Daily Archives: 14/01/2011

मोनिका वेदी नेपाली चलचित्रमा


बलिउड नायिका मोनिका वेदी पहिलो पटक नेपाली चलचित्रमा देखा पर्ने भएकी छिन् । दर्जनौं हिन्दी चलचित्र एवं रियालिटी शोहरूमा काम गरेर चर्चामा रहेकी बलिउड  नायिका मोनिका वेदीलाई मुम्बईबाटै निर्माण गर्न लागिएको नेपाली चलचित्र परिचयमा देख्न सकिनेछ ।

हिन्दी चलचित्रकै सुटिङका क्रममा केही वर्षअघि काठमाडौंसम्म  पुगेकी वेदीले आफू नेपाली चलचित्रमा अभिनय गर्न निकै उत्साहित भएको बताएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

भव्य समारोहबीच पर्यटन वर्षको सुभारम्भ


काठमाडौ, पुस ३० – नेपाल पर्यटन वर्ष २०११ आज(शुक्रबार)बाट औपचारिक रुपमा सुभारम्भ भएको छ । दशरथ रङ्गशालामा आयोजित विशेष समारोहबीच राष्ट्रपति डा.रामवरण यादवले पर्यटन वर्षको सुभारम्भ भएको घोषणा गरेका छन् ।  यस वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारले लक्ष्य राखेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Opening of Nepal tourism year 2011


KATHMANDU, JAN 14 –

Kathmandu Valley denizens are likely to have a tough time commuting on Friday when the government will formally kick off the Nepal Tourism Year 2011.While some roads are expected to be closed, traffic will be disrupted at different places.Thousands, including top officials are expected to attend the inauguration ceremony that will begin at 11.30 a.m. at the Dasharath Stadium. पढ्नेक्रम जारी राख्नुहोस्

पत्नीको हत्यापछि पीडित नेपाली न्याय चाहन्छन्


आकांक्षा शाह, नयाँ दिल्ली, पुस ३०- ‘म १४ वर्षको हुँदा भारत आएको हुँ, अहिले ७२ वर्ष भएँ। यतिखेर आएर मैले सबैथोक गुमाएँ। मलाई बाँच्न मन छैन।’ अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन ६७ वर्षीय श्रीमतीको बलात्कारपछि हत्या भएको घटनाले आक्रान्त कृष्णलाल थापाले बुधबार अबेर पुरानो दिल्लीस्थित रामकृष्ण आश्रमस्थित सानो रेस्टुरेन्टमा नागरिकसँग भने।’ पढ्नेक्रम जारी राख्नुहोस्

जावलाखेलको स्टान्डर्ड चार्टड बैंक कब्जा गरी हतियारधारी समूहले १४ लाख लुट्यो


केपी ढुंगाना, काठमाडौं, पुस ३०- हतियारधारी समूहले ललितपुरको जावलाखेलस्थित स्ट्यान्डर्ड चार्टर बैंक नियन्त्रणमा लिइ १४ लाख रुपैयाँ लुटपाट गरेको छ। १ बजे मोटरसाइकलमा आएका दुई जनाले  १० मिनेटसम्म बैंकलाई नियन्त्रणमा लिइ क्यास काउन्टरमा रहेको १४ लाख रुपैयाँ लुटेको ललितपुर प्रहरीका एसपी माधव नेपालले नागरिकन्युजलाई बताए।

Posted By: Dambar Prasad                                 Source: Nagriknews

हार्दिक श्रद्धाञ्जली !!!


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका कार्यकारिणी समिति सदस्य, कुवेतनेपाल डटकमका फोटोग्राफर एवं तमू समाज कुवेतका कोषाध्यक्ष श्री सुरेश कुमार गुरुङ्गज्यूकी प्यारी कान्छी बहिनी सुनमाया गुरुङ्गको नेपालमा १२ जनवरी २०११ को दिन, २२ बर्षको कलिलो उमेरमै असामयिक देहावसान हुन गएको दु:खद समाचारले हामी सबैलाई अत्यन्तै स्तव्ध र मर्माहत तुल्याएको छ ।

यस दु:खद घडीमा हाम्री प्यारी बहिनीको दिवंगत आत्मको चिर शान्तिको कामना गर्दै र शोक सन्तप्त परिवारमा धैर्य-धारणताको शक्ती प्राप्तिको लागि प्रमेश्वरसँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली एवं संवेदना अर्पण गर्दछौं ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत,
कुवेतनेपाल डटकम परिवार,
एवं
तमू समाज, कुवेत ।

Posted by: Jay Ale

सय मिटर अग्लो बुद्ध मूर्ति बनाउने चिनियाँ प्रस्ताव रोकियो


– मनोरञ्जन शर्मा, भैरहवा

चीनको एक निजी संस्थाले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्धकेन्द्रका रूपमा विकास गर्न सञ्चालनमा ल्याउने भनेको बृहत परियोजनाको काम लुम्बिनी विकास कोषसँग सम्झौता हुन नसकेर अघि बढ्न सकेको छैन । चिनियाँ संस्था बेइजिङ जोङ्ताई जिङ्सु इन्भेस्टमेन्ट कम्पनीलाई लुम्बिनीमा परियोजना सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिइसक्दा पनि कोषसँग सम्झौता हुन नसक्दा काम रोकिएको हो । ८ अर्ब रुपैयाँ लगानी हुने यो परियोजना सन् २०१५ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको परियोजनाका नेपाल संयोजक विनोदबहादुर श्रेष्ठले जानकारी दिए । परियोजनाको प्रथम चरणमा १ सय मिटर अग्लो बुद्धको मूर्ति निर्माण गर्ने योजना छ । पढ्नेक्रम जारी राख्नुहोस्