Daily Archives: 11/01/2011

कालीगण्डकी बचत समुहद्वारा आयोजना हुने भलिवल प्रतियोगिताको टाईसिट


न्युज अपडेट,

जय आले, कुवेत

कालीगण्डकी बचत समुह कुवेत-नेपालले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा आगामी १४ जनवरी २०११ को दिन, बिहानको ०७ बजेदेखी कुवेतको मंगाफस्थित भलिवल मैदानमा अन्तर नेपाली भलिवल प्रतियोगिताको आयोजना गर्न गईरहेको छ । जम्मा १५ नेपाली टिमहरुले सहभागीता जनाउने यस भलिवल प्रतियोगिताको टाईसिट(Fixture) निम्न बमोजिम छ ।

यस प्रतियोगिता सम्बन्धी थप तथा बिस्त्रित जानकारीको लागि तल हेर्नुहोस्: पढ्नेक्रम जारी राख्नुहोस्

के हुँदैछ सुजाताको कुवेत भ्रमणमा ?


सुरेन्द्र पौडेल, पुस २७ -कुटनीतिक सम्बन्ध स्थापना भएको झण्डै चार दशकपछि नेपाल र कुवेत पहिलो पटक सम्झौता पत्रमा हस्ताक्षर गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीच विकास तथा सहयोगका सबै बाटाहरू खुला गर्ने ध्येयले ‘आपसी सहयोगका लागि संयुक्त आयोग’ नामक सम्झौता पत्रमा हस्ताक्षर गर्न नेपाल र कुवेतबीच सहमती बनेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मेरै बगैंचामा फुल तिमी…


मन कुमार गुरुङ्ग
धरान-११, हाल: कुवेत
संपर्क-००९६५-६५०९५५०३

मेरो बगैंचामा फुलिसकेको तिमी
आफुलाई अन्तै बसाँई सार्‍यौ
शायद,
आफुलाई असुरक्षित देखेर होला
तर त्यहाँ
तिमी फुल्न त के फक्रिनसम्म सकिनौ
अस्त-ब्यस्त सुरक्षाबिच
लथालिङ बगैंचामा
अनिश्चित भविष्य बोकेर फुल्ने पढ्नेक्रम जारी राख्नुहोस्

केहीक्षण हाँसौं…


मिस कल

एक जना कन्जुस व्यापारीको घरमा आगो लागेछ । बुढीले लौ न केही गर्नोस् न भनेर कचकच गरेपछि मन नलागी नलागी हिजो मात्र रिचार्ज गरेको प्रिपेडमिबाइलबाट उसले दमकल अड्डमा मिस कल दिएछ

नौ कि दस

एक पटक एउटा सुक्खा मरुभूमिमा एउटा मान्छेले दस वटा उँटहरुलाई पानीको पोखरीतिर लगिराखेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

११औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप अम्घाराको फूटबल मैदानमा खेलाईने


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा आगामी २१ जनवरी २०११, शुक्रवारको दिन देखी सञ्चालन हुन गईरहेको “११औं माउण्ट एभरेष्ट एम.बि. बमजन अन्तर नेपाली गोल्डकप फूटवल टुर्नामेण्ट” कुवेतको अम्घारास्थित फूटबल मैदानमा खेलाईने तय भएको छ ।

क्लवले सन् २००० देखी वार्षिक रुपमा सञ्चालन गर्दै आएको यो अन्तर नेपाली गोल्ड कप अहिले ११औं वर्षमा प्रवेश गरेको छ । यस गोल्डकप टुर्नामेण्टको टाईसिट (Fixture) को लागि टिम दर्ता र गोला प्रथा यही आगामी १४ जनवरी २०११, शुक्रवारको दिन,  दिनको ठीक ३.०० बजे कुवेतको मालिया पार्क, पोष्ट अफिस अगाडि गराईने र टुर्नामेण्टमा सहभागिता जनाउन इच्छुक सम्पूर्ण नेपाली टिमका टिम मेनेजर र टिम क्याप्टेनहरुलाई आफ्नो लगायत सम्बन्धित टिमका पढ्नेक्रम जारी राख्नुहोस्

ब्रायन एडम्स काठमाडौं आउँदै


BRYAN ADAMS LIVE CENCERT IN KATHMANDU

– राजु गुरुङ/कुवेत

हिजो आज काठमाडौंका युवा पुस्ता खास गरी पश्चिमी शैलीका संगीत पारखी हरुलाई खुशीको लहर छाएको छ, यो खुशीको लहर उनीहरुमा त्यसै आएको हैन पश्चिमी पप र रक संगीतका विश्व बिख्यात गायक ब्रायन एडम्स आफ्नो टोलीका साथ लाइभ कन्सर्ट लिएर यही १९ फेब्रुअरी २०११ मा काठमाडौं आउने पक्का पक्की भए पछी यो उन्माद छाएको हो। यो सुअवसर JPR events र ODC Network को संयुक्त प्रयास र आयोजनामा सम्पन्न हुन गई रहेको हो। पढ्नेक्रम जारी राख्नुहोस्