ब्रायन एडम्स काठमाडौं आउँदै


BRYAN ADAMS LIVE CENCERT IN KATHMANDU

– राजु गुरुङ/कुवेत

हिजो आज काठमाडौंका युवा पुस्ता खास गरी पश्चिमी शैलीका संगीत पारखी हरुलाई खुशीको लहर छाएको छ, यो खुशीको लहर उनीहरुमा त्यसै आएको हैन पश्चिमी पप र रक संगीतका विश्व बिख्यात गायक ब्रायन एडम्स आफ्नो टोलीका साथ लाइभ कन्सर्ट लिएर यही १९ फेब्रुअरी २०११ मा काठमाडौं आउने पक्का पक्की भए पछी यो उन्माद छाएको हो। यो सुअवसर JPR events र ODC Network को संयुक्त प्रयास र आयोजनामा सम्पन्न हुन गई रहेको हो।

हिजो सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको पत्रकार भेलामा  पत्रकारहरुको जिज्ञासा लाई मेटाउदै ODC Network का डाइरेक्टर सिमान्त गुरुङले बताउनु भयो। एडम्सका एजेन्ट रोइ लाम्व काठमाडौं आइ एडम्सले बस्ने होटेल, कार्यक्रम गर्ने स्थल तथा सुरक्षा सम्बन्धी बिशेष कुराहरुको जाझ बुझ गरी सकेको पनि उहाले जानकारी गराउनु भयो।

क्यानडामा जन्मिएका ब्रायन एडम्स रक गायकमात्र नभएर संगीतकार, सङ्गीत निर्देशक, लेखक समेत हुन्। सन् १९८० को दशकमा ‘ब्रायन एडम्स’ नामक एल्बमबाट सांगीतिक क्षेत्रमा लागेका ब्रायनका एभ्रीथिङ्स आइ डु आइ डु फर यु, ह्याव यु एवर रिअल्ली लभ अ वूमन, समर अफ सिक्स्टी नाइन र प्लिज फर्गिभ मी जस्ता उनका गीतहरु विश्वोभरका श्रोतामाझ चर्चित छन। ३२ वर्षको सांगीतिक यात्रामा उनले ग्य्रामी अवार्ड, अमेरिकन म्युजिक अवार्ड अन्तर्गत् १८ जोनो अवार्ड र क्यानेडियन ग्य्रामी अवार्ड जितिसकेका छन।

स्रोतका अनुसार, पर्यटन बर्ष २०११ लाई अझ सार्थकता दिलाउन एडम्सको यो भ्रमण कार्यक्रम उत्तम रहेको हो।

आयोजकका मुताबिक कार्यक्रमको स्थान र मिती निम्न अनुसार रहेको छ।
स्थान : दशरथ रंङशाला
मिती : १९ फेब्रुअरी २०११
समय : बेलुकी ७ देखी
गेट खुल्ने समय : दिनको २ बजे देखी
टिकट दर : ने. रु.  २००० – ३५००

ब्रायन एडम्स द्वारा काठमाडौं कन्सर्ट ’bout बोल्दै, तल भिडियो हेर्नुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.