होसियार पर्यटक नबिच्किऊन् नि !!!!


होर्डिङ बोर्ड, तुल, पर्चा, पोस्टर, भित्तेलेखन, सूचनापाटी आदिले राजधानीलाई विद्रूप बनाउँदै लगे तापनि यसप्रति आवश्यक सचेतताको भने अभाव रहेको छ । विज्ञापनका लागि जथाभावी प्रवृत्ति अँगाल्ने परिपाटीले सहरलाई विकृत तुल्याउँदै आएको सर्वविदितै छ । कानुनीरूपमा निषेध गरिएका वस्तुका समेत होर्डिङ बोर्ड आदि माध्यमबाट निर्बाध ढङ्गबाट विज्ञापन गरिनु उदेकलाग्दो विषय हो । केही दिन यता काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको संयुक्त पहलमा राजधानीका होर्डिङ बोर्ड हटाउने अभियान थालिनुलाई सकारात्मक मान्नुपर्छ ।

औपचारिक रूपमा नेपाल भ्रमणवर्ष अभियान-२०११ को थालनी हुनुभन्दा केही दिन अगाडि थालिएको यस अभियानको विशेष महìव रहनु स्वाभाविक हो । काठमाडौँका विभिन्न स्थानमा अनधिकृत हिसाबमा राखिएका होर्डिङबोर्ड हटाउने काममात्र यतिखेर भइरहेको छ । महानगरपालिकामा दर्ता नगरिएका, नवीकरण नगरिएका एवं प्रत्यक्ष, अप्रत्यक्ष रूपबाट मदिराजन्य अथवा सुर्तीजन्य पदार्थलाई प्रचारप्रसार गर्ने खालका होर्डिङबोर्ड हटाउने अभियान सञ्चालन हुनु आफैंमा सुखद कुरो भए तापनि यत्तिमात्रै प्रयासलाई पर्याप्त मान्नसकिने अवस्था छैन । सार्वजनिक स्थलमा विज्ञापनको बढ्दो लथालिङ्ग प्रवृत्तिले काठमाडौँलाई मात्रै होइन, राजधानीबाहेक अन्य विभिन्न सहरलाई समेत विद्रूपताको सिकार बनाएको छ । मदिरा तथा सुर्तीजन्य पदार्थका विज्ञापन गरिएका होर्डिङ बोर्डसमेत यत्रतत्र रहेको पाइन्छ । विश्व सम्पदा सूचीमा परेका स्मारक क्षेत्र होऊन् अथवा राष्ट्रिय महìवका स्थान सबैजसो ठाउँमा आँखै बिझाउने गरी होर्डिङ बोर्ड राखिएको देखिन्छ ।

सडकमा वारपार हुनेगरी राखिने आकर्षक होर्डिङ बोर्ड सवारी दुर्घटना बढाउन कत्ति कारक बनेका छन् ? यस’bout गहिरो अनुसन्धानकै खाँचो छ । व्यापारीबाट आˆना पसल अगाडि राखिएका, झुन्ड्याएका सङ्केतपाटी पनि चिन्ताका पक्ष हुनु अस्वाभाविक होइन । कुनै कार्यक्रमका लागि झुन्ड्याएका तुल महिनौंसम्म नहटाइनुले सहरलाई घिनलाग्दो बनाइरहेका छन् । भित्तेलेखनका सन्दर्भमा निश्चित नीतिनियम नहुनु अर्को दुःखद कुरो हो । विद्यालय, मठ, मन्दिर, स्मारक स्थललाई समेत भित्तेलेखनले कुरूप बनाइरहेको यथार्थ छ । निर्वाचन, सम्मेलन अथवा कुनै कार्यक्रमका लागि लेखिएका भित्तेलेखनप्रति आयोजक स्वयं जिम्मेबार भई तत्कालै मेटाउनेतर्फ वा सम्बद्ध निकायले मेटाउन लगाउनेतर्फ अग्रसारिता नदेखाउनुले समस्या चर्काएको छ । राजधानीमा अहिले थालिएको अभियानलाई व्यापकरूपमा अघि बढाइनुपर्नेमा दुईमत रहँदैन । महानगरपालिकामा दर्ता नभएकालाई मात्रै कारबाही गरेर पुग्ने स्थितिचाहिँ छैन । विधिवत् दर्ता गरिए तापनि असङ्गत शैली अँगालिएका प्रत्येक होर्डिङ बोर्ड, सूचना पाटी हटाइनु जरुरी छ । व्यापार, व्यवसायको प्रवर्द्धनका लागि राखिने होर्डिङ बोर्ड, सूचना पाटी आदि’bout आवश्यक जानकारी प्रवाह गर्नेतर्फ पनि सरोकारी निकाय जागा हुनु जरुरी छ । जहाँसम्म अवैध होर्डिङ बोर्ड हटाउने कुरो छ, यसअघि पनि बेलाबखत काम नभएका होइनन्, कार्यमा निरन्तरता नरहनुमात्र समस्याको चुरो बनेको हेक्का सरोकारीले राख्नैपर्छ । जथाभावी राखिने होर्डिङबोर्ड, सूचना पाटीले पर्यटकलाई आकर्षण होइन, विकर्षण गर्नेमा शङ्का रहँदैन । विश्व सम्पदा सूचीमा परेका स्थान तथा राष्ट्रिय महìवका स्थानमा व्यावसायिक, व्यापारिक होर्डिङ बोर्ड, सूचना पाटीलगायतका कुनै पनि गलत परिपाटीमा पूर्णरूपेण बन्देज लगाइनुपर्छ । मद्यपान तथा धूमपानलाई प्रोत्साहित तुल्याउने प्रकृतिका तथा अवैध होर्डिङ बोर्ड हटाउनेतर्फ महानगरपालिकाले मात्रै होइन, प्रत्येक उपमहानगरपालिका, नगरपालिका तथा गाविसले समेत तत्काल पाइला चाल्नुपर्छ ।

Posted By: Dambar Rimal                          Source: Gorkhapatra

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.