बर्षकै सेक्सीहरुको कथा (फोटो फिचरसहित)


विश्वकै सबैभन्दा कामुक महिला को होलान ? २०१० भरिमा सबैभन्दा कामुक हो ठहरिए ? सौन्दर्य र महिला एक-अर्काका पूरक हुन् । आफूलाई सुन्दर देखाउन महिलाहरूले प्राचीन कालदेखि नै अनेक उपाय अपनाउँदै आएका छन् । महिलाहरूको सौन्दर्य सम्बन्धी पूर्वी तथा पाश्चात्य मान्यताहरूमा केही भिन्नता छ । तैपनि आफ्नो रूप र यौवनले पुरुषहरूलाई आकषिर्त गर्ने क्षमता भएका महिलाहरू नै सबैको नजरमा पर्छन् । अनुहार तथा शरीरको बनोट बाहेक हाउभाउ, कामकलाका कारण पनि महिलाहरूको सौन्दर्यको मापन गरिँदै आएको छ ।

यसै सन्दर्भमा अमेरिकालगायत थुप्रै देशबाट प्रकाशित हुने पत्रिका एफएचएमले सन् २०१० का लागि संसारका १० उत्कृष्ट कामुक महिलाको सूची जारी गरेको छ । यस्तो सूचीमा अघिल्लो वर्षसम्म हलिउडका चलचित्र अभिनेत्रीहरूको दबदबा रहँदै आएकोमा यो वर्ष मोडलिङ क्षेत्रमा नाम कमाएका महिलाहरूले बाजी मारेका छन् ।

मेरिसा मिलर

भिक्टोरियाज सेक्रेट नामक फेसन शोमा क्याटवाक गर्दै आएकी मेरिसा मिलर कामुक महिलाहरूको सूचीको तेस्रो स्थानमा छिन् । अघिल्लो वर्ष ४२ औं स्थानमा रहेकी  मिलरले सन् २०१० मा थुप्रै फेसन शोहरूका लागि व्यावसायिक अनुबन्ध गरेकी थिइन् । आफ्नो सुनौलो केश र लामा खुट्टाहरूका लागि चर्चा कमाएकी मिलरले पछिल्लो पटक फेन्टेसी ब्राका लागि मोडलिङ गरेकी थिइन् । उनी ब्राजिलकी नागरिक हुन् ।

क्रिस्टेन स्टेवार्ट

हलिउडको चर्चित चलचित्र ट्वीलाइटबाट चर्चामा आएकी क्रिस्टेन स्टेवार्ट अमेरिकी युवती हुन् । लस एञ्जल्सकी बासिन्दा स्टेवार्ट यतिबेला २० वर्षकी भइन् । तैपनि  चलचित्र ट्वीलाइटमा उनले गरेको अभियनका कारण उनी विश्वव्यापी रूपमा चर्चामा मात्र आइनन्, अपितु कामुक महिलाहरूको सूचीमा समेत छैटौं स्थान कब्जा गर्न  सफल भइन् ।

चेरिल कोल

सर्वाधिक कामुक महिलाको सूचीको पहिलो स्थानमा बेलायतकी पप गायिका चेरिल कोल छिन् । पहिलो स्थानमा उनी दोस्रो पटक देखा परेकी हुन् । बेलायतको न्युक्सल अपनटाइनमा जन्मिएकी २७ वर्षीय चेरिल ट्वीडी कोलले ६ वर्षको उमेरदेखि नै मोडलिङका क्षेत्रमा काम गर्न थालेकी हुन् । उनी स्थानीय हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङका विभिन्न प्रतियोगितामा सामेल भैसकेकी छिन् । कोलले साथीहरूसँग मिलेर निर्माण गरेको द गल्र्स एलाउड सांगीतिक समूहको साउन्ड अफ द अन्डरग्राउन्ड  एल्बम निकै चर्चित छ । उनको विवाह सन् २००६ मा इग्ल्यान्डका फुटबल खेलाडी एस्ली कोलसँग भएको थियो ।

किले हाजेल

कामुक महिलाहरूको सूचीको पाँचौं स्थानमा रहेकी किले हाजेलले १६ वर्षको उमेरदेखि मोडलिङ यात्रा प्रारम्भ गरेकी हुन् । हाजेल अहिले २३ वर्ष पुगिन् । उनको जन्म बे लायतको लन्डनमा भएको हो । १७ वर्षको उमेरमा उनले द डेली स्टारको सर्च फर द अ बिच बेलको टाइटल जितिन् । सन् २००७ को आरम्भमा पूर्वप्रेमी लियोड  मिलरले उनीहरूबीचको यौनक्रीडालाई इन्टरनेटमार्फत सार्वजनिक गरेपछि यी अमेरिकी मोडलको चर्चा बढ्न थालेको हो । गत वर्ष उनी अमेरिकामा गुगल साइटमार्फत्  सबैभन्दा बढी सर्च गरिएकी ब्रिटिस नागरिक बनेकी थिइन् ।

