११औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप अम्घाराको फूटबल मैदानमा खेलाईने


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा आगामी २१ जनवरी २०११, शुक्रवारको दिन देखी सञ्चालन हुन गईरहेको “११औं माउण्ट एभरेष्ट एम.बि. बमजन अन्तर नेपाली गोल्डकप फूटवल टुर्नामेण्ट” कुवेतको अम्घारास्थित फूटबल मैदानमा खेलाईने तय भएको छ ।

क्लवले सन् २००० देखी वार्षिक रुपमा सञ्चालन गर्दै आएको यो अन्तर नेपाली गोल्ड कप अहिले ११औं वर्षमा प्रवेश गरेको छ । यस गोल्डकप टुर्नामेण्टको टाईसिट (Fixture) को लागि टिम दर्ता र गोला प्रथा यही आगामी १४ जनवरी २०११, शुक्रवारको दिन,  दिनको ठीक ३.०० बजे कुवेतको मालिया पार्क, पोष्ट अफिस अगाडि गराईने र टुर्नामेण्टमा सहभागिता जनाउन इच्छुक सम्पूर्ण नेपाली टिमका टिम मेनेजर र टिम क्याप्टेनहरुलाई आफ्नो लगायत सम्बन्धित टिमका सम्पूर्ण खेलाडिहरुको पासपोर्ट र सिभिल आई.डि. को फोटोकपी र पासपोर्ट साइजको रंगिन फोटो र फोटोको पछाडि स्पष्ट नाम र सम्पर्क नं. समेत उल्लेख गरी उपस्थित भई टिम दर्ता गराई दिनु हुन र तपसिलमा उल्लेखित नियमहरुको पूर्णरुपमा पालना गर्नु हुन आयोजक -माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव हार्दिक अनुरोध गर्दछ ।

१) ११औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप टुर्नामेण्टको लागि खेल मैदान कुवेतको अम्घारास्थित फूटबल खेल मैदान तय गरिएको छ ।

२) ११औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप टुर्नामेण्टमा सहभागीताको लागि ३० कुवेती दिनार (KD 30) प्रवेश शुल्क तोकिएको छ ।

३) ११औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप टुर्नामेण्टमा प्रवेश हुने अन्तिम मिति १४ जनवरी २०११, या टाइसिटको लागि गोला प्रथा गरिने दिन हुनेछ ।

४) कुनै पनि टिमलाई तोकिएको मिति, समय या गोला प्रथाद्वारा टाईसिट घोषणा गरी सकेपश्चात आईसहभागी हुन चाहेको खण्डमा ति टिमहरुलाई टुर्नामेण्टमा समावेश गराउन आयोजक समिति असमर्थ रहने छ ।

५) प्रत्येक टिमका टिम क्याप्टेन, टिम मेनेजर र खेलाडीहरुको पासपोर्ट, सिभिल आई.डी. को फोटोकपी र पासपोर्ट साईजको फोटो स्पष्ट नामावली सहित टिम दर्ता र गोला प्रथाको दिनमा आयोजकलाई बुझाउनु पर्नेछ अन्यथा उक्त टिमलाई टुर्नामेण्टमा समावेश गराउन आयोजक समिति असमर्थ रहने छ ।

६) प्रत्येक टिमबाट टिम दर्ता गरिने दिन ६/६ जना स्वयंसेवकको समेत नामावली दिनु पर्नेछ । र स्वयंवेसक आफ्नो टिमको खेल भएको दिन अनिवार्य रुपमा उपस्थित हुनु पर्नेछ । यदी उक्त स्वयंसेवक कारणवस उपस्थित हुन नसकेको खण्डमा उक्त टिमले अर्को सवयंसेवक खटाई नामावली आयोजकलाई खेल शुरु हुनु आगावै दिनु पर्नेछ ।

७) टुर्नामेण्टमा सहभागी हुने प्रत्येक समुहका खेलाडिहरुले जर्सी र खुट्टाको प्याड अनिवार्य रुपमा लगाउनु पर्नेछ र खेलाडीको संख्या टिम मेनेजर सहित १७ जनाको समुहमा हुनु पर्नेछ ।

