Daily Archives: 04/01/2011

सोनम कपुर नेपाल आउँदै


नयाँ दिल्ली, पुस २० (एजेन्सी)- बलिउड हिरोइन सोनम कपुर नेपाल आउने भएकी छन् । ‘आइ हेट लभ स्टोरी’की हिरोइन सोनम फिल्म सुटिङका लागि नेपाल आउन लागेकी भने होइनन् । 

राजनीतिक समस्या समाधान गर्दै आर्थिक सम्वृद्धितर्फ लम्किरहेको नेपालको अर्थतन्त्रलाई सघाउने पढ्नेक्रम जारी राख्नुहोस्

के हो प्रेम ??


आशा परियार
गोर्खा नेपाल, हाल: कुवैत

के हो प्रेम ?
दुई आत्मको मिलन हो रे,
दुई मुटुको गाँठो हो रे
तर मेरो जीबनमा प्रेमको कुनै फूल फुलेन
मेरो मनले अर्को मनको बास्ना पाउन सकेन !!

खै के रहेछ प्रेम ?
बुझ्न सकिन,
दुई मुटुलाई जोड्न सकिन
हारेको जुनी हारेर बाँची रहें
मरेको चाहना मारेर जिई रहें
यो ध्रुव सत्यलाई तोड्न सकिन !!

Posted by: Jay Ale

हतियारसहित भागेका सैनिक समातिए


 

महेन्द्रनगर, पुस १ – एक साताअघि हतियारसहित भागेर एक युवकको हत्या गर्ने सैनिक जवान बिहीबार कैलालीबाट पक्राउ परेका छन् ।

नेपाली सेनाको कन्चनपुरस्थित अर्जुनी व्यारेकबाट एम- १६ राइफल लिएर भागेका चण्डिप्रसाद गुल्मका सैनिक जवान दीपक शाही कैलालीको दुवाडी वन इलाकाबाट पक्राउ परेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

राजनीतिक लविङ गर्ने सहायकरथीमाथि छानबिन गर्न ‘कोर्ट अफ इन्क्वायरी’ गठन


काठमाडौं, पुस २० – नेपाली सेनाले विकास निर्माण तथा स्थपति विभागका सहायकरथी किरण बज्राचार्यमाथि छानबिन गर्न ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको छ ।

आफूमाथिका अधिकृतको म्याद नथप्न राजनीतिक लविङ गरेको भन्दै जङ्गी अड्डाले निरीक्षणाधिकृतरथी उपरथी नेत्रबहादुर थापाको संयोजकत्वमा  ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

हेर्न पाइने, सुन्न नपाइने



काठमाडौं, पुस २० (नागरिक)- तीन वर्षदेखि हिट लिस्टमा रहेको गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ फिल्मको पर्दामा हेर्न पाउने भएको छ। उक्त फिल्मको गीति एल्बम सोमबार विमोचन गरियो। तर, विमोचित एल्बममा भने यो गीत समावेश छैन।

प्रज्ञा जोशीको लगानीमा योगेश घिमिरेले निर्देशन गरेको फिल्मको नाम नै ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ राखिएको छ। फिल्मले चलाएको गीत एल्बम ‘किरण’बाट लिइएको हो। अञ्जु पन्तले गाएको गीतका रचनाकार विपिन किरण र संगीतकार महेश खड्का हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

किन महिला स्वयमलाई दोषी ठान्छन् ?


एजेन्सी । स-साना गल्तीका लागि महिलाहरु स्वयमलाई दोषी मान्दछन् । त्यसैले समाजमा उनीहरुको छवि बनिसकेको छ कि उनीहरु सधैं गल्ती गर्दछन् । एक शोधमा पनि यो कुरा स्पष्ट भएको छ कि करिब ९६ प्रतिशत बढी महिला दिनमा कम्तीमा एक पटक स्वयम लज्जित हुने गर्दछन् । करिब ५० प्रतिशत महिला अलग अलग कारणका पढ्नेक्रम जारी राख्नुहोस्

हङकङमा हालसम्मकै भव्य लिम्बुवानी आमसभा सम्पन्न


विश्वको जुनसुकै ठाउँमा रहेपनि लिम्बुवान आन्दोलनमा जोडिन आग्रह । हङकङ-लिम्बुवान, २ जनवरी २०११ । पढ्नेक्रम जारी राख्नुहोस्

यमनमा डुंगा दुर्घटना / ८० जनाको मृत्यु


२० पुस । यमनमा भएका दुईवटा डुङगा दुर्घटनामा परि ८० जना अफ्रिकन आप्रवासीहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश इथियोपियाका नागरिक रहेको बीबीसीले जनाएको छ । यमनको दक्षिणी किनारामा भएको डुंगा दुर्घटनामा ३ जना सोमाली नागरिक भने जिवितै भेटिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्