तमू समाज कुवेतको ल्होछार पर्व २०१० भव्यतापूर्वक सम्पन्न


जय आले, कुवेत

आफु जहाँ भएपनी आफ्नो परम्परिय संस्कृति र संस्कारको संरक्षण गरौं भन्ने मुल उद्देश्यका साथ डिसेम्बर २००९ मा स्थापना भएको तमू समाज, कुवेतले ३१ डिसेम्बर २०१० को दिन कुवेतको अब्बासियास्थित शाही तन्दुरी रेस्टुरेण्टमा करिब ४०० कुवेतवासी नेपालीहरुको बृहत उपस्थितिमा “दोस्रो तमू ल्होछार पर्व-२०१०” भव्यतापूर्वक सम्पन्न गरेको छ ।

तमू ल्होछार शुभकामना आदान प्रदान, तमू भेषभूषा प्रदर्शनी र तमू गीत नृत्य तथा बिबिध मनोरन्जनात्मक कार्यक्रमहरुको प्रस्तुति सहित बाघ बर्ग (तो ल्हो) को बिदाई तथा बिरालो बर्ग (ह्यू ल्हो) को आगमनको स्वागत गर्दै कुवेत नगरीमा दोस्रो पटक तमू ल्होछार सार्वजनिक रुपमा मनाईएको हो ।

तमू समाज कुवेतका कार्यकारिणी समिति सदस्य धीरज गुरुङ्गज्यूले सञ्चालन गर्नु भएको तमू ल्होछार २०१० मा तमू समाज कुवेतका अध्यक्ष अमर गुरुङ्गज्यूको सभापतित्व र नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री मधुवन प्रसाद पौडेलज्यू लगायत स-परिवारको प्रमुख आतिथ्य रहेको थियो ।

यसैगरी अन्य अतिथिहरुमा नेपाली दूतावास कुवेतका कर्मचारी भुवन पौडेल, NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग ‘दम्पति’, NRNA कुवेतका ICC प्रतिनिधि राजन कुँवर, तमू समाज कुवेतका बरिष्ट सल्लाहाकर क्याप्टेन कुलप्रसाद गुरुङ्ग, बरिष्ट सल्लाहाकार बालकुमार गुरुङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्याल, उपाध्यक्ष धर्मराज गिरी, लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि.बि मल्ल ठकुरी, नेपालकुवेत मेनपावर एशोसियसनका अध्यक्ष बम बहादुर पुलामी, नेपाली चर्च कुवेतका धर्मगुरु पाष्टर अगम बहादुर लिम्बु ‘दम्पति’, जन-जागृति युवा समाज कुवेतका अध्यक्ष दिपक क्षेत्री, नयाँ नेपाल युवा क्लवका अध्यक्ष दिल बहादुर पुन, तामाङ्ग धेदुङ्ग कुवेतका अध्यक्ष सुन बहादुर तामाङ्ग, नेपालकुवेत डटकमका सञ्चालक सुजन के.सी र कुवेतनेपाल डटकमका सञ्चालक जय आले रहेका थिए ।

महामहिम राजदूत श्री मधुवन प्रसाद पौडेलज्यूले पानसमा दिप प्रज्वलन गरी ल्होछार कार्यक्रमको उद्घाटन गरेपश्चात नेपाली राष्ट्रिय गान गाउँदै कार्यक्रमलाई मूर्तरुप दिइएको थियो भनें तमू समाज कुवेतका महासचिव नविन तमूले स्वागत मन्तव्य दिंदै उपस्थित तमू दाजुभाई, दिदीबहिनी लगायत बिभिन्न सँध-संस्थाबाट पाल्नु भएका सम्पूर्ण नेपालीहरुलाई तमू वर्ष २५९५ को पुनित आगमनमा शुभकामना व्यक्त गर्नु भयो ।

यसैगरी प्रवासमा रहेर पनि कुवेतावासी तमूहरुले आफ्नो परम्परा र प्रचलनको मर्यादा राख्दै यस्तो बिशाल तमू ल्होछारको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै तमू समाज कुवेतलाई बधाई तथा उपस्थित सम्पूर्ण नेपाली जनसमुदायलाई शुभकामना अर्पण गर्दै आफ्नो शुभकामना मन्तव्य दिनेहरुमा महामहिम राजदूत श्री मधुवन प्रसाद पौडेल, NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्याल, तमू समाज कुवेतका बरिष्ट सल्लाहाकारहरु क्याप्टेन कुलप्रसाद गुरुङ्ग,  भिम गुरुङ्ग र उपाध्यक्ष खोप गुरुङ्ग हुनुहुन्थ्यो ।

