जन-जागृती युवा समाज कुवेतको सांगितिक रमझम २०११ भव्यतापूर्वक सम्पन्न


जय आले, कुवेत

लाग्दथ्यो आजको यस २१सौं शताब्दीमा धर्तीमा रहेका हरेक भौतिक बस्तुहरु पारदर्शी छन् । शताब्दीसँगै द्रुत गतिमा गुडीरहेको जिन्दगीका मोंडहरुमा कसैलाई कसैको होइन शायद आफ्नैलाई आफ्नैको पनि सरोकार हुँदैन… तर जन-जागृती युवा समाज कुवेतले कसैको जीबन रक्षाको सहयोगार्थ र उद्वारार्थमा पूर्णसमर्पित भई प्रस्तुत गरेको सांगितिक रमझम २०११ ले यस्ता स्तूतीहरुलाई बिल्कुलै अकार्थ र अकथ्य सावित गरी दिएको छ ।

जिन्दगीको के भरोसा ? जिन्दगी अलग-अलग भौगोलिकताको आधारमा हुने एक जम्काभेट हो । जहाँ कतिपय भेटहरुले कयौं अमिट र अटल सहिछापहरु गरेर गएका हुन्छन । जसको वृतचित्र नयनभरी घुमिरहन्छन जिवन्त र अनन्तसम्म ! लाग्छ यिनै वाणीका बिशुद्द उदाहरण बन्न पुगेको छ जन-जागृती युवा समाज कुवेत । कुवेत नगरीको सेरोफेरोमा बिसौं वर्षदेखी रोजगारी जस्तो व्यस्त जीबनमा निर्हित रहेका नेपालीहरुको इतिहासमा सामाजिक क्षेत्रबाट पाइला अगाडि बढाउँदै नेपाली समाज कुवेतमा छुट्टै किसिमको छाप छाडेको छ, यो समाजले ।

सुखमय जीबन र सुन्दर भविष्यको अनगिन्ती सपना सजाई बैदेशिक रोजगारीको सिलसिलामा आजभन्दा ४ बर्ष पहिला कुवेत आईपुगेकी सुकौरा २, मकवानपुरकी एक गरीब नेपाली चेली शान्तिमाया दोङ्ग बिगत ४ वर्षदेखी कुवेतको फर्वानियास्थित एक सरकारी अस्पतालको शयन कक्षमा जीबन र मृत्युको दोसाँधमा अल्झिरहेकी छिन । कुनैपनी सह्रदयी नेपालीहरु उनलाई भेट्न जाँदा आफ्ना थर्थराई रहेका झिना औंलाहरुले छेउको च्यादर तानेर मुख छोप्ने असफल प्रयास गर्छिन, उनी । बोल्न नसक्ने र कृतिम साधनहरुको माध्यमद्वारा पेय पदार्थहरु उनको पेटसम्म पुर्‍याई उनको जिउँदो लाशमा प्राणभरी रहेका छन स्वास्थ्यकर्मीहरु । एउटी अभागी नेपाली चेलीको प्रवासमा त्यस्तो किसिमको असहज दृष्‍यलाई दृष्‍यावलोकन गर्दा कुन चाँही नेपालीको मन नरोला ? लाग्छ, शायद उनले जिन्दगीलाई नेपथ्यबाट चियाउँदै मृत्‍युको अनुसरण गरी रहेकी छिन ।

यिनै असाहय नेपाली चेली शान्तिमाया दोङ्गको समर्पणमा केही मात्रमा भएपनी आर्थिक संकलन गरेर अस्पतालको बिल चुक्तागरी कमसेकम उनको जिउँदो लाशलाई ग्रिष्म ऋतुको काकाकुल पानीको खोजीमा छट्पटाएसरी उनकै प्रतिक्षामा छट्पटाई रहेका उनका परिवारसम्म पुर्‍याईदिने प्रतिबद्दताका साथ जन-जागृती युवा समाज कुवेतले “नेपालकी चर्चित गायिका रेश्मा सुनुवारको संयोजकत्वमा नेपालकुवेत साँस्कृतिक मञ्चका स्थानिय कलाकारहरुलाई समेटी र मरुभूमिको कोसेली छापा पत्रीका एवं नेपालकुवेत डटकमको सह-प्रायोजनमा” यो सांगितिक रमझम २०११ कुवेतको मालियास्थित एसिया-एसिया होटलको प्रेक्षालयमा ०७ जनवरी २०११ को दिन कुवेतवासी नेपालीहरुबीच प्रस्तुत गर्दै सफलतापूर्वक सम्पन्न गरेको हो ।

यस कार्यक्रममा शन्तिमाया दोङ्गको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै शान्ती बचाउ कोषमा दान गर्ने दानबीर महानुभावहरुको घुँईंचो नै लागेको थियो । जसको यकिन तथ्यांक सम्बन्धित पक्षबाट प्राप्त भएको खण्डमा नाम सहित पून: प्रकाशित गरिने छ ।

राजदूत श्री मधुवन प्रसाद पौडेलज्यूले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेपश्चात नेपाली राष्ट्रिय गानसहित कार्यक्रमलाई मूर्तरुप दिइएको थियो भनें जन-जागृती युवा समाजका उपाध्यक्ष ठाकुर प्रसाद पौडेलले स्वागत मन्व्य र NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्गले शुभकामना मन्व्य दिनु भएको थियो ।

