साउदीमा यातना पाएकी “मधु” माथि साथीको सासना




ईश्वरराज ढकाल, काठमाडौं । शरीरभर नील डामैडाम छ अनुहारमा चिन्नै नसकिने गरी कोपरिएको छ । दाँत सबै भाँचिएका छन् । सायद उनको अनुहारले सक्कली रुप देख्न मुस्किल पर्छ । दुई वर्षअघि धन कमाउने अभिलाशा बोकेर साउदी अरब पुगेकी एक महिलाको वेदनाले सबैलाई रुवाउँछ । मलाई मरी होला भनेर फालिदिएका थिए कोठाको एक कुनामा कपडाले छॊपेर चिहानमा पुर्याउन लागेका रहेछन् । धन्न परिवारका एक सदस्यले मलाई अस्पताल पुर्याए । त्यही बेला ती दानव परिवारलाई प्रहरीले पक्राउ गर्यो -दुई वर्षको तीतो अनुभवलाई रुँदै सुनाउँछिन् लमजुङ उदीपुरकी २१ वर्षीया मधु विक ।

अस्पतालमा दुई महिना उपचार गर्दा पनि उनीमाथि साथीले अन्तर्घात गरिन् । साउदीको अस्पतालमा उपचार गर्ने क्रममा उनीसँगै भेट भएकी लक्ष्मी मगरले क्षतिपूर्तिबापत पाउनुपर्ने रकमसमेत राजधानीमा रहेकी सासूको मिलेमतोमा झन्डै आफ्नै नाममा पारिन् । अस्पतालमा रहँदा भेट भएकी लक्ष्मीले अस्पतालबाट छुटेपछि उनले क्षतिपूर्तिबापत पाएको १० लाख ४० हजार रुपियाँ काठमाडौंमा रहेकी सासूको मिलेमतोमा खाने प्रयास गरिन् ।

साउदी प्रहरीले हत्या हुनबाट बचेकी मधुका मालिकलाई पक्राउ गरेपछि क्षतिपूर्तिबापत उक्त रकम दिने घोषणा गरेको थियो । साउदी अरबमा रहेको नेपाली दूतावासले मधुलाई नेपाल फर्काउने तयारी गरेको थियो । कात्तिक २ गते नेपाल आउँदा उनकी साथी लक्ष्मीले उनको नाममा रहेको रकम काठमाडौंको बैंक खातामा राख्न सासू आनन्दीदेवी लिम्बूलाई आदेश दिइन् । छोरीको घटना’bout यथार्थ जानकारी पाएपछि सोही दिन कात्तिक २ गते एयरपोर्टमा लिन पुगेका बुबा डिलबहादुरले त्यस दिन छोरी भेट्न पाएनन् ।

लक्ष्मीले आफ्नी सासू आनन्दीदेवीलाई मधुलाई लिन एयरपोर्ट पुग्न आदेश दिइन् । सोही दिन आनन्दीदेवीले एयरपोर्टबाट अपहरणको शैलीमा मधुलाई कलंकीस्थित डेरामा लगेकी थिइन् । छोरी लिन एयरपोर्ट पुगेका डिलबहादुर छोरी नभेटेपछि हैरान भए । कलंकीस्थित हरिप्रसाद घिमिरेको घरमा बस्दै आएकी आनन्दीदेवीले मधुको नाममा कलंकीको सिटिजन बैंकको महिला बचत खातामा क्षतिपूर्तिबापतको सबै रकम जम्मा गराइन् तर उक्त कुरा मधुले थाहा पाइनन् । बुबा डिलबहादुरले छोरीको खोजी गर्न हारगुहार गरे । तीन दिनसम्म अत्तोपत्तो नलागेपछि आनन्दीदेवीले आफन्तमार्फत डिलबहादुरलाई टेलिफोन गरी मधुको जिम्मा लगाएकी थिइन् ।

आनन्दीदेवीले चेकबुक मधुको हातमा दिएर एटीएम कार्ड भने आफैंले प्रयोग गरिन् । चेकबुक पाउनासाथ मधुले आफ्नो खातामा रहेको १० लाख ४० हजारमध्ये ५ लाख रुपियाँ झिकेकी थिइन् । तर एक महिनापछि गत २० गते दिल्लीमा प्लास्टिक सर्जरी गर्ने तयारी गरेकी मधुले बाँकी रकम निकाल्न खोजेपछि उनको नाममा रहेको रकम गायब भएको थियो । रकम नभेटेपछि मधुले महानगरीय प्रहरी अपराध महाशाखामा मुद्दा दर्ता गराएकी थिइन् । प्रहरीले सो घटनामा संलग्न आनन्दीदेवीलाई २१ गते पक्राउ गरेको छ । डेराकोठाबाट पक्राउ गरिएकी आनन्दीदेवीले मधुको नामको एटीएमबाट निकालेको ३ लाख ९४ हजार रुपियाँ प्रहरीलाई बुझाएकी छिन् । प्रहरीले साथीलाई ठगी गर्ने लक्ष्मीको खोजी भइरहेको जनाएको छ ।

Posted by: Jay Ale                             Source: Newsofnepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.