Daily Archives: 03/01/2011

श्रीमती हत्या गर्न ६ लाख


प्रतिमा बाँस्कोटा                    
ललितपुर, पुस १९ – पैसाको लोभले मान्छेलाई कति हिँस्रक बनाउँछ भन्ने उदाहरण हुन नख्खु कारागारका बन्दी राजु बस्नेत । २ लाख रुपैयाँको लोभले उनी अरुको हत्या गर्न तयार भए । त्यो पनि १ लाख ८० हजार उधारोमा । तीन श्रीमतीका पति किशोर राईले कान्छी पत्नी इश्वरी थापाको हत्यामा बस्नेतलाई प्रयोग गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

संविधान निर्माण प्रकृया/नागरिकता फेरी बल्झियो


राजेन्द्र फुयाल                    
काठमाडौ, पुस १९ – नयाँ संविधानको लागि सहमति जुटाउने प्रयासमा रहेको २८ दलको बैठकमा नेपाली नागरिकसंग विवाह गरेका महिला या पुरुषलाई नागरिकता दिने सम्बन्धमा विवाद पुनः बल्झिएको छ । सोमबारको बैठकले पनि यस सम्बन्धमा निक्यौल निकाल्न सकेन । यस विषयमा यसअघि माओवादी अध्यक्ष पुुष्पकमल दाहालको संयोजकत्वमा गठित उच्चस्तरिय कार्यदलले नै सहमति कायम गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

भट्टराईले फरक मत तल्लो तहसम्म लैजान सक्ने


भोजराज भाट, काठमाडौं, पुस १९- एकीकृत माओवादीभित्र चलिरहेको वैचारिक संघर्षका विषयमा उपाध्यक्ष बाबुराम भट्टराईले फरक मत पार्टीका तल्ला कमिटीसम्म लैजान पाउने भएका छन्। माओवादी मुख्यालयमा भएको स्थायी समिति बैठकले कार्यक्रममा एकरूपता ल्याई कार्यान्वयन गर्ने र चित्त नबुझे फरक मत राख्दै बहसका लागि तल्ला तहसम्म लैजान पाउने निर्णय गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

‘नक्कली ड्राइभर बनाई पारसलाई जोगाइयो’


काठमाडौं, पुस १९ (नागरिक)- गायक प्रवीण गुरुङको मोटरसाइकललाई ठक्कर दिई मारेको अभियोगबाट तत्कालीन शाहज्यादा पारस शाहलाई बचाउन राजदरबार र नेपाल प्रहरीले कस्तो अवैध काम गरेका रहेछन् भन्ने दस वर्षपछि खुलेको छ।
राजाका सैनिक सचिव विवेककुमार शाहले हालै प्रकाशित ‘मैले देखेको दरबार’ शीर्षक संस्मरण पुस्तकमा लेखेअनुसार राजदरबार र प्रहरी मिलेर पारसलाई जोगाउन नक्कली ड्राइभर खडा गरेका थिए। पत्रपत्रिकाले त्यही बेला उजागर गरिदिए पनि दरबार र सरकारका तर्फबाट कसैले पनि यस’bout अहिलेसम्म आधिकारिक रूपमा नक्कली ड्राइभर प्रकरण खोलिदिएका थिएनन्। पढ्नेक्रम जारी राख्नुहोस्

सन् २०१० का चर्चित अनुहार


अश्विनी कोइराला,

वर्ष २०१० मा आ-आफ्नो कामको प्रभाव देखाएर विश्वमा धेरैले आफूलाई नायक साबित गरे । कसैले राजनीतिलाई उत्कर्षमा पुर्‍याए भने कसैले व्यापारमा नयाँ शैली  भित्र्याए । कोही ग्ल्यामरको संसारमा चर्चित भए, कसैले अरूले नसोचेको काम गरेर विश्वलाई आश्चर्यचकित बनाए । सयौं लेखकले नयाँ सिर्जनाका माध्यमबाट हलचल  ल्याए भने सयौं वैज्ञानिकले विश्वलाई नयाँ देन दिए । हरेक विधा र क्षेत्रमा भएको नयाँपनको समष्टि रूप नै आजको प्रगति हो । यस अर्थमा वर्ष २०१० पनि हजारौं  नायकको वर्ष साबित भयो । ती हजारौं व्यक्तिमध्ये केही व्यक्तित्वले भने आगामी दिनमा पनि विश्वलाई प्रभावित पार्ने देखिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्