पौष, काठमाडौं । भारतको एक कोइला खानीबाट निस्किएको विषालु ग्याँसका कारण चार नेपाली युवाको मृत्यु भएको छ । युपी राज्यको फतेहवाद जिल्ला नजिक रहेको एक कोइला खानीबाट विषालु ग्याँस फैलिएपछि तोहना शहरमा सुतिरहेका चार नेपाली युवाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानिय एक होटलमा कार्यरत नविन २५ नरेश १६ लक्ष्मण १६ र हरिश २८ रहेका छन् । राति सुतेका उनीहरु आइतबार विहान अबेरसम्म नउठे होटलका मालिकले प्रहरी बोलाएर ढोका पोर्दा कोठा खोल्न मृत अवस्थामा भेटेको प्रहरीलाई उदृत गर्दै भारतीय अनलाइन संस्करण नेटइन्डियनले जनाएको छ । समाचारमा मृतकको थर तथा वतन भने खुलाइएको छ ।
Posted by: Jay Ale Source: Onlinekhabar