युवकको हत्यारालाई बाबुले नै प्रहरीमा बुझाए


लमजुङ, पुस २१ -जिल्लाको उदीपुर र भोटेओडार गाविसको सिमानामा एक युवकलाई अर्का एक युवकले धारिलो हतियार प्रयोग हत्या गरेका छन् । उदीपुर गाविस-६ खत्रीचौर घर भई हाल भोटेओडार-४, रामदीकटरबोट बस्दै आएका १७ वर्षीय रमेश आलेमगरले उदीपुर गाविस-३  उदीपुरका १७ वर्षीय अरुण परियारलाई बुधबार बिहान धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

उदीपुर उप-स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्समा सहयोगीको रुपमा कार्यरत परियारलाई दुई गाविसको सिमानामा पर्ने साँधखोलामा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पीडितका बाबु शेषकान्त परियारले बताए ।

धारिलो हतियार प्रयोग गरेर हत्या गरेको भए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीले बताएको छ ।     हत्यापछि पीडक आलेमगरलाई उनका बाबु नन्दराज आलेमगरले भोटेओडार इलाका प्रहरी कार्यालयमा बुझाएको छ । उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । मृतक परियारको शवलाई पोस्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल पुर्‍याइएको छ । रासस

Posted by: Jay Ale                                     Source: eKantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.