१२ बुँदे दुवई घोषणा पत्र जारी गर्दै एनआरएन सम्मेलन सम्पन्न


altदुवई । १२ बुँदे दुवई घोषणा पत्र जारी गर्दै गैरआवासीय नेपाली संघ एनआरएनको पाँचौ क्षेत्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनद्धारा जारी घोषणा पत्रमा गैरआवासीय नेपाललाई सिमित अधिकार सहितको नागरिकता प्रदान गर्ने उच्चस्तरिय राजनीतिक संयन्त्रको सहमतिको स्वागत गरिएको छ ।

साथै अब बन्ने संविधानमा गैर आवासिय नेपाली समुदायको अपेक्षा बमोजिम एक पटकको नेपाली सधैको नेपाली रहने व्यवस्था गर्न आग्रह गरिएको छ ।  सम्मेलनले वैदेशिक रोजगार नीति ल्याउन, गैरआवासीय नेपाली सामुहिक लगानी कोष स्थापनाका लागि बिगतमा भएका प्रतिवद्धतालाई कार्यानवयन गर्न र एनआरएनले लिएको सुझावलाई सम्बोधन गरि गैर आवासिय नेपाली सम्बन्धि ऐन २०६४ तथा नियमावली २०६६ लाई समयानुकल परिमार्जन सरकारलाई आग्रह गरेको छ ।

सम्मेलनले जारी गरेको घोषणा पत्रमा शान्ति प्रक्रियालाई तार्किक एवं सकारात्मक निष्कर्षमा पुर्याउन र निर्धारित समयभित्र संविधान बनाउन दलहरुलाई आहृवान गरेको छ । सम्मेलनले सरकार र निजी क्षेत्रसँगको सहकार्यमा देशभर वैदेशिक रोजगार सम्बन्धी सूचना पुस्तिका वितरण गर्ने प्रतिवद्धता जनाएको छ । त्यसका लागि आवश्यक सूचना संकलन गर्न राष्टिय समन्वय परिषदलाई परिचालित गरिने संघले जनाएको छ ।

सम्मेलनले वैदेशिक रोजगार बजार अनुसन्धान, पहिचान, विविधिकरण र प्रवर्द्धनमा नेपाल सरकार, निजी क्षेत्र तथा गैर आवासिय नेपाली संघबीच सहकार्य र समन्वय गर्न संयन्त्र निर्माणको पहल गर्ने निर्णय पनि गरेको छ ।

Posted By : Narayan Nepal                   Source : Weeklynepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.