माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको १४१औं मासिक बैठक सम्पन्न


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको १४१औं मासिक बैठक ०७ जनवरी २०११ शुक्रवारको दिन, कुवेतको एसिया-एसिया होटलमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष किरण पौड्यालज्यूको अध्यक्षतामा बसेको बैठकमा क्लवका प्रमुख संरक्षक श्री बालकुमार गुरुङ्गज्यू लगायत अधिकांश कार्यसमितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

बैठकले क्लवको ११औं वार्षिकोत्सवको अवसरमा हालै सम्पन्न गरेको भलिवल प्रतियोगिताको समिक्षा र आगामी २१ जनवरी २०११ देखी सञ्चालन हुन गईरहेको ११औं माउण्ट एभरेष्ट एम.बि बमजन अन्तर नेपाली गोल्डकप फूटवल टुर्नामेण्ट सम्बन्धी बजेट निकास, खेल मैदान छनौट र अन्य निर्णायक छलफल गर्दै, ११औं माउण्ट एभरेष्ट एम.बि बमजन गोल्डकप  टुर्नामेण्ट सञ्चालनमा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरु सदस्य रहने गरी संयोजकमा क्लवका उपाध्यक्ष श्री धर्मराज गिरी र उप-संयोजकमा खेलकुद बिभाग प्रमुख श्री जगत मगरज्यूलाई चयन गरेको छ ।

यसैगरी बैठकले नेपाल बैदेशिक रोजगार महासँघका सदस्य एवं ग्लोवल इण्टरनेशनल प्रा.लि का सञ्चालक (हाल कुवेत) श्री नेत्र पंगेनीज्यूलाई क्लव कार्यकारिणी समितिको सदस्य पदमा र क्लव कार्यकारिणी समिति सदस्य श्री डम्बर प्रसाद रिमालज्यूलाई कुवेतनेपाल डटकमको संवाददाता पदमा नियूक्ती गरेको छ ।

खेलकुद, आर्थिक, संगठन बिस्तार, बिकास अनुसन्धान र मिडिया गरी ५ वटा बिभाग कृयाशिल रहेका माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवमा बैठकले थप अर्को ११ सदस्यिय नयाँ बिभाग समेत गठन गरेको छ । जुन बिभाग सुरक्षा सम्बन्धी रहेको र जसको संयोजकमा क्लव कार्यसमिति सदस्य श्री नवराज श्रेष्ठज्यू र उप-संयोजकमा कार्यसमिति सदस्य श्री जितेन गुरुङ्गज्यूलाई नियूक्त गरेको छ । वहाँद्वय कुवेतमा हुने गरेका कुनै पनि अन्तर्राष्ट्रिय स्तरका फूटवल टुर्नामेण्टहरुमा राष्ट्रिय स्तरबाट सहभागीता जनाउनु हुने सशक्त एवं लोकप्रिय खेलाडी समेत हुनुहुन्छ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले क्लव कार्यसमिति लगायत अन्य बिभागमा नियूक्त हुनु भएका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा वहाँहरुको सफल कार्यकालको लागि शुभकामना अर्पण गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.