८) कुनै पनी बिदेशी खेलाडीलाई मान्यता दिईने छैन । खेलको प्रतिश्पर्धामा भबितब्य पर्न गई घट्न सक्ने घटना र आफ्नो समुहका खेलाडीहरुको गलत व्यबहार प्रति टिम मेनेजर र टिम क्याप्टेन स्वयम उत्तरदायी हुनु पर्नेछ ।

९) कुनै पनि खेलाडिले मादक पदार्थ सेवन गरी खेल मैदान भित्र प्रवेश गरी खेलमा सरिक भएको थाहा हुन आएको खण्डमा उक्त खेलाडीलाई टुर्नामेण्टबाटै निलम्बन गरी आवश्यक परेको खण्डमा स्थानिय कानुन बमोजिम कार्वाहीको लागि कुवेतको सुरक्षा निकायमा बुझाउन आयोजक समिति वाध्य हुनेछ ।

१०) कुनै पनि समुहका खेलाडी एक समुहबाट अर्को समुहमा खेल्न पाउने छैनन । त्यस्तो स्थिती देखिन आएको खण्डमा प्रतिवादी समुहका मेनेजरले आयोजकलाई सूचित गर्न सकिने छ ।

११) खेल समयावधी भित्र सञ्चालन र नियम पालनाको लागि रेफ्रिको निर्णय नै अन्तिम  निर्णय हुनेछ । रेफ्रिको निर्णयलाई कुनै पनि समुह वा खेलाडीले उल्लङ्घन गर्न पाईने छैन ।

१२) टुर्नामेण्टमा प्रतिश्पर्धा गर्ने सहभागी समुह आयोजकले निर्धारण गरेको खेल समय भन्दा आधा घण्टा अगावै खेल मैदानमा उपस्थित भईसक्नु पर्नेछ । यदी तोकिएको समयको पश्चात १५ मिनट सम्म पनि समुह उपस्थित नभएमा उपस्थित समुहलाई फ्री किक मार्फत विजयी घोषित गरिने छ ।

१३) प्रतिश्पर्धी दुबै समुह कारणवश तोकिएको समयएमा उपस्थित हुन नसकेको खण्डमा आयोजकले परिस्थिती हेरी कुनै पनि निर्णये गर्न सक्ने छ ।

१४) सहभागी समुहहरुले आफ्ना खेलाडीहरुलाई पेय पदार्थ, जलपान, खाना र औषधी उपचार जस्ता आबश्यक मुलक सबै बस्तुहरुको व्यवस्था स्वयंले गर्नु पर्नेछ ।

१५) खेलको समय अवधी सेमी फाईनल सम्म पहीलो चरण ३५ मिनट, १० मिनट आराम र दोस्रो चरण पनि ३५ मिनटकै हुनेछ ।

१६) खेल बराबरी भएको स्थितीमा पुरा १५ मिनट पुन. प्रतिश्पर्धा गराइने छ । र उक्त समयमा पनि बराबर भएको खण्डमा पेनाल्टी शुट-आउट मार्फत हार-जितको निर्णय गराईने छ ।

१७) कुनै पनि टिमका खेलाडी या टिम सपोर्टरहरुले मादक पदार्थ सेवन गरी वा नगरी प्रतियोगिताको नियम बिपरित गई होहल्ला, अशान्ति र उछ्रिङ्खल गतिविधीहरु गरेको खण्डमा आयोजक उसलाई कुवेतको सुरक्षा निकायको जिम्मा लगाई कानुन बमोजिमको कार्वाही गर्न वाध्य हुनेछ ।

१८) फाईनल खेलको लागि प्रत्येक समुहका टिम मेनेजरहरुले आ-आफ्नो परिचय कार्ड देखिने गरी झुण्ड्याईएको हुनु पर्नेछ । बिना कार्ड कुनै पनि किसिमको आफ्ना कुरा आयोजक समक्ष राख्न खोजेको खण्डमा आयोजकले उसको सुनुवाही गर्ने छैन । साथै निबेदन फाराममा आफ्नो संपर्क नं. समेत स्पष्ट रुपमा खुलाईएको हुनु पर्नेछ ।

