मोनिका वेदी नेपाली चलचित्रमा


बलिउड नायिका मोनिका वेदी पहिलो पटक नेपाली चलचित्रमा देखा पर्ने भएकी छिन् । दर्जनौं हिन्दी चलचित्र एवं रियालिटी शोहरूमा काम गरेर चर्चामा रहेकी बलिउड  नायिका मोनिका वेदीलाई मुम्बईबाटै निर्माण गर्न लागिएको नेपाली चलचित्र परिचयमा देख्न सकिनेछ ।

हिन्दी चलचित्रकै सुटिङका क्रममा केही वर्षअघि काठमाडौंसम्म  पुगेकी वेदीले आफू नेपाली चलचित्रमा अभिनय गर्न निकै उत्साहित भएको बताएकी छिन् । १९९५ मा निर्माण भएको हिन्दी चलचित्र सुरक्षाबाट बलिउडमा प्रवेश गरेकी  वेदीले जानम समझा करो, जोडी नं. १, प्यार इस्क और मोहम्बत, तिरछी टोपीवाले, काला साम्राज्य आदि हिन्दी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।उनी बिगबोस  सिजन-२, झलक दिखलाजा, देशी गर्ल आदि रियालिटी शोहरूमा समेत सहभागी थिइन् । परिचयका निर्देशक आकाश पाण्डेका अनुसार चलचित्रमा मोनिका बेदीलाई  सुहाउने कथा छ । चलचित्रमा मोनिका वेदीको जोडीका रूपमा नायक निखिल उप्रेतीले अभिनय गर्नेछन् । यही फेब्रुअरीदेखि छायांकन सुरु गरिने यो चलचित्रका गीतमा  उदितनारायण झा, साधना सरगम, श्रेया घोसाल आदि गायक गायिकाले स्वर दिएका छन् । बैंकक, काठमाडौं र पोखरामा छायांकन गरिने यो चलचित्र विभिन्न आश्चयर् लाग्दा स्टन्डहरू समावेश गरिने निर्देशक पाण्डेले जनाएका छन् ।

Posted By : Narayan Nepal                                              Source : eKantipur\ Saptahik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.