Daily Archives: 12/01/2011

नेपाल पर्यटन वर्ष २०११ र मध्यपूर्वका नेपाली दूतावासको भूमिका


ईन्द्र प्रसाद भूषाल, कुवेत

“Once is not enough” भन्ने नाराका साथ नेपाल भ्रमण वर्ष २०११ नेपाल सरकार, ब्यावसायी र पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुको प्रगतिको आशासँगै शुरु भएको छ । विश्वका कयौं देशहरुबाट वर्षेनी लाखौं पर्यटक नेपाल घुम्न आउने गर्दछन ।

नेपाल आउने पर्यटकहरुमा युरोपका प्राय: सबै देशलगायत अमेरिका, अष्ट्रेलिया, एसियाको जापान तथा सार्क देशबाट मित्रराष्ट्र भारतदेखी आउने पर्यटक नै बाक्लो भएको पाईन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

८० जना इन्स्पेक्टरमा बढुवा (नामावलीसहित)


काठमाडौ, पुस २८ – गृह मन्त्रालयले नेपाल प्रहरी मातहतका ८० प्रहरी नायव निरीक्षकहरुलाई प्रहरी निरीक्षकमा बढुवा गरेको छ ।निरीक्षकका लागि रिक्त कुल १ सय ६० पदहरुमध्ये आधामा बढुवा गरिएको हो । प्रहरी ऐन अनुसार आधा रिक्त पदको पूर्ति खुला प्रतिश्पर्धाबाट हुन्छ । गृह मन्त्रालयका अनुसार आन्तरिक रुपमा बढुवा हुनेहरुमा २०५५/ ५६ सालमा भर्ना भई स्नातक र प्रमाणपत्र तह उर्त्तिण र २०५७ सालमा भर्ना भई स्नातक गर्नेहरु मात्रै बढुवाको सूचिमा परेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसीको तयारीमा पूर्वछापामारहरू


दशरथपुर (सुर्खेत), पुस २५ – यहाँस्थित माओवादी लडाकुहरूको अस्थायी शिविरमा २ सय २१ पूर्वछापामार एसएलसी परीक्षाको तयारीमा जुटेका छन् । सशस्त्र द्वन्द्वमा एघार वर्ष बिताउँदा औपचारिक शिक्षा छाडेका युवाहरू शान्तिकालमा अधुरो पढाइ पूरा गर्न लागेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

न्यायको खोजी गर्दागर्दै परिवारै अलपत्र


काठमाडौ, पुस २८ – तीन वर्षअघि कान्छो छोराको हत्यामा संलग्नलाई कारबाही गराउन सपरिवार राजधानी आएकी ५० वर्षीया गंगामाया अधिकारी अलपत्र परेकी छन् । सहाराविहीन गंगामायालाई तीन महिनाअघि प्रहरीले राजधानीको सोल्टीमोडस्थित एक घरमा राखिदिएको छ । उनका पति र जेठो छोराको ठेगान छैन । पढ्नेक्रम जारी राख्नुहोस्

नग्नतामा भर पर्नेहरू छिट्टै बिलाउँछन्: झरना थापा


अभिनेत्री भएपछि जस्तो भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ । छोटा पहिरन लगाउनुपर्छ । उत्तेजक नृत्यमा पनि देखिनुपर्ने हुन्छ । ७० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री झरना थापाले फिल्म क्षेत्रमा १४ वर्ष बिताइसकिन् । श्रीमान् सुनीलकुमार थापा फिल्म निर्माता भएकाले आफूलाई यस क्षेत्रमा टिकिरहन सजिलो भएको उनको विश्वास छ ।  थापा भन्छिन्, म अभिनय क्षमताले यो क्षेत्रमा टिकेकी हुँ ।

बितेको एक दसकले मलाई दर्शकमाझ स्तरीय नायिकाको चिनारी दियो । मेरा श्रीमान् फिल्म निर्माता भएकाले मलाई फिल्ममा काम गर्न निकै स्वतन्त्रता छ । मैले अभिनय गरेको पाँच फिल्म घरकै प्रोडक्सनमा बनेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीले भने ‘मैले सकिन,रामचन्द्रजी उम्मेदवारी फिर्ता लिनुहोस’


फणीन्द्र दाहाल                     
 काठमाडौ, पुस २८ – प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीमा दिएको उम्मेदवारी फिर्ता निल कांग्रेस नेतृत्वलाई आग्रह गरेका छन् । यसअघि प्रधानमन्त्रीका एक्ला उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेलको पक्षमा प्रधानमन्त्रीले पार्टी भित्र र बाहिर लबिङ गर्दै आएका थिए । बुधबार बिहान सिंहदरवारमा कांग्रेस नेतृत्वसंगको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेको कांग्रेस नेता कृष्ण सिटौलाले बताए । ‘मैले सकिन,पार्टी भित्र तपाईको पक्षमा ठूलो क्याम्यिन गरे,असफल भए,रामचन्द्रजी उम्मेदवारी फिर्ता लिनुहोस,प्रधानमन्त्रीले भन्नुभयो,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै सिटौलले जनाए । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमै बिनाअपरेसन हृदयघातको उपचार


दीपक दाहाल, काठमाडौं, पुस २८- हृदयघात भएका तर अन्य रोगका कारण शल्यक्रिया गर्न नमिल्ने बिरामीले अब आत्तिनु पर्दैन। यस्तो अवस्थाका बिरामीलाई मुटुको नशा खोलेर उपचार गर्ने इन्ह्यान्स एक्ट्रनल काउन्टरपल्सेसन (इइसिपी) विशेषज्ञ सेवा नेपालमै सुरु भएको छ। गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले पहिलोपटक सुरु गरेको यस उपचार सेवामा चिरफार गर्नुपर्दैन। अस्पताल भर्ना पनि हुनुपर्दैन। अस्पतालले दिएको समयमा प्रत्येक दिन गएर बिरामीले प्रत्येक दिन यो उपचार गराउन सक्छन्। पढ्नेक्रम जारी राख्नुहोस्

श्वेता बनिन् बिग बोस


मुर्म्बई/एजेन्सी- चर्चित टेलिभिजन स्टार श्वेता तिवारीले ‘बिग बोस’ को उपाधि जितेकी छन् । मुर्म्बईमा आयोजित एक भव्य समारोहमा श्वेताले उपाधि जितेको घोषणा गरिएको थियो । १४ हप्तासम्म बिग बोसको घरमा रहेकी श्वेता सन्तुलित एवं मर्यादित व्यवहार गरेकाले लोकप्रिय बनेकी थिइन् । उनले पुरस्कारस्वरूप एक करोड भारतीय रुपैयाँ नगद पाएकी छन् ।

बिग बोसको चार अन्तिम प्रतियोगीका रूपमा श्वेताको अतिरिक्त डब्लूडब्लूइ पहलमान खली, अभिनेता अस्मित पटेल र कलाकार डली बिन्द्र सहभागी थिए । पढ्नेक्रम जारी राख्नुहोस्