Daily Archives: 10/01/2011

अमेरिकामा फिल्म पढ्दै निशा


काठमाडौं, पुस २६- नेपाली फिल्ममा नयाँ अभिनेत्रीको प्रवेश भइरहेको छ। यद्यपि पलायन हुने अभिनेत्रीको संख्या पनि उत्तिकै छ। फिल्म ‘फस्ट लभ’बाट सफलता कमाएकी अभिनेत्री निशा अधिकारी पनि यतिखेर अमेरिकास्थित क्यालिफोर्नियामा छिन्। फिल्म निर्देशन सम्बन्धी ६ महिने कोर्स गरिरहेकी निशाले त्यसपछि एक महिना प्राक्टिकल कक्षा समेत लिनेछिन्। ६ महिनाको क्रममा उनले फिल्म मेकिङ, छायांकन,अभिनय, क्यामरा सेलेक्सन र पोस्ट प्रोडक्सनका विषय अध्ययन गर्नेछिन्।

पढ्नेक्रम जारी राख्नुहोस्

हिन्दी सिरियलमा नेपाली निर्देशक


– ऋषिराम कट्टेल

गुल्मीको विकट गाउँ अस्लेवाका लोकनाथ पाण्डेले नेपालमा रहँदा टेलिभिजनसम्म देखेका थिएनन्। ७ कक्षा पढ्दापढ्दै कामको खोजीमा मुम्बई हानिएका तिनै लोकनाथ अहिले टेलिभिजनमा करोडौंले हेर्ने सिरियलका निर्देशक बनेका छन्। भारतीय टिभी च्यानल सोनीको अमरधरा टेलिसिरीयलको ५० औं शृङ्खलापछि पूर्ण निर्देशक बनेका पाण्डेले साहरा च्यानलबाट प्रसारण भएका माताकी चौकी, मान रहे तेरा पिता, अग्ले जनम मोहे वेटिया होकी जो निर्देशन गरिसकेका छन्। उनकै निर्देशनमा बनेको अग्ले जनम मोहे वेटीया होकी जो अहिले जी-टिभीबाट प्रसारण भइरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

बलिउडमा खानहरुको वर्षा (फोटो फिचर)


सन् २०११ बलिउका लागि महत्वपूर्ण वर्षका रुपमा लिइएको छ । यो वष यस्ता फिल्महरुको रिलिज हुँदैछन्, जसको विषयमा लामो समयदेखि चर्चा भैरहेको छ । बलिउडका निर्माता निर्देशकहरुले एकपटक फेरी खान बन्धुहरु माथि भरोसा राखेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मनिषाको मन सम्राटतिरै


मुम्बईबाट उड्दै-उड्दै आएका खबरलाई आधिकारिक मान्ने हो भने, मनिषा कोइराला छिट्टै नेपाल आउँदैछिन् । त्यो पनि पति सम्राट दाहाललाई भेट गर्न । पति सम्राट दाहालसँग मदभेद बढेपछि सुरुमा माइतीघर फर्किएकी मनिषा क्रिसमसको अवसर पारेर मुम्बई हानिएकी थिइन् ।

त्यतिनजेलसम्म पनि मनिषा पतिसँगको झगडलाई लिएर तनावमा थिइन । पढ्नेक्रम जारी राख्नुहोस्

रुपाको यो रुप…


एक/दुइवटा फिल्म, दुई/चारवटा विज्ञापनमा मोडलिङ गरेपछि रुपा उपाध्याय अमेरिका लागेकी थिइन । अमेरिकी पति रोज्दै अमेरिका पुगे पनि रुपाको मोडलिङ प्रेम भने मरेको छैन । त्यसैले त राजनीतिज्ञ शैलेन्द्रप्रसाद उपाध्यायकी यी छोरीले समुद्री किनारामा हट फोटो सुट गरेकी छन् । त्यसो त रुपाले नेपालमा पनि निक्कै उत्तेजक फोटो सुट गरेकी थिइन् भने एउटा गरमागरम म्युजिक भिडियोमा पनि काम गरेकी थिइन् । समुद्री किनारामा फोटो सुट गरेर यसै साता फेसबुकमा पोष्ट गरेको पढ्नेक्रम जारी राख्नुहोस्

उपचार नपाएर सुत्केरी महिलाको मृत्यु


२५ पौष, बाजुरा । स्वास्थ्य चौकीमा उपचार नपाएपछि बाजुराको पाण्डुसेन गाविस -७ अगालपानीमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । पाण्डुसेन स्वास्थ्य चौकीमा उपचार नपाएर जिल्ला अस्पताल लैजाँदै गर्दा स्थानीय खुमकला सार्कीको मृत्यु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

श्रम सम्झौता मात्रै सञ्जीवनी बुटी हैन


डा. ऋषिराज अधिकारी, मलेसियाका लागि नेपाली राजदूत,

संख्याका हिसावले हेर्ने हो भने दैनिक बिदेशीने नेपाली श्रमशक्तिको पहिलो गन्तब्य हो मलेसिया । बैदेशिक रोजगार बिभागका अनुसार गत आर्थिक बर्षमा मात्र एक लाख भन्दा बढी नेपाली श्रमिक मलेसिया पुगेका छन् । करिव चार लाख नेपाली श्रमिक कार्यरत रहेका मलेसिया र नेपालवीच अहिलेसम्म पनि श्रम सम्झौता हुन सकेको छैन् ।

श्रम सम्झौताको मस्यौदामा दुवैपक्ष सहमत भइसकेपनि अहिलेसम्म हस्ताक्षर हुन सकेको छैन् । पढ्नेक्रम जारी राख्नुहोस्

चैत्रदेखि राजाको तस्वीर अंकित नोट नचल्ने


काठमाडौं । आउँदो चैत्र महिनादेखि राजाको तस्विर अंकित नोटहरु नचल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी फागुनभित्रै राजाको तस्वीर अंकित नोट बजारबाट खिच्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक पढ्नेक्रम जारी राख्नुहोस्