खेलमा घाइते बक्सरको निधन


जगदीश्वर पाण्डे, काठमाडौ, पुस २२ -राष्ट्रव्यापी अन्तरनगर बक्सिङ प्रतियोगितामा घाइते बक्सर राजु बुढामगरको बुधबार निधन भएको छ । परिवारका अनुसार बक्सर राजुलाई बाँसबारीस्थित न्युरो अस्पतालका डाक्टरले दिउँसो २.१५ बजे मृत घोषणा गरेका थिए ।

टाउकोमा लागेको गम्भीर चोटका कारण उनको मृत्यु भएको बताइएको छ । ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दा धरानका नवीन लिम्बूको प्रहार टाउकोमा लागेपछि उनी घाइते भएका थिए । बक्सिङ खेल्दाखेल्दै घाइते भएर मृत्यृ भएको नेपालमा यो पहिलो घटना हो ।

रूकुम तकसेरा गाविस-७ स्थायी घर भएका राजु विगत १६ वर्षदेखि काठमाडौंमा परिवारसहित बस्दै आएका थिए । २० वर्षिय राजुका बावुआमा र दुई दाजु छन् ।   घाइते भएलगत्तै हेटौंडास्थित स्थानीय अस्पताल र भरतपुर मेडिकल कलेजमा राजुलाई लगिए पनि डाक्टरले काठमाडौंमा लैजान सिफारिस गरेका थिए । उनलाई मंगलबार राति काठमाडौं ल्याइएको थियो ।

टाउकोको नसा चुडिनुका साथै रगत जमेको एक्स-रे रिपोर्टमा देखिएको थियो । राजुले यसै वर्ष काठमाडौंको बोसीगाउँमा भएको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए । उनी पहिलो प्रतियोगितामै पहिलो भएका थिए । उनले तीन वर्षअघिदेखि नेपाल युथ बक्सिङ ग्रुपमा बक्सिङ सिक्दै आएका थिए ।

उनलाई बक्सिङ प्रशिक्षक राजु श्रेष्ठले खेल्न सिकाएका हुन् । ‘उनी राम्रा खेलाडी थिए । १६ औं एसियाली खेलकुद छनोटमा पुरन राईसँग पराजित भएका थिए,’ प्रशिक्षक राजुले स्मरण गर्दै भने, ‘हेटौंडामा हामी सँगै थियौं । उनले सोचेको भन्दा कमजोर प्रदर्शन गर्दै अर्को चरणको यात्रा तय गरेका थिए । मैले उनलाई राम्रो खेल्नभन्दा अर्को खेलमा राम्रो गर्ने वाचा गरेका थिए । विपक्षी खेलाडीको प्रहारमा एक्कासि ढले र उनलाई हामीले अस्पताल लग्यौं ।’

परिवारलाई सहयोग: राजुको परिवारलाई आयोजक समितिले १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ । प्रतियोगिताका संयोजक पुरनबहादुर जोशीले उनको परिवारलाई सहयोग गर्ने बुधबार जानकारी गराए । उनको निधनप्रति हेटौंडा नगरपालिका आयोजक समितिले दुःख व्यक्त गरेको छ । आयोजक समितिले उनको निधनमा बुधबार शोकसभासमेत आयोजना गर्‍यो ।

यता, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राजुको निधनप्रति दुःख प्रकट गर्दै परिवारलाई सहयोग स्वरूप ५० हजार रुपैयाँ दिने निर्णय गरेको महासचिव दीपक श्रेष्ठले बताए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले न्युरो अस्पतालको सम्पूर्ण खर्चसहित राजुको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

Posted by: Jay Ale                                       Source:eKantipur

One response to “खेलमा घाइते बक्सरको निधन

  1. This is very sad news for all Nepali

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.