नदीमा बगेर आउने सुन संकलन गर्न चिनियाँ निजी क्षेत्रले चासो देखाएको छ । आधुनिक प्रविधिबाट नदीको बालुवाबाट सुन निकाल्न चालू आर्थिक वर्षमा मात्रै १७ कम्पनी दर्ता भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । हिमालबाट आएका नदीमा वालुवासँगै बगेर आउने सुनको कणबाट बनाइने सुन नै प्लेसियर भनिन्छ ।
मुलुकका विभिन्न भागमा पहिचान भएकामध्ये करिब ६५ प्रतिशत सुन खानी उनीहरूले दर्ता गराइएसकेका छन् । हालसम्म ७० वटा खानी पहिचान भएकामा ४० वटा चिनियाँहरूले दर्ता गरएको विभागले जनाएको छ ।
कम लगानीमा बढी प्रतिफल पाइने भएकाले प्लेसियर नामक सुन उत्पादन गर्न चिनियाँहरू आएको विभागका योजना शाखाका इन्जिनियर केडी झाले जानकारी दिए । ‘बालुवामा सजिलै भेटिने भएकाले रक सुनभन्दा प्लेसियर उत्पादनमा चिनियाँहरू आकषिर्त भएका छन्,’ उनले भने, ‘सुदूर र मध्य पश्चिमका नदीमा प्लेसियरको प्रशस्त सम्भावना छ ।’
कणर्ाली र नारायणी नदी छेउमा सिएन मिनरल प्रालि नामक चिनियाँ कम्पनीले सुन उत्खननको अनुमति लिई काम गरिरहेको छ । उसले नेपालमा नमुना परीक्षण गर्ने प्रविधि अभावका कारण चीन लगेर परीक्षण गरिरहेको जनाइएको छ । तर उसले कति परिमाणमा सुन भेटाएको भन्ने जानकारी विभागलाई दिएको छैन ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता, खानी तथा भूगर्भ विभागमा अनुमति, नवीकरण र उत्खननबापत मात्र चिनियाँ लगानीकर्ताले प्रत्येक वर्ष १ करोड ९० लाखभन्दा बढी राजस्व तिर्दै आएका छन् । थप खानी दर्ता भएकाले यस वर्षदेखि २ करोड राजस्व उठ्न सक्ने विभागले जनाएको छ ।
यस्तो खानी सञ्चालन गर्न अनुमति लिँदा विदेशी कम्पनीले १५ लाख बुझाउनुपर्ने व्यवस्था छ । यसरी दर्ता भइसकेको कम्पनीले खानी तथा खनिज पदार्थ नियमावलीअनुसार चार वर्षभित्र उत्खनन प्रक्रियामा गइसक्नुपर्ने प्रावधान छ । खानी तथा खनिज पदार्थ नियमावलीअनुसार सुन उत्पादन भइसकेपछि प्रतिग्राम सात रुपैयाँ सरकारलाई रोयल्टी तिर्नुपर्छ । उत्पादनको चरणमा रहेकाले हालसम्म रोयल्टी नउठेको झाले बताए ।
‘सिन सेन’ नामक पहिलो चिनियाँ कम्पनी २०६५ मा धादिङको किरणचोक गाविसमा प्लेसियर सुन उत्पादन गर्ने उदेश्यले उद्योग विभागमा दर्ता भएको थियो । तर उसले हालसम्म कति काम गर्यो यसको जानकारी सम्बन्धित निकायसंँग छैन ।
नेपालमा दक्ष जनशक्ति अभावका कारण चिनियाँहरू आफैं आई नदी किनारमा प्लेसियर सुन खोज्ने काम गर्छन् । उनीहरूसँग दक्ष प्राविधिक भएकाले आफैं आई अनुसन्धान गर्ने गरेको इन्जियिनर झाले बताए । ‘हामीसँग दक्ष जनशक्ति नै छैन, त्यसकारण उनीहरू आफैं खोज अनुसन्धान कार्यमा जुट्छन्,’ उनले भने ।
वरिष्ठ भूगर्भविद् कृष्णप्रसाद काफ्ले नेपालमा प्लेसियर सुन उत्पादनकोे प्रचुर सम्भावना रहेकाले चिनियाँहरू आकषिर्त भएको बताए । ‘भूगर्भ विभागमा रहँदाको अनुभव र स्वतन्त्र अनुसन्धानअनुसार पनि हिमालबाट बग्ने नदीमा प्लेसियर सुन पाइन्छ,’ उनले भने ।
मुलुकमा रोजगारीका सम्भावना बढ्ने र आर्थिक हिसाबले उन्नति हुने भएकाले चिनियाँ कम्पनीलाई सरकारले अझ आकषित गर्नुपर्ने उनको सुझाव छ । नियम कानुनका झन्झटिला प्रावधानलाई सरकारले सजिलो बनाएमा विदेशी कम्पनी बढी आकषिर्त हुने काफ्लेले बताए ।
विभाग पनि रोल्पाको किमा सेर्पु र्झवन, लुङ्ग्री र वार ग्राममा आफ्नो प्रारम्भिक अध्ययन सिध्याएर उत्पादनका लागि निजी लगानीकर्तासँग बोलपत्र माग्ने प्रक्रियामा छ । विभागले महाकाली र बैतडी-दार्चुलाको चमेलिया नदीमा पनि सुनको प्रारम्भिक अध्ययन गरेको थियो ।
चमेलिया र महाकाली नदीको प्रारम्भिक अध्ययनमा सहभागी काफ्लेले सरकारले सुन खानी मात्र नभई कुनै पनि उद्योग व्यवसायमा चासो नदेखाएको गुनासो गरे । ‘यदि सरकारले चमेलिया र महाकाली नदीमा थप कार्य अगाडि बढाएको भए आजसम्म नेपालले सुन आफैं उत्पादन गर्न सक्थ्यो,’ उनले भने, ‘सानो कुरामा पनि राजनीति हाबी हुने मुलुकमा कहाँ उद्योगधन्दा फस्टाउँछ, सरकारले चाहेमा प्रविधि र दक्ष जनशक्ति उत्पादन गर्न सक्छ ।’
प्रकाशित मिति: २०६७ पुस १३ ०९:१४
posted by: dambar prasad rimal sourced by : ekantipur
Wow ! Good news but how long does it take to get it out.A decade more…….
feel good coz employment crestion is prospective but for testing the gold the equipment should be hired by company as well government and not allow them to take for testing coz after testing they may say that its unfactual data of gold quantity.