हप्तामा तीनपटक यौनसम्पर्क राम्रो


नयाँ पत्रीका, हप्तामा तीनपटक यौनसम्पर्क गर्नुहोस् र आफ्नो वैवाहिक जीवन स्वस्थ र सुखमय बनाउनुहोस् । हालै गरिएको एक नयाँ अनुसन्धानले सार्वजनिक गरेको एक तथ्य हो यो । यो अनुसन्धान अनुसार मानिसले आफ्नो वैवाहिक जीवनलाई स्वस्थ र सुखमय बनाउनका लागि हप्तामा तीनपटक यौनसम्पर्क गर्नु उत्तम रहेको जनाएको छ । यदि तपाईं आफ्नो वैवाहिक जीवन स्वस्थ, सुखमय र खुसीले भरिएको बनाउन चाहनुहुन्छ भने हप्तामा तीनपटक यौनसम्पर्क राख्ने गर्नुहोस् र हरेक दिन ४ पटक आफ्नो श्रीमान् वा श्रीमतीलाई चुम्बन गर्ने गर्नुहोस्’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

अनुसन्धानअनुसार मानिसले आफ्नो सुखमय वैवाहिक जीवनका लागि हरेक दिन आफ्नो श्रीमान् वा श्रीमतीलाई बिहान एकपटक ‘आइ लभ यु’ भन्न पनि आवश्यक रहेको छ । यसका साथै यदि तपाइंले हरेक दिन आफ्नो जोडीलाई कम्तीमा तीनपटक अँगालो मार्ने तथा महिनामा दुईपटक बाहिर खाना खान लग्नुभयो भने तपाइंको वैवाहिक जीवन स्वस्थ र सुखमय बन्न सक्नेछ ।

यो अनुसन्धानमा तीन हजारभन्दा बढी विवाहित मानिसलाई समावेश गरिएको थियो । अनुसन्धानमा सहभागीलाई वैवाहिक जीवनका ’boutमा धेरैभन्दा धेरै जिज्ञासा राखिएका थिए । ३० देखि ३३ वर्ष उमेर समूहका वैवाहिक जोडीमा विवाह भएको दिनदेखि दुई वर्षसम्म वैवाहिक जीवन बिताएका मानिस सामेल थिए । अनुसन्धानपछि अधिकांश मानिसले हप्तामा कम्तीमा तीनपटक यौनसम्पर्क गर्ने गरेको र दैनिक चारपटक चुम्बन गर्ने गरेको बताएका थिए । भने केहीले मात्र हप्ताको सातै दिन र केहीले एकपटक यौनसम्पर्क गर्ने गरेको बताएका थिए, जसमा सबैभन्दा खुसी र स्वस्थ जोडी हप्तामा तीनपटक यौनसम्पर्क गर्ने र दैनिक चारपटक आफ्नो जोडीलाई चुम्बन गर्ने मानिस रहेका थिए ।

Posted by: Jay Ale

Advertisements

2 responses to “हप्तामा तीनपटक यौनसम्पर्क राम्रो

  1. haptama jamma 3 choti ta ali kami bhayo sampadak jyu

  2. कत्ति राम्रो, तस्बिर।।।। घुँडा माथि डुँडा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.