कार्यक्रममा खारिएका तमू कलाकारहरुद्वारा उक्रिष्ठ तमू नृत्यहरु प्रस्तुत गरिएको थियो । उपस्थित दर्शक महानुभावहरुलाई स्वागत गर्दै तमू गीत आशिमालामा नृत्यकारहरु बबिता गुरुङ, सानु गुरुङ, अर्जुन गुरुङ र प्रेम गुरुङले सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने बबिता, अर्जुन तथा सानु र प्रेमको जोडीले कार्यक्रमको बिच-बिचमा युगल नृत्यहरु पस्केका थिए । त्यस्तै कलाकार धन गुरुङले आफ्नो हाँस्य छबिमा बर्खा खाजे भन्दै हाँस्य नृत्य प्रस्तुत गरे। कार्यक्रमका सबै नृत्यहरुको निर्देशन राहुल गुरुङले गर्नु भएको थियो । त्यस्तै चर्चित गायक द्रोण जंग गुरुङले गुरुङ गीत, नेपाली गीतहरु गाएर दर्शकहरुलाइ भरपुर मनोरन्जन दिलाएका थिए। उपस्थित दर्शक मननुभवहरुलाई समाबेश गरी समाजका सचिब राजु गुरुङको संयोजकत्वमा खेलाइएको बिभिन्न मनोरन्जनात्मक खेलले कार्यक्रमलाई अझ रोचक बनाएको थियो । गुरुङ भेषभुषा जगेर्ना एवं प्रोत्साहनको निम्ती भेषभुषा(महिला तर्फ)प्रदर्शनी एवं उक्रिष्ठ तीन लाई पुरस्क्रित गरिएको थियो भनें बाघ बर्गका महानुभाव हरुलाई बिदाइ तथा बिरालो बर्गकाहरुलाई धार्मिक परम्परा अनुसार लामा मन्त्र उचारण गरी रुबी लगाएर शुभकामना सहित स्वागत गरिएको थियो ।

यसै अवसरमा तमू समाज कुवेतले, आफ्नो जागिरे जीबनको एउटा व्यस्त परिस्थितीको वाबजुद पनि अहोरात्र खटेर तमू समाज कुवेतलाई आज यस सफलताको शिखरसम्म ल्याई पुर्‍याउन मन, बचन र कर्मले योगदान दिंदै आउनु भएका समाजका सचिव राजु गुरुङ्ग र वहाँकी धर्मपत्नी संगिता गुरुङ्गज्यूलाई वहाँहरुको योगदानको उच्च प्रशंसा गर्दै मायाको चिनो स्वरुप उपहार प्रदान गरी सम्मान गरेको छ ।

यसैगरी तमू समाज कुवेतको ल्होछार पर्वलाई हर क्षेत्रबाट सहयोग गर्नु हुने NRNA कुवेत तथा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरी, क्लवका सह-कोषाध्यक्ष शिवराम पौडेल र क्लवका संगठन विस्तार प्रमुख चन्द्र कुमार तामाङ्ग, अमेरिकन दूतावासमा कार्यरत यादव श्रेष्ठ, अनिल राई, नरजित गुरुङ्ग, गोपाल गुरुङ्ग, सुरेश लिम्बु, दुर्गा आले, राजेन्द्र लिम्बु, ओम पुन र अमरजंग गुरुङ्गज्यूलाई पनि तमू समाज कुवेतले बिशेष धन्यवाद ज्ञापन गरेको छ । ओपन बुफे स्वादिष्ट भोजनको साथ मनाईएको तमू ल्होछार कार्यक्रमको अन्ततिर समाजले कलाकारहरुलाई सान्त्वना स्वरुप मायाको चिनो तथा उनीहरुको मेहनत तथा प्रयासहरुलाई प्रशंसा गर्दै कदरपत्र प्रदान गरेको थियो ।

तमू ल्होछार २०१० का प्रमुख झलकहरु:-

15 responses to “तमू समाज कुवेतको ल्होछार पर्व २०१० भव्यतापूर्वक सम्पन्न

  1. Thank you so much brother Jay Ale for your support and writing news about our Lhochhar Program, It was great pleasure and really appreciable your ways to write news.