केलि ब्रुक

मोडलिङबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी बेलायतकी ३० वर्षीया केली ब्रुकले कामुक महिलाहरूको सूचीमा यो वर्ष सातौं स्थान प्राप्त गरेकी छिन् । अघिल्लो वर्ष ४८ औं स्थानमा रहेकी ब्रुकले आफ्ना सुन्दर आँखा र पुरुषहरूप्रति देखाउने व्यवहारका कारण यो स्थान प्राप्त गरेको विश्लेषकहरूको ठहर छ ।

जेसिका अल्बा

कामुक महिलाहरूको सूचीमा अघिल्लो वर्ष तेस्रो स्थानमा रहेकी हलिउड नायिका जेसिका अल्बा यो वर्ष नवौं स्थानमा छिन् । १३ वर्षको उमेरमै द सिक्रेट वल्र्ड अफ एले क्समा देखा परेकी जेसिका अल्बा कुनै बेला प्ले ब्वाइ पत्रिकामा प्रकाशित अर्धनग्न तस्बिरहरूका कारण पनि चर्चामा आएकी थिइन् । उनका हनी, सिन सिटी, फेन्टास्टिक  फोर, गुड लक चक आदि चलचित्र निकै चर्चित छन् ।

एड्रियना लिमा

भिक्टोरियाज सेक्रेटका अन्तर्वस्त्रहरूको मोडलका रूपमा परिचित १९ वर्षीया एडि्रयना लिमा कामुक महिलाहरूको सूचीमा यो वर्ष अचानक ८औं स्थानमा देखा परेकी  छिन् । ब्राजिलकी यी सुन्दरी आफ्ना चम्किला आँखा र लामा खुट्टाहरूका लागि चर्चामा छिन् । लिमा चलचित्रमा अभिनय गर्ने आफ्नो कुनै रुचि नभएको बयान दिएर समेत चर्चामा आएकी थिइन ।

मेगान फक्स

कामुक महिलाहरूको सूचीको दोस्रो स्थानमा रहेकी मेगान फक्स हलिउड चलचित्रकी नायिका हुन् । यसअघि उनी छैटौं नम्बरमा थिइन् । पूर्व फेसन मोडल मेगानले सन् २००१ मा निर्माण गरिएको होलिडे इन द सन नामक चलचित्रबाट चर्चा पाएकी हुन् । सन् १९९९ देखि अभिनय यात्रामा रहेकी मेगानलाई ट्रान्सर्फमर सिरिजका चलचित्रले  चर्चामा ल्याएको हो । आकर्षक शरीरकी धनी मेगानको शरीरमा कुदिएको टाटुले उनलाई थप कामुक बनाएको छ । उनका कन्फेसन अफ अ टिन एज ड्रिम क्विन, क्राइम्स अफ फेसन आदि चलचित्र पनि प्रसिद्ध छन् ।

फ्रान्की स्टान्डफोर्ड

छोटा पहिरन लगाएर स्टेजमा नाच्दै गाउने बेलायती गायिका फ्रान्की स्टान्डफोर्ड कामूक महिलाहरूको सूचीको चौथो स्थानमा छिन् । अघिल्लो वर्ष १७ औं स्थानमा रहेकी २१ वर्षीया यी अविवाहित गायिका यतिबेला आफ्ना लागि नयाँ पुरुष साथी खोज्ने अभियानका कारण चर्चामा छिन् । यसअघि डगी पोन्टरसँग वैवाहिक जीवन बिताइसके की स्टान्डफोर्ड आफू कुनै एक पुरुषबाट सन्तुष्ट हुन नसक्ने वयानका कारण पनि चर्चामा रहदै आएकी छिन् ।

अबी क्लान्सी

कामुक महिलाहरूको सूचीको दशौं स्थानमा अन्तर्वस्त्रकी बेलायती मोडल अबी क्लान्सी छिन् । अघिल्लो वर्ष १२ औं स्थानमा रहेकी क्लान्सी यो वर्ष आफ्ना फुटबल खे लाडी प्रेमी पिटर क्रचसँगको आशक्तिका कारण पनि चर्चामा थिइन । क्लान्सी आफ्नो कामुक हाउभाउ एवं उत्तेजक वयानका कारण बेलाबखत विवादमा पनि पर्दै आएकी छिन् ।

Posted by: Jay Ale  

(Collection: Dharma Raj Giri)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.