सांगितिक रमझम २०११ मा निम्न कलाकारहरुद्वारा निम्न प्रस्तुतिहरु प्रस्तुत भएका थिए ।

नेपालकी चर्चित गायिका रेश्मा सुनुवार जसका (रेश्मा, मै ठुलि भै छु रे र ल्याण्डमार्क-6) जस्ता ३ वटा चर्चित एल्बमहरु नेपालमा रिलिज भईसकेका छन । उनले कुवेतमा बन्द गरी आँखा, मै ठुलि भै छु रे, क्या मिठो प्रित लगायौ, सुनी रहें तिम्रो बोली, चाङ्गवाले, झिम्काई परेली(रिमिक्स) जस्ता एकल गीतहरु गाउदै र आफै नाच्दै गरेर सम्पूर्ण दर्शकहरुलाई छमछमती आफुसँगै नचाईन ।

यस्तै अन्य प्रस्तुतिहरुमा:-

माधव शर्मा: चञ्चले नानी, पञ्चे बाजा (एकल गीत)
अनिल रसाईली: ट्याक्सी गूड्यो सरर (एकल गीत)
अनिल रसाईली, माला राई: सलल खोलिको पानीले (युगल गीत)
अर्जुन तामाङ्ग: हिउँ भन्दा चिसो (एकल गीत)
दोर्णजंग गुरुङ्ग: आलु तामाले (एकल गीत)
सुन्दर राई: छोरी माग्न जाँदा (एकल गीत)
ज्ञानेन्द्र भट्टराई, सुनिता बिक: पछ्यौरी लेउ बैनी आजै टुङ्गो लगाई देउ (युगल नृत्य)
सविना लामा: टुना र डम्फु (एकल नृत्य)
काजल वाग्ले: हिमाललाई ढाक्यो कान्छा (एकल नृत्य)
प्रिती लामा, केशब पोखरेल: चियाबारीमा (युगल नृत्य)
माधव वाग्ले, पुजा बिक: गोर्खा पल्टन (युगल नृत्य)
माला राई: तिम्रो नजर भुलाउन मुस्कुराएको होइन (एकल नृत्य)
पुजा बिक: आँखाभरी सपना छ मुटुभरी चाहना (एकल नृत्य)
संगिता सुवेदी: जिन्दगानी दर्पण छाँया (एकल नृत्य)
केशव भण्डारी: अङ्ग्रेजी गीतमा (एकल नृत्य)

यस्तै हाँस्यव्यंगमा: कलाकार एवं पत्रकार अर्जुन बस्नेतले प्रस्तुत गरेका नाईटोमा फुली र खेत जोतेर मान्छे जन्मे केटी किन चाहियो भन्ने जस्ता अत्यन्तै कलात्मक प्रस्तुतिहरुले उपस्थित कसैलाई पनि पेट मिचिमिची हाँस्न वाध्य बनायो भनें अर्का हाँस्य कलाकार रविन पनेरुले पनि आफ्नो कला प्रदर्शन गरेका थिए ।

जन-जागृती युवा समाजका महासचिव आनन्द आचार्य, अ.ने.सा.स कुवेतका अध्यक्ष राजन रिमाल र नेपालकुवेत डटकमका प्रबन्ध निर्देशक सुजन केसीले संयुक्त रुपमा सञ्चालन गरेका सांगितिक रमझम २०११ मा समाजका अध्यक्ष दिपक क्षेत्रीज्यूको सभापतित्व र नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री मधुवन प्रसाद पौडेलज्यू लगायत स-परिवारको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी अन्य अतिथि दिर्घामा NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग, नेपाली चर्च कुवेतका धर्मगुरु पाष्टर अगम बहादुर लिम्बु, NRNA कुवेतका ICC प्रतिनिधि राजन कुँवर, साहित्यकार एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका प्रमुख संरक्षक बालकुमार गुरुङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरी, नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, बुद्दिजिबी एस.पि प्रधान, नेपाली साहित्य समाजका केन्द्रिय सदस्य होम बहादुर क्षेत्री, जेष्ठ नागरिक चन्द्र बहादुर क्षेत्री, नेपालकुवेत साँस्कृतिक मञ्चका संरक्षक मनु मगर, क्रेज नेपाल ब्याण्डका अध्यक्ष नबिन बराल, लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि.बि मल्ल ठकुरी, नेपालकुवेत मेनपावर एशोसियसनका अध्यक्ष बम बहादुर पुलामी, नयाँ नेपाल युवा क्लवका अध्यक्ष दिल बहादुर पुन, तामाङ्ग धेदुङ्ग कुवेतका अध्यक्ष सुन बहादुर तामाङ्ग, नेपाल पत्रकार महासँघ कुवेत शाखाका अध्यक्ष आर.बि बुढाथोकी, नेपालकुवेत डटकमका सम्पादक तोयानाथ दाहाल र कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले रहेका थिए ।

जन-जागृती युवासमाज कुवेतको सांगितिक रमझम २०११ का प्रमुख झलकहरु:-

3 responses to “जन-जागृती युवा समाज कुवेतको सांगितिक रमझम २०११ भव्यतापूर्वक सम्पन्न

  1. congratulation to janajagriti team.great to know that janajagriti start to do social work.keep it up.
    indra bhusal
    secretary mesc

  2. Realy that is grest event,best of luck for next…….

  3. kalam ko kamal waaa kya lekhchhan yar mane ale lai and best wishes to jana jagriti team lai ani shanti maya don ko swasthya labh ko kamana.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.