बाजुरा , पुस २५ – बाजुराको कोल्टीस्थिति रणशेर गणको ‘ख’ गुल्ममा कार्यरत नेपाली सेनाका जवान एकबहादुर मगरले आइतबार बिहान आत्महत्या गरेका छन् ।
शनिवार बिहान करिव ६ बजेतिर ड्युटीमा रहेको बेला आफैंले बोकेको हतियारले कन्चटमा गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक बिर्षबहादुर रावलले बताए । अन्दाजी २७ बर्षका नेपाली सेनाका जवान मगर उदयपुर बासिन्दा हुन् ।
घटना भएलगत्तै कोल्टीस्थित नेपाल प्रहरीको हवाई सुरक्षा गार्ड घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । आत्महत्याको कारण खुलेको छैन ।
जवानको शव कोल्टी ब्यारेकमै राखिएको रावलले बताएका छन् । सेनाको माथिल्लो निकायबाट खबर आएपछि मात्रै शव कहाँ लगिने भन्ने जानकारी हुने उनले बताए ।
posted by : dambar Prasad rimal sourced by: ekantipur