Daily Archives: 30/12/2010

०७ जनवरी २०११ मा जन-जाग्रिती युवासमाज कुवेतले साँस्कृतिक कार्यक्रम गर्ने


कुवेतनेपाल सम्वाददाता,

नेपाली समाज कुवेतमा बिगत केही महिनायता कृयाशिल रहि सामाजिक क्षेत्रमा सेमत अग्रसरता जनाएको जन-जाग्रिती युवा समाज कुवेतले आगामी ०७ जनवरी २०११ को दिन, दिनको ठीक २.०० बजेदेखी कुवेतको मालियास्थित एसिया-एसिया होटलमा भव्यतापुर्वक साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेपालबाट झिकाईएकी ख्यातिप्राप्त कलाकार रेश्मा सुनुवार लगायत नेपालकुवेत साँस्कृतिक मञ्चका स्थानिय कलाकारहरुको साथमा र मरुभुमिको कोसेलीको सह-प्रायोजनमा जन-जाग्रिती युवा समाज कुवेतले आफ्नो पहिलो प्रस्तुती स्वरुप यो साँस्कृतिक कार्यक्रम गर्ने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चक्रपथ जामरहित बनाउने प्रहरी योजना


काठमाडौं-१४ पुस, महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथलाई जाममुक्त बनाउने योजना तयार पारेको छ । सडक नियममा कडाइ गरेर २५ पुसदेखि चक्रपथलाई जाममुक्त बनाउने योजना महाशाखाले तयार पारेको हो ।

सडक अनुशासन पालना नगरिएकाले नै उपत्यकामा सडकजामको अवस्था विकराल भएको हो, ट्राफिक प्रहरी महाशाखाका डिआइजी विज्ञानराज शर्माले भने, सडक नियमलाई कडाइसाथ पालना गरेर नै उपत्यकाको जाम नियन्त्रण गर्न लागिपरेका छौँ । पढ्नेक्रम जारी राख्नुहोस्

सार्कमा पहिलो महिला महासचिव


सुरेन्द्र पौडेल, काठमाडौं, पुस १५- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले आफ्नो २६ वर्षको इतिहासमा पहिलोपटक महिला प्रमुख पाउने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार माल्दिभ्सकी पूर्व महान्याधिवक्ता फतिमा दियाना सैयद फागुन १७ देखि सार्क सचिवालयको महासचिवको पदभार लिँदैछिन्।
‘माल्दिभ्स सरकारले सार्क महासचिवका लागि फतिमाको नाम औपचारिक रुपमा पठाएको छ,’ परराष्ट्र मन्त्रालयका सचिव मदन भट्टराईले नागरिकसँग भने, ‘उनी माल्दिभ्सकी पूर्व महान्यायाधिवक्ता हुन्।’ पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीले नयाँ स्कुल दर्ता गर्न नदिने


रुबी रौनियार, काठमाडौं, पुस १५- माओवादी शिक्षक संगठनले सरकारी कर्मचारी, शिक्षक र पार्टी नेताका छोराछोरीलाई सरकारी स्कुलमा पढाउने अनिवार्य नीति लागू गर्न दबाब अभियान चलाउने भएको छ। माघ १ बाट सुरु हुने प्रचारात्मक अभियान चैतसम्म जारी रहने एकीकृत माओवादीका शिक्षा विभाग प्रमुखसमेत रहेका संगठनका अध्यक्ष गुणराज लोहनीले जनाए।  शिक्षाको गुणस्तर र एकरूपता कायम गर्न आगामी शैक्षिक सत्रदेखि नयाँ स्कुल दर्ता गर्नसमेत नदिइने उनले बताए।
लोहनीका अनुसार अभियानको पहिलो चरणमा जागरण कार्यक्रम तय गरिएको। जसअन्तर्गत सरोकारवाला निकायसँग छलफल, पत्रपत्रिकामार्फत सूचित गरिने, सभा-गोष्ठी र सम्मेलनलगायत कार्यक्रम छन्। पढ्नेक्रम जारी राख्नुहोस्

चक्रीय प्रणाली उपयुक्तः गगन


अबधेशकुमार झा                    
 इनरुवा, पुस १५ – कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान अवस्थामा सरकार निर्माणमा चक्रीय प्रणाली नै उपयुक्त हुने बताएका छन् । अहिलेको संक्रमणकालमा दलहरुबीच सहमतिको सरकार बन्न सक्ने अवस्था नरहेकोले चक्रीय प्रणालीको कुनै विकल्प नरहेको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

आज ल्होसार मनाइँदै


काठमाडौँ, पुस १५- तमु ल्होसारको अवसरमा राष्ट्रपति डा.रामवरण यादवले देशविदेशमा रहनुभएका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गरेका छन्। संस्कृति र अतिथि सत्कारमा ख्याति कमाएको तमु समुदायले यस पर्वलाई नेपालका सबै समुदायको साझा पर्वको रूपमा विकास गर्नसकेमा सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा राख्दै तमु समुदायका दिदीबहिनी तथा दाजुभाइलाई उनले शुभकामना दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

क्यासिनोमा टाट पल्टेकाहरु


सुजित महत,

काठमाडौ, पुस १३ – ‘मेरो माछा पसल राम्रो चलिरहेको थियो । बानेश्वरमा बस्ने मन्त्रीदेखि पियनसम्म माछा किन्न मकहाँ ओइरिन्थे । कुनै अम्मल थिएन । गोजीमा लाख रुपैयाँ हुँदा पनि एक कुड्का सुपारी किनेर खान्नथें । तर क्यासिनो जान थालेपछि बर्बाद भएँ । २०४९ मा पहिलो पटक क्यासिनो गएको थिएँ । २०६२ सम्ममा सबै जेथा सकियो र ४० लाख ऋण पनि लाग्यो । त्यसैबेला एक दिन माछा बिक्री गर्ने थोक बिक्रेताले पैसा नपाएको झोंकमा मलाई डेरामा लगरे थुनिदियो । त्यसपछि मैले विष खाएर आत्महत्या गर्ने प्रयास गरें ।’ पढ्नेक्रम जारी राख्नुहोस्