सय मिटर अग्लो बुद्ध मूर्ति बनाउने चिनियाँ प्रस्ताव रोकियो


– मनोरञ्जन शर्मा, भैरहवा

चीनको एक निजी संस्थाले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्धकेन्द्रका रूपमा विकास गर्न सञ्चालनमा ल्याउने भनेको बृहत परियोजनाको काम लुम्बिनी विकास कोषसँग सम्झौता हुन नसकेर अघि बढ्न सकेको छैन । चिनियाँ संस्था बेइजिङ जोङ्ताई जिङ्सु इन्भेस्टमेन्ट कम्पनीलाई लुम्बिनीमा परियोजना सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिइसक्दा पनि कोषसँग सम्झौता हुन नसक्दा काम रोकिएको हो । ८ अर्ब रुपैयाँ लगानी हुने यो परियोजना सन् २०१५ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको परियोजनाका नेपाल संयोजक विनोदबहादुर श्रेष्ठले जानकारी दिए । परियोजनाको प्रथम चरणमा १ सय मिटर अग्लो बुद्धको मूर्ति निर्माण गर्ने योजना छ । लुम्बिनीमा अवस्थित विश्व शान्तिस्तूपको पछाडि उत्तरतर्फ मूर्ति निर्माण गर्ने सोच रहेको श्रेष्ठले बताए ।

“परियोजना निर्माणसम्पन्न भएपछि लुम्बिनीमा संसारभरका बौद्धमार्गीहरुको आकर्षण बढ्ने विश्वास लिएका छौं,” उनले भने, “यो विश्वको छैटौं अग्लो बुद्ध मूर्ति हुनेछ ।” विश्वका १० अग्ला बुद्ध मूर्तिमध्ये चीनमा मात्रै पाँच वटा छन् ।

परियोजना सञ्चालन गर्ने कम्पनीका अध्यक्ष नेपालका लागि चीनका पूर्वराजदूत ली थप्याओ हुन् । चिनियाँ बौद्ध एसोसियसन, चीनका बौद्ध गुम्बा, त्यहाँ रहेका भिक्षु र बौद्धमार्गीहरुले समेत लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्धकेन्द्रका रूपमा विकास गरी त्यहीँबाट संसारभर शान्तिको सन्देश फैलाउनुपर्छ भन्ने सोच राखेकाले परियोजना ल्याइएको लीको भनाइ छ ।

संयोजक श्रेष्ठका अनुसार मुस्लिमहरुको मक्का, रोमन क्याथोलिकहरुको भ्याटिकन सिटीजस्तै विश्वभरका बौद्ध धर्मावलम्बीमात्र नभई सबै शान्तिप्रेमीहरुका लागि अन्तर्राष्ट्रिय बौद्धकेन्द्रका रूपमा विकास गर्न परियोजनाको परिकल्पना गरिएको हो ।

“परियोजना सुरु गर्न आवश्यक सम्पूर्ण कागजातसहितको प्रस्ताव लुम्बिनी विकास कोषमा पठाइसकिएको छ, सम्झौतापत्रमा हस्ताक्षर हुनमात्र बाँकी हो,” उनले भने, “बोलावटको प्रतीक्षामा छौं, जति छिटो सम्झौता हुन्छ, त्यति छिटो काम सुरु हुन्छ ।”

कोषले भने प्रस्ताव’bout अध्ययन भइरहेको बताएको छ । “अहिले अध्ययन गरिरहेका छौं, केही प्राविधिक कुराहरु बसेरै छलफल गर्नुपर्ने देखिएको छ, त्यसपछि सम्झौताका ’boutमा कुरा अघि बढछ,” कोषका सदस्य–सचिव राजेन्द्रबहादुर थापाले भने ।

परियोजना सञ्चालनका लागि सरकारले सैद्धान्तिक सहमति दिइसके पनि परियोजनाको अवधारणा र विश्वसनीयतासहित प्रक्रियागत ढंगको प्रस्ताव माग गरिएको कोष हेर्ने संघीय मामिला संसदीय व्यवस्था संविधानसभा तथा संस्कृति मन्त्रालयका सचिव मोदराज डोटेलले बताए । “संरचनाहरुको ढाँचालगायत विश्वसनीयताका कुरा पनि बाँकी छन्,” उनले भने ।

चीनको हेनान राज्यको लुसानमा विश्वकै अग्लो (१ सय २८ मिटर) मूर्ति छ । आठ वर्षअघि निर्माण भएको यो मूर्तिको बजन १ हजार टन छ । चीनमा ३० करोडभन्दा बढी बुद्ध धर्मावलम्बी छन् ।

“सय मिटर अग्लो बुद्ध मूर्तिले लुम्बिनीको विश्वव्यापी प्रचार हुन गई लाखौं बौद्धमार्गीलाई लुम्बिनीमा आकर्षित गर्न सकिने विश्वास लिएका छौं,” श्रेष्ठले भने ।

मूर्तिका साथै परियोजनाले लुम्बिनीभित्रको वातावरणलाई असर नगर्ने गरी ब्याट्रीबाट चल्ने साना बस सञ्चालन र केन्द्रीय नहरमा विद्युतीय बोटिङ सञ्चालन पनि समेट्नेछ । सर्कुलर लेभी पोन्ड (पोखरी)लाई समेटी अन्तर्राष्ट्रिय स्तरको बगैंचा र पोखरीमा डुंगा सञ्चालन, बुद्धको जीवनीसँग सम्बन्धित अन्तर्राष्ट्रिय बौद्ध संग्रहालयका साथै मायादेवी मन्दिर र ’roundका क्षेत्रमा उत्खनन् गर्न बाँकी रहेका क्षेत्रमा उत्खनन् गर्ने काम पनि परियोजनाअन्तर्गत रहने जानकारी श्रेष्ठले दिए ।

Posted by: Raju Gurung

One response to “सय मिटर अग्लो बुद्ध मूर्ति बनाउने चिनियाँ प्रस्ताव रोकियो

  1. i am verry happy about the buddism

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.