योगेन्द्र वियोगी, मलेसिया
हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रबासी भूमिबाट आज म तिमीलाई
यो पत्र कोर्दै छु, सन्चै छ कि बिसन्चो तिमीलाई
दिन रात तिम्रै यादम तडपीदै छु
के छ गाउ घरतिरको नयाँ खबरहरु
के छ तल्ला घरे कान्छीको हालचाल
बिहे भयो रे भन्ने सुन्दैछु आज
के छ छोराहरुको पढाई
स्कुल जादै छन् कि आन्दोलनमा होमीदै छन्
के छ बाबा-आमाको हालखबर
सन्चो छ कि बिसन्चो बाबा-आमालाई
के कस्तो छ यो बर्षको खेतीपाती
असिना पानीले सबै उडायो रे भन्ने सुन्दैछु
यो बर्ष पनि फर्की आउन पाइन प्रियसी
मेलापात गर्दै गर्नु प्रियसी तिमीले
अर्को बर्ष अबस्य पनि फर्की अउनेछु प्रियसी !!
योगेन्द्र वियोगी”हिमाल”
धुपू-१ लेब्रंग, संखुवासभा
कोशी -नेपाल
ईमेल- yogendra.yogen@yahoo.com
Posted by: Jay Ale