मकर श्रेष्ठ/प्रतिमा बाँस्कोटा,
काठमाडौ, पुस १३ – आकाशेपुल प्रयोग नगरी जथाभावी बाटो काट्दै हुनुहुन्छ ? तपाईंलाई ‘नमस्कार’ गर्न ट्राफिक प्रहरी सडकमा हाजिर छन् तर दंग नपर्नुहोला, कारण नमस्कारको बदला उनीहरूले भ्यानमा राखेर प्रहरी कार्यालय पुर्याउनेछन् । यसरी नमस्कार खाने ६२ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर दरबारमार्गस्थित कार्यालयमा पुर्याएको थियो ।
उनीहरू आकाशेपुल भएका राजधानीका सडकमा जथाभावी बाटो काटिरहेका थिए । ट्राफिकको नमस्कारपछि उनीहरू प्रतिवाद नगरी प्रहरीको भ्यानमा बसेका थिए । ट्राफिक प्रहरीको भ्यानको सिट भरिनेबित्तिकै कार्यालयमा पुर्याएर उनीहरूलाई आकाशेपुल नचढ्दाका फाइदा/बेफाइदाका ’boutमा पढाइएको थियो । यो उनीहरूको सचेतना अभियान थियो ।
प्रहरी प्रवक्ताबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) मा सोमबारदेखि कार्यभार सम्हालेका डिआइजिपी विज्ञानराज शर्माले यस्तो निर्देशन दिएका थिए । ट्राफिकले रत्नपार्कको आकाशेपुलमुनि सबैभन्दा बढी नमस्कार गरेको थियो । त्यहाँ खटिएका थिए निरीक्षक सीताराम हाछेथु । कार्यालयमा लगेर बाटो काट्ने यात्रुको नाम ठेगाना, पेसा, फोन नम्बर र अविभावको नाम टिपोट गरिएको थियो । एक घन्टासम्म उनीहरूलाई यस’bout सम्झाइएको थियो । त्यसपछि पैदल यात्रुले गल्ती गरेको पश्चाताप गरेका थिए । कतिचाहिं प्रहरी कार्यालय जानुपर्दा निराश पनि भए ।
‘आकाशेपुलबाट यात्रा गरे सय प्रतिशत सुरक्षित, सडकबाट बाटो काटे सय प्रतिशत असुरक्षित, अब तपाईहरू भन्नुस् कताबाट बाटो काट्दा रामो होला ?’ निरीक्षक हाछेथु सोध्दै थिए, ‘कृपया आजदेखि तपाईहरूले आकाशेपुलको प्रयोग गरिदिनुहोला ।’ आकाशेपुल हुदाहुँदै सडकबाट बाटो काट्नु भनेको ढोका हुदाहुँदै झ्यालबाट हामफाल्नु सरह भएको भन्दै उनले सम्झाएका थिए ।
कलेज पोसाकमा बाटो काटेपछि प्रहरी कार्यालय पुगेकी थानकोटकी सरिता पाण्डेले आकाशेपुल प्रयोग नगरेर गल्ती गरको स्वीकारिन् । ‘पुलको प्रयोग नगरेको सजाय एक घन्टा प्रहरी कार्यालयमा बस्यौं,’ उनले भनिन्- ‘हामीले गल्ती गरेका थियौं तर सजाय पुगेन जस्तो लाग्यो ।’ आकाशेपुलमा व्यापार र माग्ने व्यक्तिले गर्दा यात्रा गर्न समस्या रहेको उनले बताइन् । पुलमाथिको भीडभाडमा यात्रा गर्दा शरीरमा समात्ने, अश्लील शब्द प्रयोग गर्ने व्यवहारलाई पनि प्रहरीले नियन्त्रण गर्नुपर्ने उनको सुझाव थियो ।
प्रहरीले सडकबाट बाटो काट्नेलाई सचेत गराएजस्तै पुलमा व्यापार गर्नेलाई कारबाही गर्नुपर्ने पाटन क्याम्पसमा अध्ययनरत रामकुमार तामाङले बताए । रत्नपार्कको पुलबाट प्रहरीले समाएका उनी सुरुमा झोंक्किएका थिए तर प्रहरी कार्यालयमा उनीजस्तै नियम मिच्नेलाई ट्राफिक प्रहरीले अनुरोध गरेपछि नम्र हुँदै ट्राफिक प्रहरीले राम्रो काम गरेको बताए । ट्राफिक नियम मिच्ने सवारी चालकलाई कारबाही भए पनि यसअघि पैदल यात्रुलाई सचेतसमेत गराएका थिएनन् ।
राजधानीमा आठ वटा आकाशेपुल छन् । तीमध्ये धेरै भीडभाड हुने ललितपुरको पुल्चोक बाहेक सुन्धारामा दर्ुइवटा, वीर अस्पताल, भोटाहिटी, भद्रकाली, रत्नपार्क र जमलमा आकाशेपुल एक/एकवटा छन् । ती स्थानमा ट्राफिक परिचालन गरेर पुल प्रयोग नगर्नेलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रवक्ता डिएसपी वसन्त पन्तले बताए ।
Posted By: Thapa Bikram Source: ekantipur