बुटवलमा नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव २०६७ हुने


filmबुटवल । यहि पुसको २८ देखि माघको १ गतेसम्म बुटवलमा ‘नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव २०६७’ हुने भएको छ । आदिवासीहरुको संस्कृति तथा परम्परा जगेर्ना गर्ने उद्देश्यले गर्न लागिएको महोत्सवमा ५ वटा चलचित्र र १२ वटा डकुमेण्ट्री गरी १७ वटा प्रदर्शन गरिने छ ।

प्रदर्शन गरिने चलचित्र सबै नेपाली हुने भएपनि १२ वटा डकुमेण्ट्री मध्ये ७ वटा अन्तरराष्ट्रिय र ५ वटा नेपाली आदिवासीसंग सम्बन्धित रहेको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र महोत्सवका संयोजक शंकर गाहाले जानकारी गराउनु भयो ।

बिभिन्न स्थानका आदिवासीहरुको कला, संस्कृति, धर्म, भाषा समेटिएका चलचित्र मध्ये ३ वटा कलेजका विद्यार्थीका लागि शिक्षा प्रदायक भएको पनि संयोजक गाहाले बताउनु भयो ।
रुपन्देहीमा चौंथो पटक गर्न लागिएको महोत्सवमा यसपाली मगर भाषाको ‘साली ज्यू’, गुरुङ्ग भाषाको ‘स्यो’, लिम्बुको ‘चेसुँ’, ‘लुङ्गमा पोङ’, ‘न्यूमा पोङ’ लगायतका चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । ८ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा प्रति टिकट ४० रुपैंया निर्धारण गरिएको छ ।

Posted by: Jay Ale                          Source: NepalRus

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.