Daily Archives: 02/01/2011

मेडिकल अनफिट भई स्वदेश फिर्ता


योगेन्द्र वियोगी”हिमाल” /मलेसिया

केलांग बैदेशिक रोजगारीको सिलसिलामा आज भन्दा १ महिना अगाडी काठमाडौं स्थित लक्की मेनपावरबाट मलेसिया आइपुगेका बिरमान तामांग आएको पहिलो चोटिको मेडिकल चेकअफमा नै अनफिट भई यहि २८/१२/२०१० तारिकसको दिन स्वदेश फर्किसकेका छन् । निज बिरमान तामांग मलेसिया स्थित केलांग राज्यमा कार्यरत रहेको उनका दाई प्रतिमान तामांगले जानकारी दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बाटो…!!


प्रेम वली, कुवेत

धनी हिंडे पनिगरीब हिंडे पनि
लाटो हिंडे पनि, बाठो हिंडे पनि
सबै हिंड्ने एउटै बाटो !
दानी हिंडे पनि, ज्ञानी हिंडे पनि
लोभि हिंडे पनि, धोबी हिंडे पनि
जोगी हिंडे पनि, भोगी हिंडे पनि
सबै हिंड्ने एउटै बाटो !
 
जो हिंडे पनि बाटोको कुनै रोकावोट छैन
बाङ्गो भए पनि, नाङ्गो भए पनि
उकालो भए पनि, भिरालो भए पनि
बाटोमा कुनै थकावोट छैन ! पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल आमालाई बिन्ति पत्र…!!


राजेन्द्र शर्मा “राजन” कुवैत

बाबुको मृतु भएपछी देश भताभुङ्ग भएको बेला आमा !
एउटा शिखरपुरुष चाहिएको छ देश र निमुखा जनतालाई
दिनप्रतिदिन दाजुभाई बिचमा झै-झगडा चर्किरहेको छ
फेरी शान्तिका अग्रदुत गौतम बुद्ध जन्माईदेउ हामीलाई !
 
“ठुल्दाई” अति सुस्ती रुढिबादी ज्यानजाला छाड्दैनन
जोरी खोजि रहन्छन  “माल्दाई” उनको कुरा कसैले मान्दैनन
गोलि खाएर बारुद डकार्छ “कान्छो” मुर्ख भन्छन उसलाई
एउटा कुशल नेतृत्व दिन सक्ने नेता जन्माइदेउ यो देशलाई  पढ्नेक्रम जारी राख्नुहोस्

पौडेले प्रधानमन्त्री नभए काँग्रेसले डा. भट्टराईलाई समर्थन गर्छ –गगन थापा


बाग्लुङ, पुस १८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नियमित अधिवेशनबाट रामचन्द्र पौडेल प्रधानमन्त्रीमा निर्बाचित नभए एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई काङ्ग्रेसले समर्थन गर्ने बताएका छन् । माओवादी नेतृत्वमा सरकार बन्ने अवस्था आए डा. भट्टराईलाई प्रधानमन्त्री बनाउन काङ्ग्रेस तयार रहेको उनको भनाई रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस सांस्कृतिक परिवारको चियापान तथा परिचयात्मक कार्यक्रम सम्पन्न


जय आले, कुवेत

“हाम्रो संस्कृति, हाम्रो परम्परा” भन्ने मुल वाणीलाई ह्रदयंगम गर्दै बिगत ६/७ महिना पहिला संगठित भई कुवेत नगरीमा कृयाशिल रहेको लालीगुराँस सांस्कृतिक परिवार नेपाल-कुवेतको बिगत र वर्तमानका कार्यनिर्देशिकालाई दृष्यावलोकन गर्दा यो एउटा छुट्टै किसिमको संगितप्रेमी संस्था हो जसले संगितलाई मात्र नभई बिभिन्न किसिमका खेलकूद र नेपाली परम्परालाई समेत अङ्गीकार गर्दै संस्थागत ढंगबाट अगाडि बढ्न चाहिरहेको छ र नेपाली समाज कुवेतमा छुट्टै किसिमको आफ्नो चिनारी बनाउन प्रयासरत रहेको छ भन्ने भान हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय विधायक हतियारसहित आएपछि तनाव


माधव घिमिरे/वेदराज पौडेल

विराटनगर, पुस १८ -भारतीय विधायक सरफराद आलम शनिबार सप्तरीमा सुरक्षागार्डसहित प्रवेश गरेपछि तनाव भएको छ । सुरक्षागार्ड र हतियारको तस्बिर लिन खोज्ने नेपाली पत्रकारलाई आलमका सहयोगीले धम्क्याएर लखेटेका थिए । प्रत्यक्षदर्शीका अनुसार सप्तरीको भारदहस्थित गोलघरमा वनभोज मनाउने क्रममा आएका विधायक आलमका सुरक्षागार्ड हतियारसहित थिए । पढ्नेक्रम जारी राख्नुहोस्