विदेश बस्ने नेपालीलाई सस्तोमा नेपाल कल गर्न सुविधा दिन नेपाल टेलिकमले सिप फोन सुरु गर्न लागेको छ । यो इन्टरनेटबाट गर्न मिल्ने फोन हो । टेलिकमले नेपालबाटै युजर आइडी र पासवर्ड लिएर विदेशबाट कल गर्न मिल्ने यस्तो सुविधा केही दिनभित्र सुरु गर्दैछ ।
यो फोन विदेशमै रहेका नेपाली र छोटो समयको लागि जानेलाई समेत सजिलो हुनेछ, टेलिकम प्रवक्ता सुरेन्द्र थिकेले भने । टेलिकमले उपलव्ध गराउने सफ्टवयर एप्लिकेसन ल्यापटप वा इन्टरनेट चल्ने मोबाइल फोनमा डाउनलोड गरेपछि त्यसबाट नेपालमा कल गर्न मिल्छ। एप्लिकेसनमा एकाउन्ट नम्बर र पासवर्ड राखेपछि नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइनमा संसारको जुनसुकै देशबाट फोन गर्न सकिन्छ। एकाउन्ट नम्बर र पासवर्ड लिन टेलिकमको काउण्टरमा फर्म भरेर पाँचसय रुपैयाँ तिर्नुपर्छ। यो सेवा लिन सुरुमा पाँचसय रुपैयाँ तिर्नुपर्छ। यसबाट चारसय ४२ रुपैयाँको कल गर्न सकिन्छ। पैसा सकिएपछि टेलिकमकै पिसिसी कार्डको पिन नम्बरबाट रिचार्ज गर्न सकिन्छ ।
कम्प्युटरमा काम गर्दागर्दै पनि बिदेशमा रहेका नेपालीले यहाँ सस्तो मूल्यमा नेपालकै कम्पनीले मात्र पैसा पाउनेगरि यसबाट कल गर्न पाउँनेछन् । सिपफोन मार्फत विदेशबाट नेपालका कल गर्दा प्रति मिनेट ८ रुपैयाँ महसुल लाग्छ। कर समेत जोड्दा मिनेटको ११ रुपैयाँ ४४ पैसा लाग्छ। सिपफोनबाट सिपफोनमै कुराकानी गर्दा भने मिनेटको कर बाहेक एक रुपैयाँमात्र लाग्छ । टेलिकमले सुरुमा ६०४ र त्यसपछि पाँचअंकको एकाउण्ट नम्बर दिने तयारी गरिरहेको छ।
Posted by: Raju Gurung
very nice infarmation Raju ji so many many thanks.
thanks to nepal telecom for shipphone of foreigner of nepalese people i want this service i want to apply from it from kuwait send me reply.
very very good news for our nepalies people thanx alot Raju ji
Very very gud news for our nepalise people.tara kasari apply garnu par6 ne bidash ma basako hami nepali haru la.kripaya tas ko ka garnu par6 vandinu vayama avari hune thea.pls reply me….