नेपालगज , पुस १४ -नेपालगन्जको सुर्खेत रोडस्थित गौरिशंकर हार्डबेयर नजिक साँझ पाँच बजेतिर बम बिष्फोट भएको छ । बिष्फोटमा परेर चारजना घाईते भएका छन् । दिउँसो साढे चार बजेतिर बम बिष्फोट भएको हो । घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पत्तालमा लगिएको र घाईतेहरुको नाम खुल्न नसकेको बरिष्ठ प्रहरी उपरिक्षक जयबहादुर चन्दले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/12/2010
बेच्न चाहन्छु आफैलाई
दिलकुमार लिम्बु “आँशुकवी”, कुवेत
बेच्न चाहन्छु आफैलाई तर मुल्य पाउन सकिन
मार्न चाहन्छु आफैलाई तर अरुलाई बचाउन सकिन
आजको बजारमा कालेजीको सब्जीसरी भाउ पाएं
गरिबीलाई मारी धनी बन्ने दुनियाँ साराको दाउ पाएं…
मेरो शरीरको मोलतोल यहाँ दिनानुदिन हुन त हुँदैछ
अलिक रोगी हुनाले ग्राहकहरुबीच बार्गेनिङ्ग चल्दैछ
फटाफट बिक्री भईसके फुकेका बलियाबाङ्गा तगडाहरु
हाम्रो पनि कहिले आउला दिन भन्दैछौं बाँकी सुकेका लुरा लङ्गडाहरु… पढ्नेक्रम जारी राख्नुहोस्
सुडान गएको प्रहरी मिसन ‘बेकम्मा’
घोटालाको परिणाम
सरोजराज अधिकारी
काठमाडौ, पुस १४ – राष्ट्रसंघले सुडानमा शान्ति स्थापनार्थ गएको नेपाल प्रहरीको मिसनलाई बेकम्मा (नन फङ्सनल) घोषणा गरेको छ । घोषणासँगै राष्ट्रसंघले अब कुनै पनि बेला प्रहरी मिसन फिर्ता पठाउन सक्छ । राष्ट्रसंघका उच्च अधिकारीहरूले गृहमन्त्री भीम रावल र प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई यस’bout जानकारी दिइसकेको स्रोतले बतायो । सुडानको डाफरमा तैनाथ प्रहरीको आम्र्ड पर्सनल करिअर (एपीसी), गाडीलगायत सामान परिचालनको तीन वर्षसम्म पनि सञ्चालनमा नआएकाले राष्ट्रसंघले प्रहरी मिसनलाई ‘नन फङ्सनल’ घोषणा गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
भिडियो क्लिप सार्वजनिक भएपछि युवती बेपत्ता
कलेन्द्र सेजुवाल, सुर्खेत, पुस १४ – युवकसँग अँगालो हालेको भिडियोक्लिप सार्बजनिक भएपछि स्थानीय अमरज्योति नमूना उच्चमाविमा अध्ययनरत छात्रा एक महिनादेखि बेपत्ता भएकी छन्। १२ कक्षामा अध्ययनरत १६ वर्षीया छात्राको तनहुका एक युवकसँग अँगालो हालेको क्लिप मोवाइलबाट सार्वजनिक भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
श्रीकुमारीले बल्ल नेपाल फर्किन पाइन
धरम के.सि, NRNA साउदी अरब
२७ डिसेम्बर २०१० । करीब ९ महीना पहिले बम्बै हुंदै साउदी अरब आइपुगेकी दांग रामपुर–१ की ४५ बर्षिया श्रीमति श्रीकुमारी डांगी क्षेत्री (राहदानी नम्बर ४६५२६६५) ले बल्ल आज २७ डिसेम्बर २०१० तदनुसार २०६७ पौष १२ गते नेपाल फर्किन पाएकी छिन । एनआरएनए साउदी अरबले गतः सेप्टेम्बरमा सांस्कृतिक कार्यक्रम गरी स्थापना गरिदिएको घरेलु महीला उद्धार कोषबाट ७०६ साउदी रियालमा बहराइन एअरको रियाद–बहराइन–काठमाडौंको टिकट उपलब्ध गराइएपछि श्रीकुमारीको घर फर्किने साइत जुरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
भट्टराईलाई कारबाही गर्न दाहालको प्रस्ताव
किरण पुन, काठमाडौं, पुस १४- उपाध्यक्ष बाबुराम भट्टराईले पार्टी पद्धति र निर्णयविपरीत अभिव्यक्ति राखेको आरोपमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनीमाथि अनुशासन कारबाहीको प्रस्ताव ल्याएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आइतबारयता जारी स्थायी समिति बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्। प्रधान विषयलाई पन्छाएर बैठकलाई विषयान्तर गर्न खोजेको भन्दै वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले भने दाहालको प्रस्तावमा आपत्ति जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार