीलाई स्याबासी दिइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

विदेशबाट रित्तै


मलेसियामा काम गर्न गएका ८ नेपालीलाई हालै एचआईभी संक्रमित भनेर फिर्ता पठाइयो । नेपाल आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र निजी क्षेत्रमा कहलिएको नेसनल रिफरेन्स ल्याब्रोटरीमा परीक्षण गर्दा पनि उनीहरूमा त्यो रोग पाइएन । उनीहरू स्वस्थ नै रहेछन् । आफूलाई ‘एचआईभी’ लागेको सुन्नासाथ तीमध्ये कसैको मृत्यु भएको भए !बारा मझडिया- ७ का नसिर अहमद अन्सारी १ लाख ६५ हजार रुपैयाँ तिरेर मलेसिया गए । बुकेटको एउटा पाउरोटी कारखानामा १२ घन्टा काम गर्दा उनी ९ सय ५३ रिंगेट (करिब १८ हजार रुपैयाँ) तलब बुझ्थे । प्रोफिसियन्ट म्यानपावरबाट सेप्टेम्बर १ मा उडेका उनको तीन सातामा……. पढ्नेक्रम जारी राख्नुहोस्

झापड ! जनताले कुटे सार्वजनिक अपराध, नेताले कुटे अपराध नलाग्ने रे!!!


झापड ! कसैलाई कुट्नु-पिट्नु अपराध हो । सार्वजनिक ठाउँमा हात छोड्नु त जघन्य अपराधै हो । अझ देश हाँक्ने पदमा बसेका व्यक्तिलाई थप्पड हान्नु महाअपराध हो, महापापै हो । कुटेर समस्या समाधान हुँदैन । झापड हान्नु भनेको उद्दण्डता, अराजकता, कानुनहीनता मात्र होइन, विवेकहीनता पनि हो । तर पनि बेला-बेला किन चल्छन् मान्छेका हात ? दलको कार्यक्रममा इटहरी पुगेका विचरा झलनाथ खनालले बेकारमा झापड खानुपर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

लडाकु विशेष समितिमातहत ल्याएको अमेरिकाद्वारा स्वागत


माओवादी लडाकु विशेष समिति मातहत ल्याएकामा राजनीतिक दललाई बधाई दिंदै अमेरिकाले त्यसको स्वागत गरेको गरेको छ । अमेरिकी राजदूतावासद्वारा लडाकु सरकार मातहत आएको घोषणा लगत्तै शनिवार जारी प्रेस विज्ञप्तिमा लडाकुलाई बिशेष समिति मातहत हस्तान्तरण गर्ने कार्यनेपालको शान्ति प्रक्रियाको लागि सकारात्मक र स्वागतयोग्य कदम भएको उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमानको पिटाइबाट घाइते श्रीमतीको विचल्ली


नयाँ पत्रिका, संखुवासभा, ८ माघ । श्रीमान्को कुटाइबाट घाइते खाँदबारी-३का विमला तामाङ र उनका नाबालक छोराको विचल्ली भएको छ । उपचार अभावमा श्रीमान् गोवर्धन तामाङको कुटाइबाट गम्भीर घाइते विमला र उनका ६ वर्षीय नाबालक छोराको विचल्ली भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

थप्पड प्रहारबाट नेताहरुले पाठ नसिके थप अप्रिय घटना व्यहोर्ने अवस्था आउने: कोइराला


शुभ नारायण यादव/सप्तरी, ८ माघ,  नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एमाले अध्यक्ष झलनाथ खनाल माथि प्रहार गरिएको थप्पड जनताहरुको राजनैतिक दल प्रति बढ्दै गएको वितृष्णको परिणाम भएको बताउनु भएको छ । प्रेस युनियन सप्तरीद्वारा शनिबार सप्तरीको सदरमुकाम राजविराजमा आयोजित पत्रकार सम्मेलनमा डा. कोइरालाले सो कुरा बताउँनुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्