भिडियो क्लिप सार्वजनिक भएपछि युवती बेपत्ता


कलेन्द्र सेजुवाल, सुर्खेत, पुस १४ – युवकसँग अँगालो हालेको भिडियोक्लिप सार्बजनिक भएपछि स्थानीय अमरज्योति नमूना उच्चमाविमा अध्ययनरत छात्रा एक महिनादेखि बेपत्ता भएकी छन्। १२ कक्षामा अध्ययनरत १६ वर्षीया छात्राको तनहुका एक युवकसँग अँगालो हालेको क्लिप मोवाइलबाट सार्वजनिक भएको थियो।

वीरेन्द्रनगर- ११, पदमपुरमा डेरा गरी बस्ने छात्रा मंसिर १० गतेदेखि बेपत्ता भएकी परिवारले जनाएको छ। मोवाइलबाट खिचिएको करिब दुई मिनेट लामो भिडियोमा किशोरी र दिलिप रोकाया नामका युवक एक-अर्कामा चलेको देखिन्छ। तनहुको ब्यास नगरपालिका-९, अँधेरीभन्ज्याङका दिलिपले नेपाली सेनामा भर्ती हुनको लागि सुर्खेत आएको बेला प्रलोभनमा पारी भिडियो खिचाएको पारिवारिक श्रोतको भनाइ छ। भिडियो स्थानीय अर्जुन पौडेलले खिचेका हुन्।

परिवारले मंसिर १७ गते नै घटना’bout जानकारी दिई खोजीको लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि प्रहरीले खोजीमा चासो नदिएको अभिभावकको गुनासो छ। ‘मैले छोरी हराएको थाहा पाउनेबित्तिकै भिडियो खिच्ने, खिच्न लगाउने र यसमा सहयोग गर्नेलाई पक्राउ गरी अनुसन्धान गरिपाउँ भनी निवेदन दिएको थिएँ,’ बेपत्ता किशोरीका बुवाले भने, ‘तर, अहिलेसम्म मेरी छोरीको खोजी भएन।’ सेलर्ड नामक कानुनी संस्थाको पहलमा भिडियो खिच्ने अर्जुन, खिच्न लगाउने दिलिप, अर्जुनकी आमा मिना र किशोरीसँग सम्वन्ध भएको भनिएका नेपाली सेनाको धनगढी व्यारेकमा कार्यरत राजेन्द्रसिंह भण्डारीलाई पक्राउ गरी अनुसन्धान गर्न निवेदन दिएको उनले बताए। प्रहरीले भने मिना र अर्जुनलाई पक्राउ गरे पनि अनुसन्धान नगरेरै छोडेको सेलर्डकी जिल्ला प्रमुख रमा प्याकुरेलले बताइन्। किशोरीसँग सम्बन्ध भएको भनिएका नेपाली सेनाका जवान भण्डारी भने अनुसन्धानको दायरामा आएका छैनन्।

विद्यालयले भिडियो सार्वजनिक भएको धेरैपछि थाहा पाएको र खोजीको पहल गरे पनि पत्ता नलागेको जनाएको छ। शिक्षक खगेन्द्र थापाले भिडियोक्लिप खासै आपत्तिजनक नभए पनि हल्लैहल्लाले छात्रा बेपत्ता भएको हुनसक्ने बताए। ‘हामीले पनि भिडियो हेर्‍यौँ, त्यस्तो अवस्थाको थिएन, तैपनि किन बेपत्ता भइन् थाहा भएन,’ थापाले भने।

किशोरीका बुवाले मंगलबार सुर्खेतस्थित नागरिक समाज, महिला तथा बालअधिकारकर्मी, पत्रकार र प्रहरी-प्रशासनसँग छोरीको खोजी गरिदिन आग्रह गरेका छन्।

Posted by: Shiva Paudel

Source: Nagariknews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.