नेरी फेरि कप्तान (फेब्रुअरी १७ देखि २५ सम्म कुवेतमा ”एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टी च्याम्पियनसिप” हुँदै


दुई वर्षपछि महिला राष्ट्रिय टिमको जिम्मेवारी फेरि नेरी थापाको काँधमा आएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी १७ देखि २५ सम्म कुवेतमा हुने एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टी च्याम्पियनसिपका लागि नेरीको नेतृत्वमा शुक्रबार प्रारम्भिक चरणमा १८ खेलाडी चयन गर्‍यो ।

खराब अनुशासनको कारण देखाउँदै नेरीलाई सन् २००९ मा मलेसियामा भएको एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टीमा कप्तानीबाट हटाइएको थियो । त्यो प्रतियोगितामा रीतु कनौजिया कप्तान भएकी थिइन् । छनोट कमिटीको मुख्य संयोजक विजयकुमार शर्माले पछिल्लो समय नेरीले आफूलाई सुधारेको बताए ।

‘नेेरीले सिंगापुरमा भएको एसीसी यू-१९ वुमेन्स च्याम्पियनसिप क्रिकेट र राष्ट्रिय प्रतियोगितामा समेत कप्तानीको भूमिकामा राम्रो प्रदर्शन गरिन्,’ विजयकुमारले भने, ‘यो टिम सन्तुलित र राम्रो छ ।’ चीनको गोन्जाउमा भएको १६ औं एसियाडमा काठमाडौंकी नीरा राजोपाध्यायले कप्तानीको जिम्मेवारी पाएकी थिइन् ।

प्रतियोगितामा नेपाल जापानसँग दुईपल्ट हार व्यहोर्दै घर फर्किन बाध्य भयो । एसियाडमा सोचेअनुसार नीराले कप्तानीको जिम्मेवारी निर्वाह गर्न नसकेको विजयकुमारले बताए । सन् २००७ मा राष्ट्रिय टिमको कप्तान बनेकी नेरी पुनः कप्तान बन्न पाएकामा खुसी छिन् ।

‘कप्तान बन्न पाउनु ठूलो कुरा हो । तर जिम्मेवारी पनि थपिएको छ,’ नेपाललाई दुईपल्ट एसीसी यू-१९ वुमेन्स च्याम्पियनसिप क्रिकेटको उपाधि दिलाइसकेकी नेरीले भनिन्, ‘अझै राम्रो गर्ने प्रयास गर्छुं ।’ कप्तानबाट हटाइए पनि नीरा राजोपाध्यायले आफूलाई कुनै दःुख नलागेको बताइन् ।

‘टिममा पर्नु ठूलो कुरा हो,’ उनले भनिन् । यस्तै टिममा रुविना क्षेत्री -उपकप्तान), मनीषा रावल, मधु थापा, सीता रानामगर, खिना थापामगर, इन्दु बर्मा, जानकी भट्ट, रश्मी शर्मा, सरिता मगर, करुणा भण्डारी, नीरा राजोपाध्याय, ममता थापामगर, शोभा आले, सीता शाही, सोनु खड्का, मनीता गौतम र रेखा रावल छन् ।

मधुलाई तीन वर्षपछि टिममा बोलाइएको हो । टिमको प्रशिक्षकमा अरुण अर्याल रहेको क्यानले जानकारी दिएको छ । गोन्जाउ एसियाड खेलेको टोलीबाट पूर्वकप्तान रीतु कनौजिया, बिनु बुढामगर, मेलिना रायमाझी र माया रावत हटाइएका छन् ।

संयोजक विजय कुमारले अघिल्लो महिना सम्पन्न भएको वाईवाई वुमेन्स राष्ट्रिय क्रिकेट र अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको बताए । आइतबारबाट टिमको प्रशिक्षण सुरु हुनेछ । अन्तिम १४ को छनोट १० दिनभित्र गरिने क्यानले जनाएको छ ।

लाहोरमा अभ्यास खेल

नेपालले १६ औं एसियाली खेलकुदमा स्वर्ण जितेको पाकिस्तानसँग अभ्यास खेल खेल्ने क्यान अध्यक्ष विनयराज पाण्डले बताए । अभ्यासका लागि नेपाली टोली फेब्रुअरी ९ मा लाहोर जाने छ । नेपालले पाकिस्तानमा चार अथवा पाँच खेल खेल्नेछ । पाकिस्तानमा लाग्ने सबै खर्च त्यहाँको बोर्डले बेहोर्नेछ ।

क्युरेटर आउने

मूलपानीमा बन्दै गरेको क्रिकेट मैदानको पिच बनाउनका लागि पाकिस्तानी क्युरेटर आउने भएका छन् । क्युरेटरको सम्पूर्ण खर्च पाकिस्तान क्रिकेट बोर्डले नै बेहोर्ने क्यान अध्यक्ष पाण्डेले बताए । पाकिस्तानी क्युरेटरले नेपाली क्युरेटरलाई प्रशिक्षणसमेत दिने उनले बताए ।

 

Posted by: Thapa/Bikram                         Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.