श्रीमतीको मन पगाल्ने तरिका


-कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस् ।

– हावा लागेका वेला उनको मुख र आँखामा कपाल खस्दा सर्‍याइदिनूस् ।

– आफ्ना साथीभाइसित । परिचय गराउँदा उनको काँधमा हात राख्न नभुल्नूस् ।

– बाटोमा हिँड्दा छेउछाउबाट कुनै उत्ताउलो लुगा लगाएकी सुन्दर युवती भेटिइन् भने उनको हात दह्रोसित अँठ्याउनूस् ।

– तपाईं दुःखी भएको वेला उनलाई फोन गर्नूस् ।

– उनको आँखाको ढक्कनमा म्वाइँ खानूस् ।

– उनको बाल्यकालको तस्बिर देखाउन आग्रह गर्नूस् ।

– बाथरुममा बच्चालाई जस्तै शिरदेखि पैतालासम्म नुहाइदिनूस् ।

– फोनमा अरूसित कुरा गरिरहेको वेला उनीसित यौनक्रियाकलाप गर्नूस् ।

– फोनमा रोएको सुन्नुभयो भने तुरुन्तै नजिक जानूस् र छातीमा टाँस्नूस् ।

– आक्कल-झुक्कल उनको वास्तविक नामले बोलाउनूस् ।

– उनलाई मन पर्ने पप एल्बम किनेर ल्याइदिनूस् ।

– कफी अर्डर गर्दा उनको टेस्टअनुसार गर्नूस् ।

– टिभी हेर्दा हेर्दै निदाइन् भने बोकेर बेडरुममा लानूस् र लुगा फुकालिदिनूस् ।

– उनलाई इमेल पठाउनूस् । जे लेखे पनि हुन्छ ।

– प्लेन चढ्नुभन्दा ठीकअगाडि उनलाई फोन गर्नूस् ।

– छतमा सुकाएका उनका भित्री लुगा उठाएर ल्याइदिनूस् ।

– उनी उदास भएका वेला हँसाउन भरमग्दुर प्रयास गर्नूस् ।

– तपाईंलाई मन पर्ने खेल हेर्न रंगशाला लैजानूस् । तर खेलमा भन्दा बढी उनीमाथि ध्यान दिएको अभिनय गर्नूस् ।

– उनी इश्र्यालु भएका बखत अँगाल्नूस् । कस्सेर अँगाल्नूस् ।

– उनको वक्षस्थलको प्रशंसा गर्नूस् ।

– उनी वाथरुमबाट निस्केपछि दुईवटा तौलिया दिनूस् । एउटा कपाल पुछ्नलाई ।

– कुराकानीका बीचमा ‘आई लभ यू’ भनिदिनूस् ।

– अफिसबाट फर्किंदा चकलेट-सकलेट ल्याइदिनूस् ।

– उनले नयाँ लुगा लगाएको वेला झट्टै थाहा पाउनूस् र तारिफ गर्नूस् ।

– भित्तामा उभ्याएर माया साट्नूस् ।

– तपाईंका सबैभन्दा नजिकका केटीसाथीको अगाडि उनको हातमा चुम्बन गर्नूस् ।

Posted by: Jay Ale                                       Source: Naya Patrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.