उपचार नपाएर सुत्केरी महिलाको मृत्यु


२५ पौष, बाजुरा । स्वास्थ्य चौकीमा उपचार नपाएपछि बाजुराको पाण्डुसेन गाविस -७ अगालपानीमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । पाण्डुसेन स्वास्थ्य चौकीमा उपचार नपाएर जिल्ला अस्पताल लैजाँदै गर्दा स्थानीय खुमकला सार्कीको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नभएको कारण उपचार नपाएपछि गत शुक्रबार बाजुरा गोत्रेकी मुगा रावलको पनि मृत्यु भएको थियो ।

युवक मृत फेला

यसैबीच दाङको सौडियार गाबिस वडा नम्बर ९ का २३ बर्षीय रेशम शर्मा घोराही नगरपालिकाको पुरानो बसपार्कमा आज विहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । सडक छेउको नालीमा टाउको डुबेको अबस्थामा शर्माको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Posted by: Jay Ale                          Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.