प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली इतिहासको एउटा कालखण्डमा राष्ट्रलाई एकीकरण गर्न पृथ्वीनारायण शाहले खेलेको भूमिकालाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताउनुभएको छ ।पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा मङ्गलबार यहाँ आयोजित स्वागत समारोहमा प्रधानमन्त्री नेपालले पृथ्वीनारायण शाह मात्र होइन, बाइसे चौबीसे राज्य, रजौटा र इकाइमा रहेका मुुलुकलाई एकताबद्ध बनाउन विभिन्न शासकले महìवपूर्ण भूमिका निभाउनुभएको छ तर पछिल्लो समयमा नेपाली जनताले पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्याङ्कन गरेका छन् भन्नुभयो ।प्रधानमन्त्री नेपालले राष्ट्रिय दिवस, एकीकरण र एकता दिवस जे नाम दिए पनि पृथ्वीनारायण शाह स्वयंले निर्वाह गरेको योगदान र भूमिकाका कारण उहाँ सम्मानित हुनुहुन्छ, उहाँलाई राजसंस्था वा वंशसँग जोडेर मूल्याङ्कन गर्न आवश्यक नरहेको बताउनुभयो ।उहाँले इतिहासको उचित मूल्याङ्कन हुनुपर्दछ, मुलुकको इतिहासलाई समाप्त गर्ने काम गलत हो, यस्तो कार्यले देशको अस्तित्व र इतिहास मेट्ने गर्दछ भन्नुभयो । पाल्पाको रानीमहल, पाल्पा दरबारजस्ता पुरातात्विक र संस्कृति बोकेका धरोहरको संरक्षण गर्नुपर्ने र राम्रो काम गर्नेको राज्यले उचित मूल्याङ्कन गर्नुपर्ने उहाँले बताउनुभयो ।सभामुख सुवास नेम्वाङले पृथ्वीनारायण शाहले मुलुकको ऐतिहासिक कालखण्डमा महìवपूर्ण योगदान गरेकाले उहाँप्रति सम्मान प्रकट गर्न समारोहमा आफू उपस्थित भएको बताउनुभयो । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पृथ्वीजयन्ती अनन्तकालसम्म स्मरणीय रहने बताउनुभयो ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देश कठिन र सङ्क्रमणका घडीबाट गुजि्ररहेको अहिलेको अवस्थामा एकता दिवसले शान्ति र संविधान सुनिश्चितताका लागि राजनीतिक दलहरूलाई प्रेरणा र प्रोत्साहन दिन सकोस् भन्नुभयो ।
उहाँले हामीले नेपाली नाम र पहिचान पृथ्वीनारायण शाहलगायत र पूर्वजहरूबाट प्राप्त गरेकाले उहाँहरूको योगदानप्रति गौरव गर्ने दिनका रूपमा एकता दिवस मनाउनु आवश्यक छ भन्नुभयो ।
Posted By: Dambar Prasad Sourced: Gorkhapatra