१९) कुनैपनि बिजेता टिमले यदी पहिलो पल्ट माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकपमा बिजयी हाँसिल गरेको खण्डमा कुवेती दिनार १०१ आयोजकको तर्फबाट पाउनेछ भनें यदी सोही टिमले लगातार ३ पटक सम्म बिजयी हाँसिल गरेको खण्डमा २०१ कुवेती दिनार आयोजकको तर्फबाट उपहार स्वरुप पाउने छ ।

२०) कुनैपनि टिमले १ पटक या ३ पटक माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकपमा  बिजयी हाँसिल गरेको किन नहोस् बिजयी हाँसिल गरेको मिति देखी १५ दिन भित्रमा सहिसलामत माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप आयोजकलाई बुझाई सक्नु पर्नेछ ।

नोट:१औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप टुर्नामेण्ट सहभागी टिमसंख्या हेरी सकेसम्म पहिलो चरण पहिलो दिनमै (२१ तारिख) र दोस्रो तथा फाईनल चरण दोस्रो हप्तामै (२८ तारिख) खेलाईने संभावना, र अर्को दिनको खेलको लागि समय आयोजकले खेलको अन्तिममा मात्र तोक्ने भएकोले कुनैपनी सहभागी टिमहरुलाई खेलको अन्तिम समयसम्म खेल मैदानमै उपस्थित रहि दिनु हुन अनुरोध गर्दछ ।

यस टुर्नामेण्ट सम्बन्धी थप तथा अधिक जानकारीको लागि संपर्क:

संयोजक: धर्मराज गिरी-६६०६८९२५,
उप-संयोजक: जगत मगर-९९२८८३२०,

सदस्यहरु: आनन्द श्रेष्ठ-९४०६७५३०, जितेन गुरुङ-९७४७३७५५, बिक्रम थापा-९००२६५७५, नबराज श्रेष्ठ-६६४२०१९१, राजु गुरुङ-६७०७२९४४, ईन्द्र भूषाल-६५७४८८६२ या MESC कार्यसमितिका कुनै पनि सदस्यलाई सम्पर्क गर्न सकिने छ ।

आयोजक समिति,
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत ।

Posted by: Jay Ale

3 responses to “११औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप अम्घाराको फूटबल मैदानमा खेलाईने

  1. mesc ka sampurna sadasya harulai shubha kamana dina chahanchhu tournament saphalta purwak sampanna hoss ladai jhagada garne nepali haru lai ghokre thyak lagayera maidan bahira nikalnu parchha

  2. सम्पूर्ण टिम साथै खेलाडि हरुमा म यस गोल्ड कप को संयोजक भएको नाताले म हजुरहरुलाई के सुचित गराउन चाहन्छु भने यदी तपाईं हरुले आफ्नो टिम दर्ता गर्ने दिन आयोजक ले मागे जती कागज पत्र पुरा नदिएको खण्डमा त्यस्तो पुरा कागज पत्र जम्मा गर्न नसक्ने टिम लाई माउन्ट एभ्रेस्ट यम बि बोमजन कप मा समाबेश हुन बन्चित गराइने ब्यवोहरा जानकारी गराउन चाहन्छु।

    संयोजक धर्म राज गिरी ६६०६८९२५

  3. सम्पूर्ण कुवेतमा रहेका कृयसिल संघ सस्था हरुमा म यस गोल्ड कप को संयोजक भएको नाताले म हजुरहरुलाई के अनुरोध गर्न चाहन्छु भने यस गोल्ड कप केही कथम काल २८ जनवरी मा नसकिएको खन्डमा हामीले फेब्ररीमा पनि लगातर रुपमा खेलाउनु पर्ने हुँदा कृपया हजुरहरुले फेब्ररी पहिलो हप्ता सम्म कुनै पनि किसिमको कार्यक्रम नराखी दिनु हुन म लगायत हाम्रो माउन्ट एभ्रेस्ट स्पोर्टिङ क्ल्ब हजुर हरु सम्क्ष बिनम्र अनुरोध गर्दछ।

    संयोजक धर्म राज गिरी
    माउन्ट एभ्रेस्ट स्पोर्टिङ क्ल्ब काठमाडौं, कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.