लजाउन छाडे महानायक राजेश हमाल


विजय आवाज, काठमाण्डौ

नायक राजेश हमालले एक चलचित्रमा नायिका जल शाहलाई बोक्नु पर्ने दृश्य थियो । राजेशले नायिका शाहलाई बोके पनि जब निर्देशकले यक्सन भने राजेशले नायिका शाहलाई बोकिरहे तर जब निर्देशले कट भने उनले नायिका शाहलाई छोडिदिए । नायिका भुईमा पछारिईन् तर राजेशले कुनै वास्ता गरेनन् । नायक राजेश हमाल लजाएर नै नायिका शाहलाई छोडीदिएको बुझिएको थियो । उनकै लजाईलाई व्यग्य गर्दै वनाईएको यो कथा आज पनि उत्तिकै चर्चित छ ।

नायिकासँग छायांकन स्थलमा होस् या कुनै पनि कार्यक्रममा महानायकको उपाधि पाएका हमाल निक्कै लजाउछन् र सकेसम्म टाढै रहन्छन् । सत्तचालिस वर्षको उमेरसम्म अविवाहीत रहेका हमाल युवतिसँग त्यती धेरै वोल्न रुचाउदैनन् पनि भनिन्छ । चलचित्र धर्मामा नायिका मनिषा कोईरालाको श्रीमानको भूमिकामा देखिएका यि नायकको अभिनयलाई लिएर चलचित्र क्षेत्रका एक चर्चित नायकले भनेका थिए, ‘मनिषालाई अंगालो मार्न र चुम्बन गर्न हमाललाई फलामको चिउरा चपाए सरह भएछ ।’ यिनै लजालु हमाल जसको स्वभाव केही समय यता फेरीएको छ ।

नायक हमाल अहिले नायिकाहरूसँग नजिक हुन त्यति लाज मान्दैनन् । बिशेष गरी चलचित्रको पर्दामा नायिकासँग नजिक हुन नचाहने हमालले भर्खरै मात्र छायाँकन सकिएको दुई चलचित्र ‘दुलही’ र ‘फर्कि आउ’ मा नायिका सुमिना घिमिरे र निरूता सिंहसँग बेड सिन दिन पनि पछि नपरेको बुझिएको छ । उनले बिना हिचकिचाहट बेड सिन दिएको चलचित्रको युनिटले बताएको छ । युनिट मध्येका एक व्यक्तिले भने, ‘राजेश दाईलाई त्यस्तो सिन दिन कुनै गार्‍हो भएको हामीले पाएनौं ।’ नायिकालाई वोक्न समेत लजाउने हमालको यो एकाएक फेरिएको वानीले धेरैलाई आश्चर्यमा पारेको छ ।

कुरा  सुरु गरौं नायिका सुमिना घिमीरे र हमालविचको सम्वन्धको । आफू भन्दा आधा उमेर कमकी नायिका घिमीरेसँग हमालले विना हिचकिचाहट शारिरीक सम्वन्ध राखेका छन् । आफूलाई निक्कै माया गर्ने फ्यान रहेकी नायिका घिमीरेसँग वेहोसीमै राजेशले शारीरीक सम्वन्ध राख्दछन् । यि दुई बिचको रोमान्चक दृश्य चलचित्र ‘दुलही’ मा देख्न सकिनेछ । सुमिनासँग शारीरीक सम्वन्ध राखेका नायक हमालले चलचित्र क्षेत्रकै चर्चित नायिका निरुता सिंहसँग ‘फर्कि आउ’ मा बिना हिचकिचाहट शारिरीक सम्बन्धको दृश्य दिएका छन् । एक जना पुलिस अफिसरको भूमिकामा देखिएका हमालले निरुतासँग सम्वन्ध गाँसेका हुन्छन् ।

कुनै समय नायिकालाई वोक्न समेत लजाउने यि नायकको स्वभाव आज एकाएक कसरी वदलियो भन्ने विषयलाई भने आश्चर्यका रुपमा हेर्न सकिन्छ । नायक हमालले चलचित्र दि युग देखि युगसम्ममा नायीका नन्दिता केसीसँग चुम्वनको दृश्य दिदा यसले चलचित्र वजारमा अत्याधिक चर्चा पाएको थियो । राजेशले नन्दिता केसीसँगको चुम्वनको दृश्य कसरी दिए होलान् भन्ने अड्कल पनि चलचित्र वृत्तमा नकाटिएको होईन । तर लगातार दुई चलचित्रमा शारीरीक सम्वन्धको दृश्य दिन हमालले कुनै हिचकिचावट नदेखाउँदा अर्थपुर्ण तरिकाले हेर्न सकिन्छ ।

जव-जव हमालको उमेरले नेटो काट्दै गईरहेको छ तव तव चलचित्रमा उनले श्रृङगारीक दृश्यहरु दिईरहेका छन् । के साच्चिकै अव राजेशको वानीमा परिवर्तन आएकै हो त  ? यसवाट हमालको तन वुढो भएपनि मन वुढो नभएको प्रष्ट हुन्छ ।

Posted by: Jay Ale                                Source: Filmykhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.