डा. भक्तमान श्रेष्ठ घर जादै गर्दा अपहरणमा परेका थिए । पडौ उनको ती दिनहरु


डा. भक्तमान श्रेष्ठका ती १९ दिन
डा. भक्तमान श्रेष्ठ घर जादै गर्दा अपहरणमा परेका थिए । पडौ उनको ती दिनहरु उनकै शब्दमा :

भक्तमान श्रेष्ठ, चितवन, जेठ २२- मङ्गलबार ४ गते राति लगभग सवा दश बजे मलाई कब्जामा लिइयो। म घर जाँदै थिएँ। हाकिमचोकबाट भित्र छिर्ने ठाउँ हिमचुली ब्याङ्कनजिक मेरो अगाडि रहेको गाडीसँग ठोक्कियो। एक जनाले मेरो गाडीमा किन ठोक्नुभएको भने, अरुले आएर झ्याप्प समाते, अनि आँखामा पट्टी बाँधे।
मैले थाहा पाएँ कि म घेरामा परिसकेको रहेछु। उनीहरुले अगाडि पछाडि पनि गाडी राखेका रहेछन्। त्यसपछि चार पाँच घण्टाको ट्राभल गरेजस्तो लाग्छ। गाडी मैले बुझेअनुसार मोटरसाइकल र पैदल गरेर पहाडी भेगमा लगेजस्तो लाग्यो। किनकि मोटरसाइकल पहाडी हाइटमा लगिएको थियो। तर कताको पहाडी भेग हो, त्यो मैले कल्पना गर्न सकिन। मलाई उनीहरुले आफ्नो गन्तब्यमा पुर्‍याएर पट्टी बाँधेरै राखे। पहिलो दिन मलाई केही पनि थाहा भएन।

दोस्रो दिन त्यसको भोलिपल्ट उहाँहरुले डिक्लियर गर्नु भो। ‘हाम्रो राजनीतिक सङ्गठन हो। हामी नेपाल हिन्दू जनता पार्टीका हौं , नेपाल सरकारले हाम्रा माग एड्रेस गरेन, त्यसैले यो कदम चाल्न बाध्य भयौं, सरकारलाई प्रेसर दिन यसो गरेको हो, तपाई डराउनुपर्दैन’- उनीहरुले भने। मलाई नै किन टार्गेट गर्नु भको त नि भनेर सोध्दाखेरि उनीहरुले ‘काठमाडौंमा हाम्रो सङ्गठन विस्तार भैसकेको छैन् तर नेपालका १५ जिल्लामा हाम्रो सङ्गठन छ। भ्यालीबाहिर चर्चित व्यक्ति को छभन्दा साथीहरुले तपाईंको नाम राखे। पार्टीले निर्णय गरेपछि यसो गरेका हौं भने।’ त्यसपछि क्यान्सर अस्पतालको भ्रष्टाचारका कुरा पनि आएका थिए। ‘पहिले पनि र तपाईंका पालामा पनि भएको पायौं, त्यसैकै छानबिनका लागि पनि तपाईंलाई ल्यायौं भनेर उनीहरुले मलाई भने। छानबिन गर्दा नै तपाईंलाई छाड्न ढिला भयो, काठमाडौं पनि पुग्यौं, तपाईंको घर पनि पत्ता लगायौं। छानबिनमा टाइम लाग्यो तर जति भनिएको थियो, त्यति पाएनौं भनेर’ मलाई भने ।

राम्रो कुरामा उनीहरुले मेरो खानपिन, औषधी उपचारमा पनि राम्रै ध्यान दिए। मैले खाने औषधी पनि दिए। के खानुहुन्छ, कस्तो भयो खाना भनेर टेककेयर गरे। यहाँसम्म कि नुहाउनेसम्मका काम पनि गरिदिन्थे। मलाई सर, डाक्टरसाब भनेर सम्बोधन गर्थे। फोन गर्नेले कहिले तराई र कहिले पहाडी भाषामा कुराकानी गर्थे। फोन गर्नेले मसँग पनि कुरा गर्थे। डाक्टरसाब हामीबाट तपाईंलाई कुनै प्रकारको दुर्व्यवहार नहोस् भन्ने चाहन्छौं भन्थे। मेरो भने फोन उनीहरुले नै राखेका थिए। मसँग भएका दुई जनालाई फोन आउँथ्यो, उनीहरुले नै मलाई कुरा गराउँथे। कुरा गर्दा हाइलेभलका कमाण्डर जस्ता सम्बोधन उनीहरुको हुन्थ्यो। मलाई चौबीसै घण्टा सुरक्षामा राखेका थिए।

