Daily Archives: 01/01/2011

क्रेज नेपाल कुवेतको दोस्रो लाईभ कन्सर्ट सफलताका साथ सम्पन्न


बिक्रम थापा, कुवेत

कुवेतमा रहेका बिभिन्न सँघ-संस्था र कुवेतवासी नेपालीहरु मध्ये खासगरी युवा पिढीहरुलाई लक्षित गरी गत १ वर्ष पहिला कुवेत नगरीमा स्थापना भई कृयाशिल रहेको म्युजिकल ब्याण्ड क्रेज नेपाल ग्रुप कुवेतले ३१ डिसेम्बर २०१० को दिन कुवेतको मालियास्थित एसिया-एसिया होटलमा नयाँ वर्ष २०११ को पुनित अवसरमा आफ्नो दोस्रो लाईभ कन्सर्ट भव्यताका साथ सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

होटेलमा युवतीको शव


श्यामसुन्दर शशि,

जनकपुर, पुस १७ – जनकपुरको शिव चोकस्थित मानकी इन्टरनेशनल होटेलमा बसेका एक युवतीको शव शनिबार भेटिएको छ । कोठा नम्बर ३सय १२ मा अन्दाजी २५ वर्षीय युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

शुभकामना !!!


नया बर्ष २०११ को उपलक्ष्यमा सम्पूर्ण पाठक बर्गहरुमा सुख, शान्ती एवं उतरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ।

-माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं कुवेतनेपाल डटकम परिवार

तमू समाज कुवेतको ल्होछार पर्व २०१० भव्यतापूर्वक सम्पन्न


जय आले, कुवेत

आफु जहाँ भएपनी आफ्नो परम्परिय संस्कृति र संस्कारको संरक्षण गरौं भन्ने मुल उद्देश्यका साथ डिसेम्बर २००९ मा स्थापना भएको तमू समाज, कुवेतले ३१ डिसेम्बर २०१० को दिन कुवेतको अब्बासियास्थित शाही तन्दुरी रेस्टुरेण्टमा करिब ४०० कुवेतवासी नेपालीहरुको बृहत उपस्थितिमा “दोस्रो तमू ल्होछार पर्व-२०१०” भव्यतापूर्वक सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्