चक्रपथ जामरहित बनाउने प्रहरी योजना


काठमाडौं-१४ पुस, महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथलाई जाममुक्त बनाउने योजना तयार पारेको छ । सडक नियममा कडाइ गरेर २५ पुसदेखि चक्रपथलाई जाममुक्त बनाउने योजना महाशाखाले तयार पारेको हो ।

सडक अनुशासन पालना नगरिएकाले नै उपत्यकामा सडकजामको अवस्था विकराल भएको हो, ट्राफिक प्रहरी महाशाखाका डिआइजी विज्ञानराज शर्माले भने, सडक नियमलाई कडाइसाथ पालना गरेर नै उपत्यकाको जाम नियन्त्रण गर्न लागिपरेका छौँ । उनले सवारीसाधन सँगसँगै पैदलयात्रुलाई पनि सडक नियम पालनामा कडाइ गरिने बताए । उपत्यकामा बढ्दो सवारी अनुपातमा सडक विस्तार नभएकाले केही वर्षयता सडक जामको अवस्था विकराल बन्दै गएको छ । हाल उपत्यकामा करिब ६ लाखको संख्यामा सवारीसाधन रहेको ट्राफिक महाशाखाको अनुमान छ । चक्रपथभित्रको करिब पाँच सय किलोमिटर सडकले सो सवारी चापलाई धान्न नसक्ने विज्ञले बताउँदै आएका छन् । उपत्यकामा सडक जामको समस्या कम गर्न एक महिनाअघि मात्र एसियाली विकास बैंकले एक अर्ब ४० करोड रुपैयाँ सहयोग दिने सम्झौता गरेको छ ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार हाल बागमती अञ्चलमा प्रत्येक वर्ष ९० हजारका दरले सवारीसाधन बढेका छन् । तर, त्यसको तुलनामा सडक विस्तार भएको छैन । आर्थिक वर्ष ०६६-६७ को विभागको तथ्यांकअनुसार बागमती अञ्चलमा हालसम्म पाँच लाख ६० हजार सवारीसाधन दर्ता भएका छन् । यसमध्ये चार लाख ४५ हजार त मोटरसाइकल मात्रै छन् । त्यसैगरी कार, भ्यान, बस र ट्रक गरी वाषिर्क करिब २० हजार सवारीसाधन थपिने गरेको विभागले जनाएको छ ।

सस्तो मूल्यका कार नेपाल भित्रिने गरेकाले कारप्रति नेपालीको आकर्षण बढ्दो छ । यसले पनि उपत्यकाको सडकमा चाप बढाएको ट्राफिक प्रहरीको अनुमान छ । सवारीसाधनको संख्यामा तत्काल नियन्त्रण गर्न सकिने अवस्था नभएकाले सडक नियमलाई कडाइ गर्नु नै अहिलेको प्रमुख उपाय भएको डिआइजी शर्माले दाबी गरे । ‘सडक नियमलाई कडाइ गर्नुको विकल्प छैन । अबदेखि सडक नियम मिच्ने कसैलाई पनि छाडिनेछैन,’ उनले भने ।

ट्राफिक व्यवस्थापनमा लोकपि्रयता कमाएका महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक सीताराम हाछेथूले उपत्यकाको ट्राफिक समस्याको प्रमुख कारण चालकको लापरबाही भएको बताए । ट्राफिक नियम मिच्नेलाई कम्तीमा एक हजार रुपैयाँ जरिवाना गर्नुपर्ने पनि उनले बताए । कडा कानुन र जनचेतना भएमा जाम नियन्त्रण योजना सफल हुने उनको भनाइ छ ।

जनचेतनाकै अभावमा बटुवाले समेत जथाभावी बाटो काट्ने गरेकाले सोमबार, मंगलबार र बिहीबार गरी २ सय ५० भन्दा बढीलाई समातेर ट्राफिक’bout जानकारी दिएको हाछेथूले बताए ।

Posted by : Narayan Nepal                                 Source : Naya Patrika

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.