क्रेज नेपाल कुवेतको दोस्रो लाईभ कन्सर्ट सफलताका साथ सम्पन्न


बिक्रम थापा, कुवेत

कुवेतमा रहेका बिभिन्न सँघ-संस्था र कुवेतवासी नेपालीहरु मध्ये खासगरी युवा पिढीहरुलाई लक्षित गरी गत १ वर्ष पहिला कुवेत नगरीमा स्थापना भई कृयाशिल रहेको म्युजिकल ब्याण्ड क्रेज नेपाल ग्रुप कुवेतले ३१ डिसेम्बर २०१० को दिन कुवेतको मालियास्थित एसिया-एसिया होटलमा नयाँ वर्ष २०११ को पुनित अवसरमा आफ्नो दोस्रो लाईभ कन्सर्ट भव्यताका साथ सम्पन्न गरेको छ ।

कन्सर्टको तयारी र स्टेज सजावटको दृश्य अवलोकन गर्दा कुनै पनि राष्ट्रिय स्तरका बृहत कन्सर्टहरु भन्दा कमी देखिएको थिएन । समग्रमा भन्नुपर्दा आफ्नो एकदमै व्यस्तताका वाबजुद पनि गीत संगित मार्फत एउटा छुट्टै किसिमको प्रभाव छोड्न सफल क्रेज नेपालमा आवद्द युवाहरुको मेहनत र साहशको प्रशंसा नगरि रहन सकिंदैन ।

नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री मधुवन प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्य एवं क्रेज नेपाल ग्रुप कुवेतका अध्यक्ष नविन बरालको सभापतित्वमा सम्पन्न उक्त म्युजिकल कन्सर्टमा कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र अन्य संगितप्रेमी कुवेतवासी नेपालीहरुको व्यापक उपस्थिती रहेको थियो । 

निर्धारित समयभन्दा करिब १ घण्टा ढिलो शुरु भएको क्रेज नेपाल लाईभ कन्सर्टको लिड गितारमा काजी ‎श्रेष्ट, रिदम गितारमा सु-प्रख्यात गितारिष्ट पुर्खा पुन मगर, सन्तोष गुरुङ्ग, व्यास गितारमा निर्मल तामाङ्ग, ड्रमसेटमा दिपेन ‎लामा हुनु हुन्थ्यो । यस्तै  गायनमा पुर्खा पुनले रातो र चन्द्र सुर्य, डाँडैमा मेला लागेछ, सुन्तली माई र ‎आफ्नै कम्पोजमा तयार पारेको हे मायालु टाढा नजाउ बोलको गित प्रस्तुत गनु भयो भनें सन्तोष ‎गुरुङ्गले जे गर जसो गर, दिन यो पनी थियो, तिमी नभए जिन्दगी, कृष्ण सुनारले तिमीपारी त्यो ‎गाँउमा शनीले तिम्रो ममता, हे मोरी काली, सुनील राणाले माया जोखेर जोखिन्न, काजी श्रेष्टले ‎लेखिएका शब्द मुसु मुसु हाँसीदेउ सा… कर्णाली बुढेशकालको लाठी र हिन्दी अन सोचा है तुमने ‎खासगरी स्विडीस कम्पनीका जनरल मेनेजर आशाद खानको डेडिकेशन स्वरुप साथै अनील ‎लामाले आकाशैमा चिल उड्यो, मुन्ना घलेले तारा खस्यौली, दिपेन लामाले जोगले हुन्छ भेट, निर्मल ‎लामाले के भन्ने हाम्रो समय गाउनु भएको थियो भनें नृत्यमा रेजिना थापा, जिम गुरुङ्ग, पिरती लामा, ‎बिष्णु लामा, केशब, लक्की गुरुङ्ग, मुत्त बहादुर, निखील, डोल्मा लामा हुनुहुन्थ्यो । मुत्त र बिष्णुको लोकनृत्य एवं पुर्खा पुनको आफ्नै कम्पोजको गित हे मायाँलु टाढा नजाउमा दर्शकहरु झुमेरै नाचेको देखिन्थ्यो ।

यसका साथै क्रेज नेपालका कलाकारहरुले समुहगत ढंगमा प्रस्तुत गरेका गीत र न्रित्यहरुले उपस्थित दर्शकहरुको अझ अपार माया र प्रशंसा बटुल्दै कार्यक्रमलाई थप संगितमय पारेको थियो ।

क्रेज नेपाल ग्रुप कुवेतले आफ्नो दोस्रो प्रस्तुती स्वरुप लाईभ कन्सर्ट कुवेतवासी नेपालीहरु बीच भव्यतापुर्वक सम्पन्न गरेकोमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत एवं क्लवको आधिपत्यमा सञ्चालित वेव पत्रीका कुवेतनेपाल डटकमले संस्थागत रुपमा सफलताको शुभकामना दिंदै भावी दिनहरुमा अझ सशक्त भई प्रस्तुत हुने कामना सहित हमेशा सक्दो सहयोग, समर्थन र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्दता व्यक्त गरेको छ ।

क्रेज नेपाल कुवेतको दोस्रो लाईभ कन्सर्टका प्रमुख झलकहरु:-

4 responses to “क्रेज नेपाल कुवेतको दोस्रो लाईभ कन्सर्ट सफलताका साथ सम्पन्न

  1. This concert was awesome, can’t believe the way craze nepal performed, Expecting another show very shortly.

  2. craze nepalko program raamrae lagyo but, voice vanda high volage ko music system rr bujhnae nasakine garee LAGAATAR gaaeyako POP GEET LE SROTA RR DARSAK LAAE ATINAE BORREeeee gareko hunale madhyanter batae darsak le hall chhadnale at last 20 audians.5 JANAKO ones more grhayata rr 75% ko vawanalaae bewasta ko gunaso thiyo,so we hope next program ( singing,dance,program)gare ma sabae laae enjoy,fressness,attractive , garirahan6 that means, aayojak will be THANKSFULL……………

  3. congratulation to craze nepal team.keep it up more and more nabin ji and all team.wish you all happy new year 2011.
    indra bhusal
    mesc secretary

  4. Congratulation to all the entered team of craze band.Try to do the best in near future program and wise you all the best and happy new year 2011 & god will bless you in all step.

    Regards
    saugat & Sangita

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.