०७ जनवरी २०११ मा जन-जाग्रिती युवासमाज कुवेतले साँस्कृतिक कार्यक्रम गर्ने


कुवेतनेपाल सम्वाददाता,

नेपाली समाज कुवेतमा बिगत केही महिनायता कृयाशिल रहि सामाजिक क्षेत्रमा सेमत अग्रसरता जनाएको जन-जाग्रिती युवा समाज कुवेतले आगामी ०७ जनवरी २०११ को दिन, दिनको ठीक २.०० बजेदेखी कुवेतको मालियास्थित एसिया-एसिया होटलमा भव्यतापुर्वक साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेपालबाट झिकाईएकी ख्यातिप्राप्त कलाकार रेश्मा सुनुवार लगायत नेपालकुवेत साँस्कृतिक मञ्चका स्थानिय कलाकारहरुको साथमा र मरुभुमिको कोसेलीको सह-प्रायोजनमा जन-जाग्रिती युवा समाज कुवेतले आफ्नो पहिलो प्रस्तुती स्वरुप यो साँस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

खासगरी कुवेतको फर्वानीया अस्पतालमा बिगत ४ वर्षदेखी जीबन र मृत्‍युको दोसाँधमा अल्मलीई रहेकी असाहय नेपाली चेली शान्तीमाया दोङ्गको सहयोगार्थ: प्रस्तुत गरिन लागेको यस साँस्कृतिक प्रहसनको पूर्ण रुपमा तयारी भईसकेको संस्थाका अध्यक्ष श्री दिपक क्षेत्रीज्यूले जानकारी दिनु भयो । यस कार्यक्रमबाट हुन आउने मुनाफाको ५०% रकम निज शन्तिमाया दोङ्गलाई आर्थिक सहयोग र अन्य सामाजिक कार्यमा समेत लगानी गरिने पनि अध्यक्ष श्री क्षेत्रीले बताउनु भयो ।

बिशेषगरी नेपालबाट ३ ख्यातीप्राप्त कलाकारहरु (निशा सुनार, पशुपती शर्मा र रेश्मा सुनुवार) झिकाई प्रस्तुत गरिने भनिएको यस कार्यक्रममा रेश्मा सुनुवार शिवाय अन्य कलाकारहरुको भिषा सम्बन्धी केही ढिलाई भएको कारणले गर्दा वहाँहरु यस कार्यक्रममा सहभागी हुन नसक्ने र बाँकी कलाकारहरु नेपालकुबेत सास्कृतिक मञ्चले आफ्ना स्थानिय नेपाली कलाकारको तयारी गरिरहेको पनि अध्यक्ष श्री क्षेत्रीले जानकारी दिंदै, कुवेतवासी सम्पूर्ण नेपाली जनसमुदायलाई नयाँ वर्षको शुभकामना सहित उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक आमन्त्रणा गर्नु भएको छ ।

3 responses to “०७ जनवरी २०११ मा जन-जाग्रिती युवासमाज कुवेतले साँस्कृतिक कार्यक्रम गर्ने

  1. आगो रहेछु म कसैले पानी हाल्न सकेन
    रुखिएको बाजो रहेछु म कसैले मोलउन् सकेन
    जिबन् एसै प्यासी रहने भयो
    मायाको निस्टुरी मंलाई भुल्न सकिन्

  2. तपाईं हरुको क्रमिक यात्रा सफल रहोश
    Dipak Chhetri जि तपाईंको स-यात्री मित्र हरुमा मेरो तर्फबाट २०११ मा आझ चुनौती पूर्ण कार्य प्रणली सफल बनोश मेरो शुभकामना सन्देश हरपल

    चन्द्र तमाङ

  3. sarba partham deepakjilai shubhakamna tatha shubh karyako purna safaltako kamna.jivan ra maranko doshandama aljheki nepali cheliko uddarko lagi yasta karyakram hunu hami sabai nepalileko lagi khusiko kura ho sabaile afno thaubata sagdo sahyog puraunu jaruri chha.puna deepakji ra jan jagriti club pariyarlai yasta samaj sewa garne perna jagi rahos bhanne kamna gardachhu.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.