Daily Archives: 18/01/2011

उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोईरालालाई कुवेतवासी नेपालीहरुले भेटे


जय आले, कुवेत

उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोईरालालाई आज कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधि, पत्रकार अनी अन्य नेपालीहरुले सि-साईड रेजेन्सी प्यालेसमा भेटघाट गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

दुई पोइकी जोईको पति व्यवस्थापन


हिमाली भेगका केही समुदायमा प्रचलित बहुपतिप्रथाका पछाडि सम्पत्ति विभाजित हुन नदिने, परिवार फुट्न नदिनेजस्ता व्यावहारिक कारण छन् । दुई जोईको पोइ कुना पसी रोई’ हामीले सुन्दै आएको उखान हो । स्रोत र साधनको व्यवस्थापन, पारिवारिक योजना निर्माण, प्रयोग र सन्तुलनको दृष्टिले समेत दुई विवाह गरेको पुरुषलाई निकै कठिनाइ उत्पन्न भएको देखिन्छ । त्यसमाथि बहुविवाह गैरकानुनी त हुँदै हो । पढ्नेक्रम जारी राख्नुहोस्

तीस नेपालीको खोजीमा विश्वभरका प्रहरी


इन्टरपोलको रेडकर्नर नोटिसमा ३० नेपालीका फोटा छन् । चोरी, डकैतीदेखि हत्या र अपराधजस्ता जघन्य अपराध गरेको अभियोगमा नेपालदेखि भारत र युएईदेखि अमेरिकासम्मको प्रहरीले मुद्दा चलाइरहेको छ । तर, इन्टरपोलमा नाम राखिएकै कारण कुनै पनि नेपाली अपराधी पक्राउ परेको उदाहरण छैन । प्रहरी आफैँ भन्छ, ‘यो वारेन्ट होइन, जानकारी मात्रै भएको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

जवान कुट्ने दुई सैनिक अधिकृतलाई कोर्ट मार्सल


मातहतका सैनिकलाई कुटेको अभियोगमा नेपाली सेनाका क्याप्टेन संजीव खनाल र लेफ्टिनेन्ट मनोज मल्ललाई कोर्टमार्शल गरिएको छ । प्रधानसेनापति निवास शशीभवनमा कार्यरत यी दुई जुनियर अधिकृतले त्यही कार्यरत तीन जवान रामराज थापा, रमेश कार्की र पूर्ण थापालाई बिहीबार निर्घात कुटपिट गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

२०१० का दस उत्कृष्ट ल्यापटपहरु


एप्पल म्याकवुक प्रो-१५

विशेषता- डिजाइन, विल्ड र फिनिसिङ, पर्फमेन्स, डिस्प्ले, मल्टी टच ट्रेकप्याड, ब्याट्री लाइफ । यो ल्यापटप ग्राफिक्स र भिडियो प्रोफेसनल्सका लागि राम्रो विकल्प हो । पढ्नेक्रम जारी राख्नुहोस्

साउदीमा निर्मम यातना


होम कार्की, काठमाडौ

माघ ४, शरीरभर नीलडम छ । दुखाइले बोल्न त्यति सक्तैनन् । बोल्न खोज्छन्, बीचमै रोकिन्छन् । साउदी अरबबाट यातनापछि लखेटिएका यी ३७ वर्षे डम्बर बहादुर बोहोरा हिँड्न सक्ने अवस्थामा छैनन् । त्रिभुवन विमानस्थलमा पाइला टेक्नेबित्तिकै बाचें भन्ने लाग्यो, गहभरि आँसु पार्दै बोहोराले भने, ‘दोस्रो जीवन पाएँ ।’ उनी साउदीको दमामस्थित नासरहल हाजिर कम्पनीको चालकमा काम गर्थे । उनी सुतिरहेको अवस्थामा २०/२५ जना पन्जाबी समूहको आक्रमणमा परेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

भारतबाट आउँदैछ सैनिक सामग्री


grenade bombs that wont explode

काठमाडौ, माघ ४ -नेपाली सेनाका लागि गोली, गि्रनेडलगायत निर्माणमा प्रयोग हुने ‘बुलेट कप’, ‘डेटोनेटर’ ‘सेफ्टी पिन’ र ठूलो परिमाणमा विस्फोटक पदार्थ केही दिनमै मुलुक भित्रिने भएको छ । स्रोतका अनुसार माघ १ मा अनमिन फिर्ता हुने निश्चित भएपछि ती सामग्री भारतबाट हिँडाउन सेनाले आग्रह गरेको र एक सातादेखि दस दिनसम्ममा वीरगन्जको सीमावर्ती रक्सौलमा सामग्री आइपुग्ने छ । पढ्नेक्रम जारी राख्नुहोस्

एक टुक्रा…


मन कुमार
धरान-११, हाल: कुवेत्
mankumar_21818@yahoo.com

माया गर्ने इच्छा नभए
मुटुमा किला ठोके हुन्छ
स्नेहको भेल उर्लिए पनि
तिरस्कारले रोके हुन्छ
बेकार हुन्छ आफुलाई
अरु भन्दा उच्च ठान्नु
घमन्ड नै छ भने
यौबनको मोल तोके हुन्छ
बिछोड्को घाउ बल्झिएर
आखाँमा आँशु आए पनि
अँन्जुलिमा टम्म भरि
आँखा छोपेर धोके हुन्छ…!!

Posted by: Jay Ale