रूखको फेदीमा विद्यालय


 प्रकाश लम्साल

सरकारी विद्यालय स्थापना गर्न स्वीकृति पाऊँ भनी इमलीपर्तीका बासिन्दाले कैयौँपटक जाहेर गरे पनि जिल्ला शिक्षा कार्यालयले बेवास्ता गर्दै आएको छ
बाराको भवानीपुर, जितपुर गाविस- ७ इमलीपर्तीमा विद्यालय भवन नहुदा बालबालिका रूखको फेदमा बसेर पढ्न बाध्य छन् । गाविसका प्रतिनिधिहरूको अकर्मण्यता र जिल्ला शिक्षा कार्यालयको बेवास्ताका कारण दुई सयभन्दा बढी बालबालिका रूखको फेदमा बसेर पढ्न बाध्य भएका हुन् ।

सो क्षेत्रका बालबालिकालाई विद्यालय असुविधा भएकाले सरकारी विद्यालय स्थापना गर्न स्वीकृति पाऊँ भनी जिल्ला शिक्षा कार्यालय बारामा इमलीपर्तीका बासिन्दाले कैयौँपटक जाहेर गरे पनि जिल्ला शिक्षा कार्यालयले बेवास्ता गर्दै आएको छ ।

रूखको फेद तथा नजिकको घरका छाहरीमा बालबालिकालाई राखेर यस वर्ष कक्षा ३ सम्मको पढाइ सुरु गरिएको हो । एक सय २० जना छात्र र ८० जना छात्रा अहिले छाहरीमुनि बसेर पढिरहेका छन् । विद्यालय भवन मात्र होइन, पढाउने शिक्षकको पनि अभाव छ । विद्यालय स्थापनाका लागि अभिभावककै सक्रियतामा एक शिक्षिका र चार शिक्षकलाई स्वयंसेवकका रूपमा राखेर अध्यापनकार्य भइरहेको शिक्षक विनोद साहले बताए ।

गाविसको कार्यालय र पदाधिकारीले समेत सो क्षेत्रका बालबालिकाको समस्यालाई खासै चासो नदेखाएपछि यस शैक्षिक सत्रदेखि जनश्रममा पढाइ सुरु गरिएको अभिभावक अनील शर्माले बताए । शिक्षकहरू स्वयंसेवकका रूपमा उपलब्ध भए पनि बालबालिकालाई पुस्तकको भने समस्या जटिल रहेको शिक्षक साहको भनाइ छ । सो प्रस्तावित विद्यालयका बालबालिकाले अहिलेसम्म पुस्तक पाएका छैनन् । अभिभावकले दिएको कलम-कापीको भरमा उनीहरूले अध्ययन गरिरहेका छन् ।

पुस्तक उपलब्ध गराउन गाविस, स्थानीय जनप्रतिनिधि र जिशिकाले अग्रसरता देखाउनुपर्ने जितपुर गाविसवासीको भनाइ छ ।

जितपुर गाविसको सबै वडामा सरकारी तथा निजी विद्यालय सञ्चालन भए पनि जितपुर-७ का दुई टोल बिसौलिया र सफरदिनबाट विद्यालय टाढा परेकाले स-साना बालबालिकालाई समस्या भएको हो । टाढाको विद्यालयमा पठाउँदा बालबालिका हिँड्न नसक्ने, घामपानी र झरीका वेला समस्या हुने भएकाले टोलका कतिपय बालबालिकाले सानै कक्षामा पढाइ छाड्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

Posted by: Shiva Paudel

Source: Nayapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.