जय आले, कुवेत
उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोईरालालाई आज कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधि, पत्रकार अनी अन्य नेपालीहरुले सि-साईड रेजेन्सी प्यालेसमा भेटघाट गरेका छन ।
बिहानको ११ बजे नेपाली दूतावास उद्घाटन गर्ने कार्यक्रम रहे पनि करिब १ घण्टा ढिलो उद्घाटन समारोहमा वहाँको उपस्थिती भएको थियो । दूतावासको मुलद्वारमा स्वागतार्थ उपस्थित नेपालीहरुले मन्त्रीज्यूलाई हातमा पुष्प गुच्छा दिई स्वागत गरे । कम्तिमा आधा घण्टा दूतावासमा कुवेत सरकारका उच्च अफिसियल एवं पत्रकारहरुसँग वहाँको छलफल भएको थियो । छलफलको अवसरमा कसैलाई प्रवेश अनुमती नभए पनी कुवेतका नेपाली पत्रकार सुजन केसी, आर.बि बुढाथोकी, हरीकृष्ण न्यौपाने र जय आले भनें प्रवेश गर्न सफल भएका थिए ।
छलफल पश्चात अलसाया दैनिक कुवेतका पत्रकारले अन्तर्वार्ता लिने क्रममा कुवेत भ्रमणको मुख्य उद्देश्य, उपलब्धी र नेपाली घरेलु कामदारको समस्या र हाल कुवेतमा नेपाली कामदारको संख्याको ’boutमा जिज्ञासा राख्दा, मन्त्रीज्यूले आफु दुई देशको द्विपक्षिय सम्बन्ध सुधार, व्यापारिक सम्झौता र नेपाली कामदारहरुको समस्या समाधानलाई मुख्य एजेण्डा बनाई औपचारिक भ्रमणमा आएको र अहिले कुवेतमा ४५ हजार नेपाली कामदार रहेका र जसमा ३५ हजार महिला र १० हजार पुरुष कामदार रहेको बताउनु भयो । साथै समस्या समाधान एवं सुधारको सवालमा अब उप्रान्त कुवेत आउनुपूर्व नै नेपाली कामदारहरुलाई कुनै न कुनै सिपमुलक तालिम या शिक्षा दिएर पठाईने पनि वहाँले बताउनु भयो ।
यसैगरी दिनको २ बजेदेखी सबै नेपालीहरुसँग सि-साईड रेजेन्सी प्यालेसमा नेपाली राजदूतावास कुवेतको सकृयातामा वहाँको परिचय एवं छलफल कार्यक्रम चलीरहेको छ । जसमा NRNA कुवेत, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, नेपालकुवेत मेनपावर एशोसियसन, नयाँ नेपाल क्लव, लालीगुराँस साँस्कृतिक परिवार, नेपाल पत्रकार महासँघ कुवेत संपर्क शाखा, नेपालकुवेत डटकम, कुवेत नेपाल डटकम र अन्य नेपाली जनसमुदाय गरी कम्तिमा १५० नेपालीहरु सामेल भएका छन ।
बिस्त्रित विवरण पुन…
thanks
Sujata jyu le ekdam ramro Garnu bhayo.