    Amar Dai, Puspa Bhauju & All Tamu Samaj Kuwait
    Tamu Samaj Kuwait-President (Committee Member-MESC)

  2. happy lhosar,

  3. happy lhosar

  4. sampurna tamu samaj kuwait ka karya samiti sadaseya haruma karyakaram safalatapurbak sampanna garekoma hardik bhadhai tatha suvakamana.keep it up and we want to see more activities from tamu samaj among nepalies in kuwait.great job done by raju bro and bhauju.
    indra bhusal
    secretary mesc

  5. Great job!!!!! Congratulation to all…… I’d like to congratulate to all Gurung community and clan for the Happy Loshaar ” THE YEAR OF THE CAT”. Personally I’d like to thanks Mr. Amar Gurung, Mr. Bal Kumar Gurung and Mr. Raju Gurung for organising such programme to unite everybody from Gurung (TAMU) clan. Great job has been executed by Gurung community to save the nepalese culture in the country of desert. Everybody must support for such interest by heart.
    HAPPY LOSHAAR…..HAPPY LOSHAAR…..HAPPY LOSHAAR

  6. daju thank u 4 this entertenment n happy new year 2011.bt daju malai ali naramailo lagyo all ko name chha bt dancer haruko name kina chaina.

  7. Thank u very much Jay bro. for supporting us from every corner. great job@keep it up. i wish u all the best for your bright future.

    Thanks once again
    Khop Tamu
    Vice President – Tamu Samaj Kuwait

  8. thank u very much jay bro.for supporting us from every corner.great job@ keep it up.also i wish u all the best for your bright future.
    thanks
    khop gurung
    vice president tamu samaj kuwait

  9. तमु हरुको नयाँ बर्ष को आगमन मा तमु समुदाय ले राखनु भयको कार्यकर्म साच्ची सहार्निय नै थियो यो शमुन्द्र पारी को देश मा दु:ख सुख हरुलाई अलग नै राखी आफ्नो परम्प्रा लाई निरन्तर दिनु भय को देखेर सछी नै मनमा हौसला छ भने कुनै ठाउँ अनी कस्तैबन्दन ले पनि हाम्रो सस्कार लाई हामी बाट टाढा बनाउन सक्दैन मात्रै हामीमा एकता हुनु पर्छ भन्ने नमुना दिनु भयो तमु समाजले। उहा हरु लाई धेरै धेरै नयाँ साल को शुभकामना छ ।।।।।

  10. THANKS TAMU SAMAJ KEEP IT UP SO NICE.

  11. first of all happy lhochhar to all nepalese in kuwait. and thank you for the chief editor writing proper news of gurung samaj kuwait,

  12. sampurna kuwait baasi tamu haru lai lhochar ko ashimala and badai lhochar lai success ka sath sampana garnu bhayeko ma ani drona soltee la hai mero tarfa bata derai derai badai kuwait ma pani afnu kala dekhayera tahalka machaunu bhayecha khusi lagyo .

  13. Hi all my frens
    ahile balla po thau atako rahechha ni dancer haru ko lagi thau ta hai kina ahile ta thau ni ali speace thulo nai kineko jasto lagyo ni kwtnepal .com sanga ahile balla po atechha dacer ko name n y tamu harule yesto khadi thauma ni lochhar manako ma thanks.n kip it up.my bst wises with u. n ur team.

  14. sabaibhanda pahile tamu samaj gathan bhayekoma badhai sathai dherai khusi pani lagyo sat samundra pati pani tamuharuko samaj rahechha gaurab ko kura ho ani yo samajma sadasyata pauna ke garnu parchha hola gayeko barsa pani maile sadasyeta paune udesyale paisa pathayo kinaki mero duty ko karan ma karyakram ma upastit huna sakina ke yo tamu samajle kuwaitma bhayeko sabai tamuharulai sadasyeta banauna sakdaina?

  15. name:nar gurung add:bakrang 9 gorkha in kuwait usuf ahmed alghanim coy po box 223 safat 13003 email add; http://www.nargurung55@yahoo.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.