Daily Archives: 22/01/2011

११औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकपको प्रथम चरणका खेलहरु सम्पन्न


जय आले, कुवेत

२२ जनवरी । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमण्डौ-कुवेतको सकृयतामा सञ्चालित ११औं माउण्ट एभरेष्ट एम.बि. बमजन मेमोरियल अन्तर नेपाली गोल्डकप फुटवल टुर्नामेण्ट-२०११ को प्रथम चरणका सबै खेलहरु २१ जनवरी २०११ को दिन, कुवेतको अम्घारास्थित फुटवल मैदानमा निकै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएका छन । खेलको उद्घाट्न महामहिम राजदूतज्यूले बललाई किक हानी गर्नु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

यसरी गरियो माओवादी लडाकूको हस्तान्तरण (फोटो फिचर)


लडाकू हस्तान्तरणको घोषणापत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष दाहाल
शनिबार चितवनको शक्तिखोरमा एक भव्य समारोह गरी माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सेनाको स्वामित्व विशेष समितिलाई सुम्पिएका छन्। दाहाललाई ‘नोबडी’बाट  ‘नेशनल फिगर’ बनाउन महत्वपूर्ण योगदान दिएको माओवादी सेना हस्तान्तरण कार्यक्रममा उनी पहिलाजस्तो भावुक देखिएनन्। नागरिकन्युजका चन्द्रशेखर कार्कीको फोटो फिचर। पढ्नेक्रम जारी राख्नुहोस्

जन–जागृती युवा समाज कुवेतको सार्वजनिक बिज्ञप्ति


सार्वजनिक बिज्ञप्ति

गत २०११/१/७ गते वर्ष २०१० को विदाई तथा नव वर्ष २०११को स्वागतको अवसर पारेर यस जन–जागृती युवा समाज कुवेतको आयोजना र नेपालकुवेत डट कम तथा मरुभूमिको कोशेली एवं नेपालकुवेत साँस्कृतिक मञ्चको सह आयोजनामा विगत ५ वर्षदेखि फरवानिया अस्पतालमा जीवन र मृत्युको दोसाँधमा रहेकी पढ्नेक्रम जारी राख्नुहोस्

गाउँ नै रमाइलो शहरभन्दा !!



मासिक रु.५० हजारको जागिर छाडेर पर्साका सफ्टवेयर इन्जिनियर श्यामवदन यादव गौपालनका लागि गाउँ फर्केका छन्। उनको यो कदमले १५०० किसानको जीवन बदलिदिएको छ।

शहरको कमाउ जागिर छाडेर गाउँ फर्किएका काभ्रेका गोविन्द शर्मा को नमुना खेती देश-विदेशमा चर्चित छ। गाउँघरमा आधुनिक कृषि प्रविधिको विस्तार गरिरहेका उनी यसमै सुखी र सन्तुष्ट छन्।

पोखरामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएल)को जागिर खाइरहेकी तनहुँकी विष्णु मल्ल ६ वर्षमै जन्मथलो राइपुर फर्किएर स्थानीय विद्यालयमा पढाउन थालिन्। उनलाई अत्यासलाग्दो शहरभन्दा गाउँको बसाइ आत्मीय लागेको छ।

  पढ्नेक्रम जारी राख्नुहोस्

नेपालीको जेल जिवन !


क्षेत्रीय कारागार सुनसरी झुम्कामा जेलजीवन बिताइरहेका युवा कैदीहरू।

पर्खाल भित्र बास भो, कर्मै शत्रु भएपछि, जिन्दगीमा घात भो, घरमै शत्रु भएपछि।।

सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा रहेका धरान-१६ का राजु श्रेष्ठले आफ्नै ’boutमा लेखेका हरफ हुन्, यी। जेल पर्नुअघि उनलाई गजल के हो थाहै थिएन। पढ्नेक्रम जारी राख्नुहोस्

NRN को पाँचौ क्षेत्रिय सम्मेलन उपलब्धिमूलक लागेको छ: राजेन्द्र तामाङ्ग -अध्यक्ष NCC कुवेत


(सफलता प्राप्तिको लागि इश्वरलाई दिमाखमा होइन दिलमा राख्न जरुरी छ: राजेन्द्र तामाङ्ग)

बिकट सिन्धुपाल्चोक जिल्ला, गाथी गाबिसको डाँडाकटेरी गाउँमा जन्मेर, काठमाण्डौ स्थायी बसोवास गर्नु हुने, ५० वर्षिय “अधबैंशे” राजेन्द्र तामाङ्ग १८ वर्षको कलिलो उमेरमै बेलायती सेनामा भर्ती भई, १८ वर्षे आफ्नो सैनिक जीबनकालमा एसिया, युरोप र अमेरिकाका प्राय: मुलुकहरु घुमेका अविश्मरणीय अनुभव छन वहाँसँग । सन् १९९५ मा बेलायती सेनाबाट अवकाश लिई, सोही वर्ष UN को इराक/कुवेत Observation Mission को विशिष्ट सुरक्षा कर्मचारीमा पून: भर्ती भई, सन् २००३ सम्म UN Mission कुवेतमा र हाल मराफी कम्पनी कुवेतको अप्रेशन मेनेजर जस्तो एउटा सम्मानजनक पदमा कार्यरत हुनुहुन्छ, वहाँ । पढ्नेक्रम जारी राख्नुहोस्

नेरी फेरि कप्तान (फेब्रुअरी १७ देखि २५ सम्म कुवेतमा ”एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टी च्याम्पियनसिप” हुँदै


दुई वर्षपछि महिला राष्ट्रिय टिमको जिम्मेवारी फेरि नेरी थापाको काँधमा आएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी १७ देखि २५ सम्म कुवेतमा हुने एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टी च्याम्पियनसिपका लागि नेरीको नेतृत्वमा शुक्रबार प्रारम्भिक चरणमा १८ खेलाडी चयन गर्‍यो ।

खराब अनुशासनको कारण देखाउँदै नेरीलाई सन् २००९ मा मलेसियामा भएको एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टीमा कप्तानीबाट हटाइएको थियो । त्यो प्रतियोगितामा रीतु कनौजिया कप्तान भएकी थिइन् । छनोट कमिटीको मुख्य संयोजक विजयकुमार शर्माले पछिल्लो समय नेरीले आफूलाई सुधारेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

खनाललाई थप्पड हान्ने १५ दिन थुनामा


विराटनगर, माघ ८ – सुनसरीको इटहरीमा बिहीबार पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालको गालामा थप्पड हान्ने भरौल १ का देवीप्रसाद रेग्मीलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले म्याद थप गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्