सुडान गएको प्रहरी मिसन ‘बेकम्मा’


घोटालाको परिणाम
सरोजराज अधिकारी                     
 काठमाडौ, पुस १४ – राष्ट्रसंघले सुडानमा शान्ति स्थापनार्थ गएको नेपाल प्रहरीको मिसनलाई बेकम्मा (नन फङ्सनल) घोषणा गरेको छ । घोषणासँगै राष्ट्रसंघले अब कुनै पनि बेला प्रहरी मिसन फिर्ता पठाउन सक्छ । राष्ट्रसंघका उच्च अधिकारीहरूले गृहमन्त्री भीम रावल र प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई यस’bout जानकारी दिइसकेको स्रोतले बतायो । सुडानको डाफरमा तैनाथ प्रहरीको आम्र्ड पर्सनल करिअर (एपीसी), गाडीलगायत सामान परिचालनको तीन वर्षसम्म पनि सञ्चालनमा नआएकाले राष्ट्रसंघले प्रहरी मिसनलाई ‘नन फङ्सनल’ घोषणा गरेको हो ।

प्रहरीका लागि खरिद गरिएका ती सामग्रीमा चरम घोटाला गरिएकाले काम नलाग्ने अवस्थामा सुडान पुगेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

दुई महिनाअघि राष्ट्रसंघको एक कार्यक्रममा सहभागी हुन गएका प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रप्रताप शाह र सुडान गएका अर्का अतिरिक्त महानिरीक्षक नरेश गुरुङलाई त्यहाँका राष्ट्रसंघीय अधिकारीले यस’bout जानकारी गराएको स्रोतले बतायो । गृहमन्त्री भीम रावलले भने प्रहरीको सुडानस्थित मिसन ‘नन फङ्सनल’ घोषणा भइनसकेको दाबी गरे ।

‘घोषणा भइसकेको छैन तर समयमै सामान नपठाए मिसन नन फङ्सनल घोषणा हुने सम्भावना बढेको छ,’ मंगलबार संसद्को राज्यव्यवस्था समितिमा उनले भने । समिति सदस्य तथा घोटाला छानबिन उपसमितिका संयोजक प्रदीप ज्ञवालीले आगामी जनवरीमा देश टुक्रिने मुद्दामा सुडानमा जनमतसंग्रह हुन लागेकाले त्यसबेला द्वन्द्व झनै बढ्न सक्ने जानकारी दिँदै भने, ‘अत्यावश्यक सुरक्षा सामग्रीको अभावबीच काम गरिरहेका प्रहरीहरूमाथि झनै खतरा बढेको छ ।’

छुट्टै देशका रूपमा अलग्गिएर रहन पाउनुपर्ने भन्दै संघर्षरत सुडानको दक्षिणी भेगका जनताको मागबमोजिम जनवरी ९ देखि सुडानमा सुरु हुने जनमतसंग्रहमा पनि राष्ट्रसंघले प्रहरी मिसनलाई परिचालन नगर्ने स्रोतले बतायो । समितिले मिसन फिर्ता हुँदा अन्तर्राष्ट्रियस्तरमै मुलुकको बदनाम हुने भएकाले १० दिनभित्र अत्यावश्यक सामग्री खरिद प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

उपसमितिको अध्ययन प्रतिवेदन आएलगत्तै समितिले गत चैत २६ मै पाँचवटा एपीसी, छवटा गाडी, ९६/९६ थान बुलेटप्रुफ ज्याकेट र हेल्मेट सुडानमा तैनाथ प्रहरीका लागि पठाउन निर्देशन दिएको थियो । बैठकमा सहभागी प्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री भीम रावलले त्यतिबेलै ती सामग्री पठाउन आफूहरू प्रतिबद्ध रहेको बताएका थिए । ‘नौ महिना बितिसक्दा पनि त्यस दिशामा सरकारले कुनै काम अघि बढाएको छैन,’ समिति सभापति रामनाथ ढकालले भने, ‘समिति १० दिनभित्र ती सामग्री खरिद गरी सुडान पठाउने प्रक्रिया आरम्भ गर्न सरकारलाई अन्तिम पटक आग्रह गर्दछ । त्यसो नभए अर्को बैठक बसेर समितिले यस विषयमा कठोर कदम चाल्न सक्छ ।’ 

गृहमन्त्री रावलले यस विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको दाबी गर्दै पटक-पटक लिखित मौखिक आग्रह गर्दा पनि अर्थ मन्त्रालयले बजेट नदिएकाले ढिलाइ भएको बताए । वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकमै समितिको प्रतिवेदन छलफलमा ल्याएर कार्यान्वयनमा लैजाने निर्णय गरिएको उनले जनाए । सोहीबमोजिम अनियमितता’bout कारबाही प्रक्रिया अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको र सामग्री किन्न अर्थसँग तीस करोड रुपैयाँ मागिएको उनले जनाए ।

‘अर्थले पैसा नदिएपछि प्रहरीलाई भनियो । उसले पनि कल्याण कोषमा पैसा नभएको बतायो । फेरि अर्थसँग पैसा मागियो तर कुनै जवाफ आएन,’ गृहमन्त्रीले भने, ‘अर्थ मन्त्रालयमा बारम्बार मान्छे पठाएर कुरा गरें । अनौपचारिक कुरा त दर्जनौं पटक भयो । पटक-पटक पत्राचार गरें । बीचैमा सरकार कामचलाउ भएकाले समस्या पर्‍यो ।’ एमालेका गृहमन्त्री रावल र एमालेकै सभासद तथा समिति सभापति ढकालबीच यस’bout दोहोरी नै चलेको थियो ।

ढकालले सरकारले निर्णय गरेको विषय अर्थ मन्त्रालयले कार्यान्वयन गर्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गरे । ‘सरकारले प्रतिवेदन कार्यान्वयन गर्छु भनेर निर्णय गरिसकेको अवस्थामा अर्थले पैसा दिन्न भन्न मिल्छ ? के सरकार र अर्थ मन्त्रालय भिन्नाभिन्नै निकाय हो,’ उनले भने । बैठकमा केही सभासदले एमालेकै प्रधानमन्त्री र गृहमन्त्रीको आग्रह एमालेकै अर्थमन्त्रीले मान्दिन भन्नु हास्यास्पद भएको बताए ।

‘म गृहमन्त्रीको जवाफप्रति खेद व्यक्त गर्छु । प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्री तीनै जना एमालेको भएको अवस्थामा पटक-पटक माग गर्दासमेत नौ महिनासम्म पनि अर्थ मन्त्रालयले तीस करोड दिएन भन्ने अभिव्यक्ति खेदजनक छ । कि एमालेभित्र आन्तरिक किचलो छ भन्नुपर्‍यो कि यो अन्तर्राष्ट्रिय जगत्मा मुलुक र प्रहरीको बदनाम गराउने सरकारको खेल हो,’ सभासद पम्फा भुसालले भनिन् ।

Posted y: Shiva Paudel

Source: Kantipuronline

 

One response to “सुडान गएको प्रहरी मिसन ‘बेकम्मा’

  1. GREAT !!!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.