त्यसपछिका दैनिकी सधैं एकैखालका झैं भए। आफूले पढ्न र सुन्न नपाए पनि उनीहरुले दैनिक नै पत्रिका पढेर सुनाउँथे। संसदमा के भयो, प्रधान मन्त्रीले के भने, गृह मन्त्रीले के बोल्नुभो, राजनीतिक पार्टीले के भन्यो, कुन रेडियोले के समाचार भन्यो, सबै भन्थे। कुन पत्रिकाले सकारात्मक लेख्यो, कुनले नेगेटिभ लेख्यो, एकअर्कामा आरोप-प्रत्यारोप के गरे, कुनले के के लेख्यो, डे टु डे इन्फरमेसन दिन्थे। अरु केही आधार नहुँदा त्यो पनि मलाई ठीकै लाग्थ्यो। राती मसँग भएका दुईजना नै ’roundसँगै सुत्थे। मलाई हात बाँधेर मात्रै उनीहरु सुत्ने गर्थे। सायद आँखा खोल्छु की, भाग्छ की वा केही गर्छ भनेर होला। मलाई त्यो अस्वाभाविक पनि लागेन। बन्दी भएपछि गाह्रो हुने कुरा नै रैछ। त्यो स्वाभाविक नै जस्तो लाग्यो। हामीले फिल्महेर्दा जेजस्तो हुन्थ्यो त्यही महसुस गरे। लाई १९ दिन नै आँखामा पट्टी बाँधेर राखे। भय लाग्थ्यो।

अरु बेला उनीहरु मलाई आफ्ना राजनीतिक कुरा मात्र सुनाउथे। …सरकारले केही गर्न सकेन ,उनीहरुलाई प्रेसर हो,हामी पनि शक्ति छौ भन्ने मात्र जनाएका हौ। अर्को कुरा उनीहरुले भष्टाचार रोक्न अरुशक्तिले पनि सक्छ। भ्रष्टाचारीलाई कारबाही हामी पनि गर्छौ। सरकारले केही पनि गर्न सकेन भन्ने उनीहरुले उल्लेख गरे। एकडेढ वर्षमा हामी खुल्ला हुन्छा’ै पनि भने। मेरो ’boutमा लेखिएका समचारपनि उनीहरुले छुटाउदैन थिए। हामीले सबैलाई खबर गरिदिएका छौ भन्थे। मलाई अस्ती छोड्ने जानकारी दिएका थिए। …आँखामा पट्टी बाध्यौ त्यसका लागि क्षमा माग्छौ उनीहरुले भने, हामी धार्मिक मान्छे पनि हौ पाप पनि लाग्ला त्यसका लागि क्षमा गर्नुस’ भने। मलाई विदाईको व्यवस्था पनि गरे। अघिल्लो दिन नै विदाई गर्ने भन्दै आज लोकल कुखुराको मासु खाने भनेर ख्वाए। ल्याउने बेला पनि उही दश बाह्र मिनेटको पैदल हिडाए,त्यसपछि मोटरसाईकलमा राखेर ल्याए। पछि गाडीमा सिफ्ट गरे। सडकमा ल्याएर ल रातीको दुई बजेको छ तपाँईको जिल्ला चितवन ल्याई दिएका छौ ,भने। आधाघण्टा पटि्ट नखोल्न रिक्वेष्ट गरेर फर्के।

म पनि रिक्वेष्ट मानेर आधाघण्टाजति त्यसैबसे,त्यसपछि आँखा खोले।१९ दिनसम्म बन्द गरेको आँखा पहिलोचोटी खोल्दा अध्याँरोमा केही पनि देखिन। आँखा पुछे। दायाँबायाँ हेरे अकै ठाउँ रहेछ। मैले सुत्ने प्रयत्न पनि गरे तर सुत्ने वातावरण थिएन्। माथीतिर हिड्दै गए ,अलि हिड्न गाह्रो भयो। बल्ल लोकेसन थाहापाए। मजिमटार पुगेपछि लोकल फोनबाट घरमा खबर गरे। नजिकै रहेको ढाटमा स्थानिय सुरेशचन्द्र भण्डारीसँग भेट भो। उनले स्थानिय रेडियोलाई खबर गरिदिए। उनैले फ्रुटी किनेर घरमा लगेर खुवाए। उनैकहाँ केहीबेर बसे। पाँच साढेपाँच बजेतिर दुईजना भाई र परिवार लिन आएपछि घर आएँ।

यो घटनापछि म स्ट्रेसमा छु ,केही सोच्न सकेको छैन्। १८ दिनको स्ट्रेसले कस्तो महसुस भयो त्यो म भन्न सक्तिन। देशमा सरकारले सुरक्षा दिन नसकेको जस्तो लागेको छ। सुरक्षाको अवस्था पनि देखिन। कुनै डाक्टर वा मलाई मात्र होईन यस्तो कसैलाई नपरोस। कुनै राजनीतिक दल,संगठन कसैले पनि कुनै नागरिक र कसैलाई पनि यस्तो नगरोस मेरो अपिल छ। यो कुराकानी गर्दा डा.श्रेष्ठपत्नीसँगै थिईन्। डा.श्रेष्ठकी पत्नी शिलुले ढिलै भएपनि आफ्नो श्रीमान सशुसल फर्केकोमा खुशी जनाईन्। रिहाईका लागि पहल गर्ने सबैलाई उनले धन्यवाद दिईन्। श्रेष्ठका बाबुले भने अस्ती देख्छु की लाग्यो आज देखे निकै खुशी लाग्यो भने। ईश्वरको कृपाले मेरो छोरा घर आयो नागरिक सँग उनले भने।
(नागरिककर्मी चाँदनी हमालसँगको कुराकानीमा आधारित)

Posted By :Dambar Prasad Rimal                   Source : Nepalese In Abroad

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.