Daily Archives: 16/01/2011

मिस नेपाल सदीक्षाको सम्बन्ध गाँसियो !


काठमाडौं, मिस नेपाल सदीक्षा श्रेष्ठले आफ्नो कसैसँग सम्बन्ध गाँसिएको खुलाएकी छिन् । पयर्टन वर्ष २०११ को प्रचारप्रसारमा व्यस्त सदीक्षाले इन्टरनेटको सामाजिक सञ्जाल फेसबुकको ‘स्ट्याटस’मा गत पुस २७ मा यो खुलासा गरेकी हुन् । मिस नेपाल भएको चार महिनापछि सदीक्षाले आफ्नो निजी सम्बन्धका ’boutमा यस्तो जानकारी दिएपछि उनका धेरै साथीभाइ आश्चर्यमा परेका छन् । उनको यो निजी प्रगतिलाई ३८ मित्रले ‘लाइक’ थिचेर मन पराएका छन् । त्यस्तै १५ जनाले जिज्ञासा समेत राखेका छन् । धेरैजसोले बधाई र शुभकामना दिएका छन् । कसैले चाहिँ यस्तो प्रतिक्रिया दिएका छन्, ‘मिस नेपालले मिस्टर नेपाल भेटेकोमा बधाई ।’ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कालीगण्डकी बचत समुहद्वारा आयोजित भलिवल प्रतियोगिताको बाँकी खेल आउदो शुक्रबार खेलाइने


डम्बर प्रसाद रिमाल, कुवेत

१४ जनवरी शुक्रवारका दिन, बिहान ७ बजेदेखी प्रायजसो नेपालीहरूको टुर्नामेन्ट हुने स्थान  मङगाफ भलिवल मैदानमा नेपाली भलिवल खेलप्रेमी र खेलाडिहरुको जमघट धमाधम भइरहेको थियो । खेलप्रेमी र खेलाडिहरुको जमघट धमाधम भएपनि कारणबस खेल भने ८ बजेबाट शुरू भएको थियो । खेल ढिलै शुरू भएकोले गर्दा र टिम धेरै भएको कारणले गर्दा समयको अभाबले खेल पुरा हुन सकेन र अर्को हप्ता शुक्रवार २१ जनवरीका दिन सोही स्थानमा बिहानदेखि हुने भनि खेलको आयोजक समितिले निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

NRN पाँचौं क्षेत्रीय सम्मेलनमा NCC कुवेतद्वारा प्रतिवेदन पेश


जय आले, कुवेत

१५ जनवरी । दुबईमा जनवरी १४ देखी सञ्चालन भईरहेको NRN को पाँचौ क्षेत्रीय सम्मेलनमा कुवेतका तर्फबाट १५ जनवरी २०११ मा ५० हजार कुवेतवासी नेपालीहरुको दिगो समस्यालाई उठाउँदै NCC कुवेतले अध्यक्ष श्री राजेन्द्र तामाङ्गमार्फत बिशेष प्रतिवेदन पेश गर्दै, उक्त प्रतिवेदनलाई घोषणा पत्रमा समेत उल्लेख गराउन अनुरोध गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय झण्डा परिवर्तन नहुने


अब्दुल्लाह मियाँ,

काठमाडौ, माघ २ – अहिलेकै राष्ट्रिय झण्डालाई नयाँ संविधानमा मान्यता दिन प्रमुख तीन दल सहमत भएका छन् । माओवादीले राष्ट्रिय झण्डा परिवर्तन हुनुपर्ने अडान राख्दै आएको थियो । तीन दलबीच आइतबार सिंहदरवारमा बसेको बैठकले भने अहिलेको राष्ट्रिय झण्डाको रंग आकार प्रकारलाई जनआन्दोलनबाट प्राप्त सफलताहरुसंग व्याख्या गर्ने सहमति गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अनमिनले विमानस्थलको २ करोड तिर्न बाँकी


जे पाण्डे/लालप्रसाद शर्मा,

नेपालगन्ज/पोखरा, माघ २ – बहिर्गमन भइसक्दा पनि राष्ट्रसंघीय निकाय अनमिनले जहाज र हेलिकप्टर अवतरण, पार्किङ र यात्रु सेवा शुल्कबापत नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने रकम चुक्ता गरेको छैन ।

अनमिनले नेपालगन्ज र पोखरा विमानस्थल प्रयोग गरेबापत करिब २ करोड बक्यौता रहेको प्राधिकरण स्रोतले जनायो । पढ्नेक्रम जारी राख्नुहोस्

मगर / माघे संक्रान्ति


भूगोलसँगै जातीय र सांस्कृतिक विविधता रहेको मुलुकमा एउटै पर्व भिन्न भेग र समुदायमा कसरी मनाइन्छ भन्ने उदाहरण माघे संक्रान्तिबाट लिन सकिन्छ । यो पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र यही अवसरलाई नयाँ वर्ष मान्ने गर्छन् । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे संक्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्