Daily Archives: 15/01/2011

११औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकपको पूर्ण तयारी र टाइसिट


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा आगामी २१ जनवरी २०११, शुक्रवारको दिनदेखी सञ्चालन हुन गईरहेको “११औं माउण्ट एभरेष्ट एम.बि. बमजन अन्तर नेपाली गोल्डकप फूटवल टुर्नामेण्ट” मा यस वर्ष कुवेतस्थित जम्मा ८ नेपाली टिमहरुले सहभागीता जनाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

Mother accused of playing on Facebook while baby died


An American mother who told police her 13-month-old son drowned in the bathtub while she was playing a game on Facebook was charged on Friday with child abuse resulting in death.Shannon Johnson, 34, of Colorado was advised of the charge against her via a video hookup from the jail where she is being held on a $100,000 bond, said Jennifer Finch, spokeswoman for the Weld County District Attorney’s Office. पढ्नेक्रम जारी राख्नुहोस्

फेब्रुअरी ४ मा नेपाल तामाङ्ग घेदुङ्ग, कुवेतले ल्होछार पर्व मनाउने: सम्पूर्ण कुवेतवासी नेपालीलाई निम्तो


जय आले, कुवेत

सृष्टिको दास मानिस परिवेशको लगाम गलामा लगाई चाहे धर्तिको कुनै पनि विन्दुमा ऊ केन्द्रित रहन विवश किन नहोस्, उसले आफ्नो राष्ट्रियता, धर्म, संस्कृति र सामाजिक परिवेशलाई शिरोपर गरी रहेको हुन्छ । ऊ जहाँ जान्छ -आफ्नो रगत, वंशज र लैंगिक प्रचलन एवं पहिचानलाई साथमै लिएर गएको हुन्छ ।  आफ्नो लैंगिक प्रचलनको उपभोग गर्नु गराउनु उसका नैसर्गिक अधिकार भित्र पर्ने बिषयवस्तु हुन ।

ईत्यादी प्रचलनको सुरक्षा, संरक्षण एवं सम्बर्धन गर्नु एउटा व्यस्त प्रवासी जीबनमा पनि अपरिहार्य र आवश्यक भएको अनुभूती गर्दै, कुवेत नगरीमा पनि गत ३ महिना पहिला “नेपाल तामाङ्ग घेदुङ्ग, कुवेत” उदाउन सफल भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

आज माघे संक्रान्ति


माघ १ – घिउ, चाकु, तरुल, तिलको लड्डु जस्ता पौष्टिक खाद्य पदार्थ खाएर मुलुकभर शनिबार माघेसंक्रान्ति पर्व मनाइँदै छ । नेवार समुदायमा भने ती खाद्य वस्तुहरूका साथै सम्येबजी (चिउरा, पोलेको मासु, साँधेको भटमास, अदुवा र रक्सी वा जाँड) का साथै सिद्रा माछा खाने चलन छ । पढ्नेक्रम जारी राख्नुहोस्

माघेसंक्रान्तिको दिन नदीमा स्नान गर्ने श्रद्धालुहरुको भीड।


                      माघ १ – माघेसंक्रान्ति पर्वका अवसरमा मुलुकका विभिन्न धार्मिक स्थलहरुमा पूजा आजा गर्ने र नदीमा स्नान गर्ने श्रद्धालुहरुको भीड लागेको छ । चितवन, नवलपरासी र तनहुको पवित्र सगमस्थल देवघाटधाममा दर्शन गर्न आउने श्रदालुको बिहानै देखि घुईचो लागेको छ । हिजो एक कार्यक्रमकाबीच मेलाको औपचारीक उदघाटन भएपछि स्वदेश र विदेशका भक्तजन देवघाट पुग्ने क्रम जारी रहेको छ । मेला ब्यबस्थापनको लागी चितवनतर्फ र तनहुंतर्फ सुरक्षाकर्मी परिचालन गरिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अनमिनको बिदाइमा सरकारी बेवास्ता


सरोजराज अधिकारी                     
 अनमिन बिदाइका क्रममा शुक्रबार साँझ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित कार्यालयबाट झण्डा झिक्दै राष्ट्रसंघका कर्मचारी । साथमा अनमिन प्रमुख करिन ल्यानग्रेन । काठमाडौ, माघ १ – अनमिनले शुक्रबार एक कार्यक्रमका बीच आफ्नो मुख्यालय नयाँ बानेश्वरमा रहेको राष्ट्रसंघीय झन्डा झिकेर बिदा लियो । कार्यक्रममा निम्तो गरिए पनि प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरू उपस्थित भएनन् । सरकारका तर्फबाट संस्कृतिमन्त्री मिनेन्द्र रिजाल, शान्तिमन्त्री रकम चेम्जोङलगायत केही उच्च अधिकारीमात्र सहभागी भए । पढ्नेक्रम जारी राख्नुहोस्

निसाफको आसमा आमा


सुरेश यादव, जनकपुर- उनले माओवादी द्वन्द्वकालमा पति गुमाइन्, छोरा गुमाइन्। दुई वर्षअघि छोरी पनि गुमाइन्- पत्रकार उमा सिंह। साँच्चै नेपालमा विधिको शासन हुँदो हो त आज उनका पति र छोरा अपहरण गरी बेपत्ता पार्नेहरू जेलमा सडिरहेका हुने थिए। र, कान्छी छोरी उमा जनकपुरको ‘रेडियो टुडे’मा सक्रिय भइरहेकी हुने थिइन्। तर, यी दुवै उनले देख्न पाइनन्। पति र छोरा खोस्ने उनै माओवादीहरू सत्तामा पुगे र न्यायको लडाइँका निम्ति कलम उठाएकी उमा अन्ततः बन्दुकको सिकार हुन पुगिन्। पढ्नेक्रम जारी राख्नुहोस्

भव्य समारोहबीच पर्यटन वर्ष २०११ को उद्‌घाटन (फोटो फिचर)


फोटो :  चन्द्रशेखर कार्की/बद्रीकुमार न्यौपाने

काठमाडौं, पुस ३० (नागरिक)- ‘शान्ति, समृद्धि र स्थायित्वका लागि पर्यटन वर्ष २०११ को शुभारम्भ भएको घोषणा गर्दछु’, भन्ने वाक्यांश उच्चारण गर्दै राष्ट्रपति रामवरण यादवले पर्यटन वर्षको उद्‌घाटन गरेका छन्।

१० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले १२ वर्षपछि राष्ट्रिय अभियान ‘नेपाल पर्यटन वर्ष २०११’ को सुरुवात गरेको हो। यसअघि सन् १९९८ मा सरकारले नेपाल भ्रमण वर्ष मनाएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्